ओरालो लाग्दै बर्दियामा कोरोना संक्रमणको गति, असार ७ गतेसम्म निषेधाज्ञा

दीपककुमार शर्मा   POSTED ON : जेठ ३१, २०७८ (६:४१ PM)

ओरालो लाग्दै बर्दियामा कोरोना संक्रमणको गति, असार ७ गतेसम्म निषेधाज्ञा

गुलरिया  । बर्दिया जिल्लामा कोभिड १९ को दोस्रो लहर  चलिरहेको बेला जेष्ठको पहिलो हप्ता उकालो लागेको सक्रिय संक्रमितको संख्या क्रमश  तेस्रो हप्तामा विस्तारै ओरालो लाग्ने क्रम रहेतापनि अपेक्षित मात्रामा नियन्त्रण हुन सकिरहेको छैन ।

स्वास्थ्य कार्यलय बर्दियाबाट प्राप्त जानकारी अनुसार जिल्लामा रहेका आठ वटै पालिकाको सख्यालाई गणना गर्दा कोभिड १९ सक्रिय संक्रमितको सख्या सवै भन्दा वढि जेष्ठ १३ गते १ हजार ८ सए ३७ पुगेको थियो त्यसपछि सो सख्या विस्तारै ओरालो लाग्दै जादा आज सोमबार   सम्म सक्रिय संक्रमितको सख्या ७ सय १४ मा झरेको छ । हाल सम्म जिल्लाको स्थानिय स्तर बाट परिक्षण गरिएको सख्या ७ हजार ९ सय ६६ र अन्य जिल्लाबाट आफै परिक्षण गराई आएको सख्या १ हजार ५ सय २१ गरी जम्मा ९  हजार ४ सय ८७ जनाको परिक्षण गरिएकोमा ५ हजार ३ सय १६ जना कोरोना संक्रमित देखिएका थिए । जस मध्ये ४ हजार ४ सय ७९ जना निको भएका छन । १ सय २३ जनाको दुखद निधन  भएको छ भने हाल  ६ सय ७३  जना होम आइसोलेसनमा रहेका छन । साथै विभिन्न अस्पतालहरुमा ३८ जनाको  उपचार भैरहेको छ । 

जिल्लामा कोरोना संक्रमितको सख्या नियन्त्रणका लागी निषेधाज्ञा जारी गरी आन्तरिक रुपले नियन्त्रण गर्ने प्रयास गरिएपनि बर्दिया जिल्लाबाट अन्य जिल्लामा गई मजदुरी तथा रोजगार गरेका व्यक्तिहरु फर्किने क्रम रोक्न कठिनाई भएकाले अपेक्षित मात्रामा नियन्त्रण हुन नसकिरहेको बुझिएको छ । 

 अन्य जिल्लाबाट आउने युवाहरु गाडिमा आउँदा सगै हुने र कोरोना संक्रमित संग सम्पर्क हँुदा ति व्यक्तिहरु आफनो घर आई होम क्वारेन्टिनमा बसेतापनि त्यसको प्रभावकारीता नभएकाले गाँउ टोलहरुमा कोरोना फैलिएको हुँदा कोरोना नियन्त्रणमा चुनौति देखिएको छ । प्रत्येक दिन १ सयका दरले संक्रमितको सख्या घटदै गएर आषाढ १ गते सम्म ५ सय भन्दा जिल्लामा सक्रिय संक्रमितको सख्या कमभई जिल्ला रेड जोनको सुचि बाट हटन सक्ने अनुमान गरिएका थियो  तर त्यसो हुन सकेन जेष्ठ ३१ गते सम्म लागु गरिएको निषेधाज्ञालाई थप गरी असार ७ गते सम्मका  लागी थप गरिएको छ तर निषेधाज्ञाको अवधिमा विहान १० वजेदेखि दिउसो २ वजे सम्म वैंक तथा वित्तिय सस्था खोल्न पाइने भएको छ भने विद्यालय , कार्यालय , सैलुन , सभा सम्मेलन गर्न भने रोक लगाइएको छ । हाल  आठ वटा पालिका मध्ये ठाकुरबाबा नगरपालिका उच्च (२ सय भन्दा बढि) अवस्थामा रहेको छ भने मध्यम (१ सय भन्दा वढि) बारबर्दिया , गुलरिया, बाँसगढि नगरपालिका र गेरुवा गाँउपालिका रहेका छन भने निम्न अवस्थामा एक सय भन्दा कम मधुवन नगरपालिका , बढैयाताल गाँउपालिका र राजापुर नगरपालिका रहेका छन् । 


Views: 116

Top