अर्घाखाँची कारागारका ६० कैदीबन्दीमा कोरोना संक्रमण

श्याम घिमिरे   POSTED ON : श्रावण २९, २०७८ (५:२२ PM)

अर्घाखाँची कारागारका ६० कैदीबन्दीमा कोरोना संक्रमण

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको अर्घाखाँची कारागारका ६० जना कैदीबन्दीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिका र स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा गरिएको एन्टिजेन परीक्षणमा ६० जनामा कोभिड पोजेटिभ देखिएको सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले जानकारी दिनुभयो । 

६४ जना बन्दीहरु रहेको कारागारमा ६० जनामा कोभिड पोजेटिभ देखिएकोले सबैले स्वास्थ्य सुरक्षाको पुर्णरुपमा पालना गर्न पराजुलीले आग्रह समेत गर्नुभयो ।  कैदीबन्दीमा कोभिड देखिएपछि स्वास्थ्यकर्मीको टोली उपचारका लागि कारागार पठाइएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो । कारागारमा क्षमता भन्दा बढी कैदिबन्दी राखिएकाले एकैपटक ६० जनामा कोरोना संक्रमण देखा परेको होे ।

जिल्लामा सुक्रवार साँझसम्म ३९ सय २४ जनामा  कोरोना संक्रमण  देखिएकोमा ७९ जनाको ज्यान गइसकेको छ । यस्तै ३ हजार ९५ जना कोरोना संक्रमणमुक्त भएका छन । अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ७५० जना सक्रिय संक्रमित आईसोलेशनामा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । कोरोना संक्रमितको संख्या बढेसंगै जिल्लामा निषेधाना भने जारी छ ।



Top