गोर्खा वेल्फेयर ट्रष्टद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

गुल्मी संवाददाता   POSTED ON : जेठ ३१, २०७८ (७:२९ PM)

गोर्खा वेल्फेयर ट्रष्टद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

गुल्मी । कोभिड १९ को महामारी संकटमा गोर्खा वेल्फेयर ट्रष्टले सोमबार गुल्मी अस्पताललाई ११ लाख भन्दा बढि मुल्य बराबरको कोभिड विरुद्धको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

सो संस्थाले १ हजार थान सर्जिकल मास्क, के–९५ मास्क ८० थान , डिस्पोजल ग्लोव्स १ हजार थान , ५ सय एमलको सेनिटाईजर ३० बोतल , ५ लिटर वाला अर्को सेनिटाईजर ४ ग्यालिन् , २ सय २० मिलिलिटरको ह्याण्ड वास लिक्विट २० वटा , ५ लिटरवाला सोही सामग्री ४ ग्यालिन् , मेडिकल गाउन ५० वटा , क्लेरिन ब्लेच ४ ग्यालेन् हस्तान्तरण गरेको छ ।

त्यस्तै थर्मल गन २ वटा , गम बुट १० जोडी ,सेप्टी ह्याण्ड रवर ग्लोव्स १० जोडी , पर्शनल हाईजिन किट १० थान , २ सो कभर २ सय जोडी , हेडक्याप ७० थान , क्लिनर सेफ्टी ज्याकेट ५ सेट , थर्मलगनको ब्याट्री २ सेट , ७० लिटरवाला सो स्वीप डस्वीन् ३ वटा , प्रोटेक्टिभ सेफ्टी गुगल्स १५ वटा र कोभिड १९ पोस्टर सय थान हस्तान्तरण गरिएको छ ।

त्यस्तै ९ एलपिएम ०२ कन्सन्ट्रेटर ४ वटा , प्लस अक्सिमिटर ३० वटा र पिपिई ३ सय सेट हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामग्री गुल्मी अस्पलातका मेसु डाक्टर उत्तम पाच्यालाई हस्तान्तरण गर्दै गोर्खा वेल्फेयर ट्रस्टका एरिया वेलफेयर अफिसर गमबहादुर थापाले हस्तान्तरण गर्नुभएको हो ।

उहाँले कोभिड विरुद्ध अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउन पाएकोमा खुशी ब्यक्त गर्दै कुल ११ लाख ८२ हजार ९ सय २० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जानकारी दिनु भएको थियो ।

सहयोगी संस्था गोर्खा वेल्फेयरलाई डाक्टर पाच्याले धन्यवाद दिदै सो संस्थाले पहिलो लहरको कोभिड महामारीमा पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको र आगमी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताउनु भयो । त्यस्तै सो संस्थाले नेपाल पत्रकार महासंघ गुल्मीलाई पनि अध्यक्ष टोपलाल अर्याल मार्फत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । 

Views: 95

Top