21st June | 2021 | Monday | 12:42:23 PM

लुम्बिनीमा विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखलाई पत्र

हिमालय टाइम्स   POSTED ON : बैशाख २६, २०७८ (३:४२ PM)

लुम्बिनीमा विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखलाई पत्र

बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरी यसअघि वैशाख ६ गते र आज नै दर्ता भई छलफल नभएको अविश्वास प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका ४० सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आज फेरि अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

हेर्नुहोस् पत्र




Views: 73