15th June | 2021 | Tuesday | 10:22:30 AM

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनद्वारा अविश्वास प्रस्ताव दर्ता

हिमालय टाइम्स   POSTED ON : बैशाख २६, २०७८ (१२:३२ PM)

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनद्वारा अविश्वास प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

 नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो ।

प्रदेशसभामा ७९ जना सांसद छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, कांग्रेस प्रमुख सतेक फकुरूदिन खानलगायतले प्रदेशसभा सचिव दुर्लभ पुनलाई अविश्वास प्रस्ताव बुझाउनु भएको हो । 

यसअघि ६ वैशाखमा पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । 


Views: 67