लुम्बिनी प्रदेश– गठबन्धनको तर्फबाट बन्ने मुख्यमन्त्रीका विषयमा छलफल सुरु

  POSTED ON : श्रावण २७, २०७८ (६:१४ PM)

लुम्बिनी प्रदेश– गठबन्धनको तर्फबाट बन्ने मुख्यमन्त्रीका विषयमा छलफल सुरु

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै गठबन्धनको तर्फबाट बन्ने मुख्यमन्त्रीका विषयमा छलफल सुरु भएको छ । हाल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने र त्यसको ८ महिनापछि नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने सहमति भएको छ ।

माओवादीका सचेतक तुलाराम घर्तीले हाल केसी मुख्यमन्त्री बन्ने र गठबन्धनले सरकार चलाउँदा पात्र फेरिनसक्ने बताउनु भयो । गठबन्धनको निर्णय अनुसार अघि बढ्दै जाने बताउनु भयो।

संसद्को १६ महिनामा आधा–आधा सरकार चलाउने सहमति भएको हो ।

कांग्रेसका सचेतक फखरुद्धिन खानले फागुनपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने बताउनुभयो ।

“आज हाम्रो दलको नेताले पनि हाम्रो दलले फागुनबाट सरकारको नेतृत्व गर्ने बताउनुभएको छ । हाम्रो दलको नेतृत्वमा चुनावमा जान्छ,” उहाले भन्नुभयो ।


Top