पाल्पामा बाबुले हानेको बन्दुकले लागेर छोराको ज्यान गयो

रामचन्द्र रायमाझी   POSTED ON : श्रावण ३०, २०७८ (११:५० AM)

पाल्पामा बाबुले हानेको बन्दुकले लागेर छोराको ज्यान गयो

पाल्पा । पाल्पामा बाबुले हानेको बन्दुकले लागेर छोराको ज्यान गएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका– ६ तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरीको बाबुले स्याललाई हान्ने क्रममा लागेर ज्यान गएको हो ।

५६ वर्षीय कर्णबहादुरले  घर नजिकै मकैबारीमा आएको जंगली स्याललाई भरुवा बन्दुकले हान्ने क्रममा छोरा धनबहादुरको टाउकोमा लाग्न पुगेको थियो । अचनाक टाउकोमा लागेको गोलीले धनबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । एकनाले बन्दुक सहित बाबु कर्णबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top