भारतबाट लुकिछिपि सामान ल्याउने २ जना महिला सामानसहित पक्राउ

दीपककुमार शर्मा   POSTED ON : श्रावण २१, २०७८ (११:३४ AM)

भारतबाट लुकिछिपि सामान ल्याउने २ जना महिला सामानसहित पक्राउ

बर्दिया । भन्सार छली नेपाल ल्याइएका लाखौ रुपैयाका सामान सहित २ जना महिलालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । 

बर्दियाको बढैयाताल गाँउपालिका वार्ड न ७ पुरानो कण्ठपुरमा भारतबाट ३ जना महिलाले साइकिलमा किराना सामान, सुर्तिजन्य तथा विद्युतिय सामाग्रीहरु ल्याइरहेको अवस्थामा कालिका चौकी बाट खटिगएको प्रहरीको टोलीलाई देख्ने वित्तिकै १ जना महिला सामान र साइकल छोडी भारत तर्फ भागेको र अन्य २ जना महिला , ३ वटा साइकल र साइकलमा ल्याइएका सामाग्री बरामद गरी आवश्यक कार्वाहिका लागी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक इश्वर कार्किले बताउनु भयो । यसै गरी मधुवन नगरपालिका वार्ड न ५ गाँउ नं. ११ स्थित खानेपानि भवनको कम्पाउन्डमा भारतबाट भन्सार छली ल्याई कुलाइराखेको अवस्थामा चिनि तथा अन्य किराना सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले यसरी पक्राउ गरेका सामान करिब १ लाख १३ हजार ७ सय ४५ रुपैया बराबरको रहेको प्रहरी उपरिक्षक इश्वर कार्किले बताउनु  भयो ।


Top