पत्रकार महासंघ नवलपरासीद्वारा सदस्यहरुको दुर्घटना बीमा

प्रकाश न्यौपाने   POSTED ON : भदौ २९, २०७८ (६:४४ PM)

पत्रकार महासंघ नवलपरासीद्वारा सदस्यहरुको दुर्घटना बीमा

नवलपरासी  । नेपाल पत्रकार महासंघ नवलपरासीले पत्रकारहरुको दुर्घटना बीमा गरिदिएको छ । सामुहिक दुर्घटना बिमालेख योजना अनुसार महासंघ रुपन्देहीमा आवद्ध सदस्यहरुको एक लाख रुपैंया बराबरको दुर्घटना बिमा गरिएको पत्रकार महासङ्गका अध्यक्ष हरि शर्माले जानकारी दिनु भयो ।

महासंघ नवलपरासीले एक वर्षको जोखिम बहन गर्ने गरी जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको भुमही शाखा मार्फत बिमा गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्माले बताउनु भयो । समाचार संकलनमा अहोरात्र खटिने पत्रकारहरु दुर्घटनाको उच्च जोखिममा हुने भएकाले दुर्घटनाको जोखिम बहन गर्नेगरी बिमा गरिएको उहाँले बताउनु भयो ।


Top