घोराही उपमहानगरको नगर सभापतिमा दुई जना आकांक्षी

विवेक खड्का   POSTED ON : भदौ २४, २०७८ (३:२४ PM)

घोराही उपमहानगरको नगर सभापतिमा दुई जना आकांक्षी

दाङ । दाङको घोराही उपमहानगरपालिकाको नगर समितिको अधिवेशनको चटारो घोराही काँग्रेसमा परेको छ । 

वडा अधिवेशन सम्पन्न भएका जिल्लामा यही भाद्र २७ गते नगर अधिवेशन हुने काङ्ग्रेसले सार्वजनिक गरेको निर्वाचन तालिकामा उल्लेख छ ।

दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको नगर सभापतिमा अहिलेसम्म दुई जना आकांक्षीहरु हुनुहुन्छ् । देखा परेका आकांक्षीहरुमा रमेश कुमार पाण्डेय र तिलक रावत  हुनुहुन्छ । दुबै आकांक्षी वडा अधिवेशनमा वडा नं. १५ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुभएको हो ।

रमेशकुमार पाण्डेय  वडा नं. १५ का वडाध्यक्ष हुनुहुन्छ । हाल जनप्रतिनिधिसमेत रहेका पाण्डेय काङ्ग्रेसमा क्रियाशील राजनीति गर्दै आउनुभएको छ । २०४७ सालदेखि काङ्ग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका पाण्डये विद्यार्थी राजनीतिबाट आफूलाई राजनीतिक सिपाहीका रुपमा चिनाउँदै आउनुभएको छ । पाण्डेय पार्टी पङ्तिमा तथा युवाका बिचमा लोकप्रिय नेताका रुपमा चिनिनुहुन्छ । 

घोराही नगर सभापतिका अर्का आकांक्षी तिलक रावत हुनुहुन्छ । विद्यार्थी राजनीतिमा लोकप्रियता बटुल्दै आएका रावत २०६३ सालदेखि नै नेपाली काङ्ग्रेसको भातृ संगठन नेविसंघमा आवद्ध हुनुभएको हो । ०६३ सालमा पद्मोदय नमुना माविमा नेविसंघको इकाइ सचिव रहेर राजनीतिमा होमिएका ०६५ सालमा रावत दीपशिखा मावि पनि नेविसंघ इकाइ सचिवका रुपमा रहेर काम गर्नुभएको थियो । ०६९ सालमा नेविसंघको क्षेत्रीय सभापति भएका रावत ०७२ सालमा जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनयन हुनुभएको थियो । हाल सरस्वती माविको विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहनुभएको रावत निरन्तर रुपमा पूर्णकालीन राजनीतिमा होमिनुभएको छ । पार्टी पङ्तिमा युवाको नेतृत्वमा बलियो रुपमा चिनिदै आउनुभएका रावतले लोकप्रिय युवा नेताका रुपमा आफ्नो छविलाई उँचो बनाउँदै आउनुभएको छ ।


Top