ठेकेदारले समयमा काम पूरा नगर्दा गयो चार जनाको ज्यान

विवेक खड्का   POSTED ON : भदौ १८, २०७८ (५:५४ AM)

ठेकेदारले समयमा काम पूरा नगर्दा गयो चार जनाको ज्यान

दाङ । बुधबार राति नेपालगञ्जबाट घोराही आउँदै गरेको एक स्कारपियो गाडीलाई सिस्नेखोलामा आएको बाढीले बगाउँदा चार जना महिलाको मृत्यु भयो । उहाँहरू नेपालगञ्जबाट सपिङ गरी घोराही फर्किंदै हुनुहुन्थ्यो । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार घोराही उपमहानगरपालिका-१३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँ बस्ने ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ३३ वर्षीया राधा कँुवर, सोही ठाउँकी ४२ वर्षीया विमला केसीको मृत्यु भएको छ । चालक घोराही-१३ का ४३ वर्षीय नरबहादुर पुन गम्भीर घाइते हुनुभएको छ । खोलाले बगाएकामध्ये दुई जनाको बिहीबार राति साढे १ बजेतिर र दुई जनाको बिहान झण्डै तीन किलोमिटर तल बेलभार भन्ने ठाउँबाट शव फेला पारिएको प्रहरीले जानकारी दिएको छ । 

पुल निर्माणमा चरम ढिलासुस्ती !

सिस्ने खोलाको पुल निर्माणाधीन अवस्थामा छ । दाङ प्रशासनले सिस्नेखोलामा पुल बनाउने निर्माण कम्पनीका प्रतिनिधिलाई तत्काल पक्राउ गर्न प्रहरीलाई साउन २८ मा निर्देशन दिएको थियो । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले प्रहरीलाई पत्र लेख्दै सिस्नेखोला पुल निर्माणमा चरम ढिलासुस्ती गरेको भन्दै तत्काल एडभेन्चर÷जेभीका प्रतिनिधि यज्ञ केसीलाई तत्काल पक्राउ गरेर प्रशासनमा उपस्थित गराउन निर्देशन दिनुभएको थियो । निर्माण कम्पनीको प्रतिनिधि केसीलाई लिखित र मौखिक रूपमा पटक-पटक ताकेता गर्दा पनि काम नहुँदा आजको घटना भएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङको भनाइ छ । 

पुल निर्माणमा ढिलाइ भएको गुनासो आएपछि यसअघि जुलाई १२ अर्थात् असार २८ गते पुल निर्माणस्थलमा निर्माण व्यवसायीका प्रतिनिधि केसीको तस्बिर फेसबुकमा अपलोड गर्दै एक महिना अर्थात् साउन २८ गतेभित्रमा पुल निर्माण सक्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारीले लेख्नुभएको थियो । तर, यो बीचमा कुनै काम भएको थिएन । 

एडभञ्जर÷जेभी निर्माण कम्पनीले २०७४ फागुनमा सम्झौता भएर निर्माण काम थालेको डिभिजन सडक कार्यालय घोराहीका इञ्जिनियर अनिल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार झण्डै नौ करोड लागतमा निर्माणाधीन पुल गत असारमै सक्नुपर्ने सम्झौतामा उल्लेख छ । ७० मिटर लम्बाइको दुई स्यानको प्रिस्टेज उक्त पुल कोरोनाको कारण देखाउँदै म्याद थप भएको थियो ।

भ्mण्डै एक महिना अगाडि मात्रै सिस्ने खोलाको पुल निर्माणको जिम्मा लिएको एडभञ्जर÷जेभीका प्रतिनिधि यज्ञबहादुर केसीलाई प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले निर्माणको काम छिटो पूरा गर्न सचेत गराउनुभएको थियो । केसीलाई सम्झौताअनुसार पुल निर्माणको काम छिटो गर्न स्वयं पुल निर्माण भइरहेको ठाउँमै पुगेर सचेत तुल्याएको भए पनि साइटमा गएर सम्झौैताअनुसार पुल निर्माणको काम गरेको नदेखिएको हुँदा पक्राउ पुर्जी जारी गर्नु परेको प्रजिअ कुरुम्बाङले जानकारी दिनुभयो । ‘पक्राउ पुर्जी जारी भएलगत्तै केसी फरार रहेका छन्,’ प्रजिअ कुरुम्बाङले भन्नुभयो– ‘अब केसीलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गरिनेछ ।’

कसरी भयो दुर्घटना

नेपालगञ्जबाट तिजको सपिङ गरी फर्किने क्रममा बुधबार राति सिस्ने खोलामा स्करपियो चिप्लिएको थियो । खोलामा पानी उच्च वहावमा भएकाले कजवेमा चिप्लिएर कार बगेको प्रहरीले बताएको छ । कारलाई खोलाले बगाएपछि आफ्नो बहावसँगै केही तल पु¥याएको थियो । यसरी बगाउँदा चालकलाई स्थानीयले उद्दार गर्न भ्याएका थिए भने अन्य चार महिलाहरू भने खोलामै बग्न पुगेका थिए । खोलाले बगाउँदा चारै जनाको घटनास्थलमै मृत्यु हुन पुगेको प्रहरी रिपोर्टमा उल्लेख छ । घाइते चालकको भने उपचार जारी छ । पुल तयार नहुँदा पुलमुनिको कजवेबाट सबै यातायातका साधन आवतजावत भइरहेका छन् । 


Top