अभाव र समस्यामा जेलिएको यातायात कार्यालय

विवेक खड्का   POSTED ON : आश्विन १, २०७८ (२:२५ PM)

अभाव र समस्यामा जेलिएको यातायात कार्यालय

दाङ । कार्यलयको अगाडी एउटा साईन बोर्ड समेत थिएन । साईन बोर्ड नहुँदा नयाँ आउने सेवा ग्राहीहरुलाई कार्यलय खोज्न समस्या हुने गरेको थियो । त्यसैमा विचौलियाँको समस्याले सेवाग्राही आजित भएको अवस्था थियो । अस्त (व्यस्त पार्किङले दुर्घटनाको जोखिम उस्तै थियो । कुनै समय अस्त व्यस्त, बिचौलियाँको बिग बिगी रहेको यातायात व्यवस्था कार्यालय तुलसीपुर विभिन्न समस्याका बाबजुत अहिले भने व्यवस्थित हुँदै गएको छ । कार्यालयमा आउने सेवाग्राहीहरुलाई विचौलियाले सताउने, चेकजाँच नगरेरै जथाभावी रुपमा मेडिकल रिर्पोट बनाई दिने गरेको जनगुणासो बढेपछि त्यसलाई रोक्नको लागि बिशेष निगरानीका साथै कार्यालयमा गार्डको व्यवस्था गरेको यातायात व्यवस्था कार्यलय तुलसीपुरका निमित्त प्रमुख रविन्द्र केसीले जानकारी दिनुभायो । 

‘बिचौलिया रोक्नको लागि लाईसेन्स बनाई दिन्छु, मेडिकल रिर्पोट बनाई दिन्छु यती पैसा लाग्छ कसैले भन्यो भने सिधै मलाई आएर भन्नु भनेको छु कार्यालयका निमित्त प्रमुख केसीले भन्नुभयोे लेखापढिको प्रमाणपत्र नभएकोलाई कार्यालयमा प्रवेश निषेध गरेको छ’ ।

समस्यै समस्यामा कार्यालय

यसैबीच समस्यै समस्याका विच कार्यालय संचालन भई रहेको छ । कार्यालयको आफ्नै भवन नहुँदा सेवा सोचे अनुसारको दिन नसकेको केसीले बताउनुभयो । ‘आफ्नै जग्गा र भवन भएमा सेवाग्राही मैत्री काम गर्न सजिलो हुने थियो’ उहाँले भन्नुभयो । कार्यालय २० बर्ष देखि भाडाको भवनबाट संचालन भइरहेको छ । अहिले कार्यालय भएको घरको मात्रै मासिक ५० घर भाडा बुझाउँदै आएको उहाँको भनाई छ । आफ्नै भवन भएको भए भाडा बुझाउने पैसाले कार्यालय सुधारको काममा लगाउन सकिन्छ । दिनप्रति दिन सेवा ग्राहीहरुको चाँप बढ्दै गएकाले उहाँहरुलाई तुरुन्त सेवा दिनको लागि रोड बजार नजिकै भएको १२ देखि १५ कट्ठा जग्गा आवश्यक रहेको केसीको भनाई छ । त्यो भएमा सना गाडी र दुई पाङ्ग्रे गाडी आफ्नै कमपाउण्डमा ट्रायल दिन सकिनुका साथै परिक्षा हल आफ्नै हुन्छ । सबैको व्यवस्था भएमा दैनिक ३ सय जनाको परिक्षा दिन सकिने उहाँको भनाई छ ।

कर्मचारीको अभाव

आफ्नै भवन नभएर साघुँरो ठाउँबाट सेवाग्राहीहरुलाई सेवा दिदै आएको कार्यालयमा प्रायप्त मात्रामा जनशक्ति नहुादा अझै समस्या बल्झिएको छ । १९ जना स्थायी र ३ जना करार कर्मचारी कार्यरत रहेको उक्त कार्यालयमा अझै १० देखि १२ जना कर्मचारी अवास्यक रहेको निमित्त प्रमुख केसीले बताउनुभयो । लाईसेन्सको लागि रेगुलर फिल्डमा खटिने ८ जना कर्मचारी र ४ जना कम्प्युटर अप्रेटरको तत्कालै आवश्यकता रहेको उहाँको भनाई छ ।

‘काम ढिला भयो भन्ने सेवा ग्राहीबाट गुणासो आउँछ । अरु शाखामा कार्यरत कर्मीचारीहरुलाइ ट्रायलमा लैजानु पर्दा कार्यालयमा काम रोकिन्छ अनि ढिला हुन्छ केसीले भन्नुभयो ।’ उहाँका अनुसार लाईसेन्सको लागि लिखित परिक्षा दिने आफ्नै सेन्टर नहुँदा मासिक १२ हजार भाडा तिरेर स्कुल भाडामा लिएको छ । ‘हामीले १२ हजार रुपैयाँ दिने गरेका छौँ हामीलाई आवश्यकता अनुसार स्कुलले कोठा व्यवस्था गरिदिनु हुन्छ । जनशक्ति अभावका कारण अहिले एकदिन बिराएर लिखित परिक्षा लिदै आएको उहाँको भनाई छ । त्यसैगरी यातायात व्यवस्था कार्यालय तुलसीपुरले ट्रायलको लागि मासिक ८ हजार र पार्किङको मासिक १२ हजार रुपैँया बुझाँउदै आएको छ ।

कार्यालय सहयोगीको भरमा लाईसेन्स दिने र बिल काट्ने काम

कार्यालयमा कर्मचारीहरुको अभावका कारण अहिले कार्यालय सहयोगी र ड्राईभरले लाईसेन्स कार्ड दिने गरेका छन् । बिलहरु काट्नेदेखि सहायक कमप्युटर अप्रेटरले गर्ने सबै काम कार्यालय सहयोगीले गर्ने गरेको केसीले जानकारी दिनुभयो । ‘राजश्व संकलनको काम कार्यालय सहयोगिले गरेका छन् जहाँ दुइजना कम्प्यूटरको ज्ञान भएको कम्प्युटर अप्रेटर चाहिन्छ, लाईसेन्स रिनु, विलिङ र एडमिट कार्ड उपलब्ध गराउनको लागिलगायत दुईजनाले गर्ने काम एकजना कार्यलय सहयोगी गरेको उहाँको भनाई छ । आफू कतै मिटिङ जानु परेमा आफै गाडी चलाएर जाने र आफ्नो ड्राईभरलाई कार्ड वितरणमा राखेको उहाँले बताउनुभयो । तत्काका लागि सहायक कम्प्युटर अप्रेटर ४ जना, पाँचौ छैठौ खरदार ३, नायव सुब्बा ३ जना कर्मचारीको जरुरी छ । त्यो भएमा बिदाको दिन बाहेक सधै लिखितलगायत ट्रायल परिक्षा गराउन, सेवाग्राहीहरुको काम समयमै हुने केसीले बताउनुभयो ।


Top