लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश

  POSTED ON : श्रावण २८, २०७८ (११:२५ AM)

लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश

बुटबल । लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) ले मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ । चार दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुखसामु केसीले केही बेरअघि मुख्यमन्त्रीमा दाबी पेस गर्नु भएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका ४२ सांसदको हस्ताक्षरसहित केसीले दाबी पेस गर्नु भएको हो । वुधबार अविश्वासको प्रस्तावमाथि छलफल हुनु अगाडि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको थियो । केसी रोल्पा प्रदेशसभा १ (क) बाट निर्वाचित सांसद् हुनुहुन्छ ।  प्रदेश प्रमुखले आजै केसीलाई मुख्यमन्त्री नियुक्त गर्ने र आजै शपथ समेत गराउने तयारी छ ।

Top