21st June | 2021 | Monday | 12:34:02 PM

पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन केन्द्र बनाउने

रमेश विश्वकर्मा   POSTED ON : बैशाख २५, २०७८ (५:५५ PM)

पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन केन्द्र बनाउने

गुल्मी । नेपाली कांग्रेस गुल्मीले जिल्लास्थित पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने भएको छ । 

पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सदरमुकाम तम्घास रहेको पार्टी कार्यालय वीपी स्मृति भवनलाई आवश्यकताअनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने प्रतिबद्धता दिनुभएको छ । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक उहाँले जिल्लाभर फैलिएको कोरोना प्रकोपको भयावह अवस्थालाई दृष्टिगत गरी नेपाली कांग्रेस गुल्मीले समाजप्रतिको सामाजिक उत्तरदाहित्वलाई वहन गर्दै पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने बताउनु भएको थियो । 

हामी सबैको यो पार्टी कार्यालय जनताको सेवामा समर्पित गर्दै कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने उहाँले भन्नुभयो । त्यस्तै सम्बन्धित पक्षलाई सम्पुर्ण आवस्यक व्यवस्था मिलाउन पनि उहाँले  अनुरोध गर्नुभएको छ ।


Views: 334