स्थानीय तहका उप–प्रमुखको पिडा संस्थागत भ्रष्टाचार हुदा पनि बोल्न सकिदैन

दीपककुमार शर्मा   POSTED ON : भदौ १९, २०७८ (१:२४ PM)

स्थानीय तहका उप–प्रमुखको पिडा संस्थागत भ्रष्टाचार हुदा पनि बोल्न सकिदैन

बर्दिया ।  पुर्व पश्चिम राजमार्ग अन्तर्गतको  व्यस्त बजार मध्ये एक हो बर्दियाको भुरिगाउँ बजार पनि , ठाकुरबाबा नगरपालिका भित्र रहेको यो बजारमा नेपालगञ्जमा पाइने सवै सामान पाउन सकिन्छ तर नगरपालिकाले कमिसनको लोभमा नेपालगञ्जबाट आबश्यक सामाग्री ल्याउने गरेको पाइएको छ । 

यो कुनै व्यापारी वा सर्वसाधारण नागरिकले नगरपालिकालाई लगाउने गरेको आरोप होइन ठाकुरबाबा नगरापलिकाका उप प्रमुख कृष्णा कुश्मा थारुले नगरपालिकाले आयोजना गरेको बार्षिक कार्यक्रमको समिक्षा र सार्वजनिक सूनुवाई कार्यक्रमा बोल्दै सो रहस्य खोल्ने प्रयास गर्नु भएको हो । 

गएको वर्ष नगरपालिकाले गरेका कार्यहरुको विषयमा पत्रकारलाई अनुगमन गराइसकेपछि आयोजना गरिएको कार्यक्रममा थारुले नगरपालिका भित्र सस्थागत भ्रष्टाचार भैरहेको भएपनि आफुले केहि गर्न नसकेको भन्दै दुख व्यक्त गर्नु भयो साथै उहाले कमिसनको कारण भुरिगाउँ बजारमा पाइने सामानलाई बढि मुल्यमा नेपालगञ्जबाट खरिद गरि ल्याइने गरेको समेत बताउनु भयो । भुरिगाउँ बजारमा १ सय रुपैयामा पाइने सामानलाई २ सय रुपैया देखि ३ सय रुपैया  सम्मको विल बनायर भुत्तानि दिइएको पाइएको बताउनु भयो । नगरपालिका स्रोतका अनुसार घननारायण श्रेष्ठ नगर प्रमुख ,  लेखा अधिकृत युवराज अधिकारी सहित केहि कर्मचारी सहमतिमै आगामि निर्वाचनका लागी फन्ट संकलन गर्ने उदेश्यले नगर प्रमुखकै प्रस्तावमा भुरीगाउँ बजारमा पाइने सामान नेपालगञ्ज बाट ल्याइने गरिएको हो । 

ठाकुरबाबा उद्योग बाणिज्य संघका अध्यक्ष गोविन्द आचार्यले नगरपालिकाले स्थानिय व्यापारीहरुलाई प्राथमिकता नदिएको बताउनु भयो । साथै उहाले नेपालगञ्ज पाइने सामाना भुरिगाउँमा पनि पाइने भएतापनि नगरपालिकाले १ रुपैया महगों भो भन्दै भुरिगाउँ बजारमा पाइने मुल्य भन्दा अझ बढि मुल्य तिरेर खरिद गरेको पाइएको हुदा यस विषयमा आफुहरुले पटक पटक ध्यानाकर्षण गराउदा पनी सुनुवाई नभएको बताउनु भयो ।  

ठाकुरबाबा नगरापालिकामा करारमा कर्मचारी नियुक्ती गर्दा आफनै मान्छे वा कार्यकर्तालाई पहिलो प्राथमिकता दिइने भएको अवस्थामा घुस लिएर राख्ने तथा कार्यकर्ता भर्ति केन्द्र बनाइएको बताइएको छ । नगरपालिकाकाले सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने, सार्वजनिक निर्माण वा खरिदमा अनियमितता गर्ने, झुटा विवरण पेस गर्ने, गलत लिखित वा प्रतिवेदन दिने , कागजात सच्याउने वा नोक्सान गर्ने, गैर कानुनी सम्पत्ति आर्जन गर्ने , राजस्व चुहावट गर्ने जस्ता भ्रष्टाचार प्रबृत्ति अधिक रहेको स्थानिय वासीहरुले दावि गरेका छन । साथै योजना निर्माण देखि कार्यान्वयनको तहसम्म पुग्दा कर्मचारी तथा पदाधिकारीको मिलेमतोमा यस्ता खालका गतिविधि भैरहेको बार्षिक समिक्षा कार्यक्रममा उप प्रमुखले कुरा उठाएपछि अहिले बर्दिया तरगिंत भएको छ ।  यता ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले कुनै पनि सामान खरिद गर्दा दरभाउ अनुसार नै खरिद गर्ने गरिएको बताउनु भयो । साथै प्रकाशित गरिएको सूचनाको बोधार्थ उद्योग बाणिन्य संघलाई पठाइने गरिएको बताउनु भयो । भुरिगाउँ बजारका व्यापारीले बढि मुल्य र नेपालगञ्जका व्यापारीले कम मुल्य राखेपछि बाध्य भएर नेपालगञ्ज बाट सामान ल्याउनु परेको बताउनु भयो । 


Top