नवलपरासी कांग्रेसमा देउवा इतर समुह बलियो

प्रकाश न्यौपाने   POSTED ON : आश्विन ५, २०७८ (२:५६ PM)

नवलपरासी कांग्रेसमा देउवा इतर समुह बलियो

नवलपरासी ।  पश्चिम नवलपरासी कांग्रेसमा सभापति देउवा इतर समुह बलियो देखिएको छ । १४ औं महाधिवेशन अन्तरगत भएको वडा अधिवेशनको प्रतिनिधि छनौटका आधारमा देउवा समुहको नेतृत्व देबेन्द्रराज कण्डेलले गर्नु भएको छ भने देउवा इतर समुहको नेतृत्व  सभा सदस्य विक्रम खनालले गर्नु भएको छ । खनालसँग अर्का संविधासभा सदस्य देवकरण जयसवालको विगतदेखि नै साथ रहेको छ ।  

वडा क्षेत्रिय प्रतिनिधिले जिल्ला नेतृत्वदेखि ÷क्षेत्र÷गाउँ÷नगर÷र महाधिवेशन प्रतिनिधि छनौट गर्ने प्रावधान रहेकाले दुवै पक्षका नेताहरु रस्साकस्सीमा जुटेका हुन् । वडा अधिवेशन नजिकिदैं गरेकाले पनि यी दुई गुटका नेताहरु एक अर्काको मत तान्न दौडधुपमा लागेका छन् । गाउँ÷नगरको निर्वाचन असोज ९ गतेका लागि तय गरिएको छ ।

 जिल्लाका ७ स्थानीय तहमा रहेका ७४ वडाको अधिवेशन सकिएको छ । अधिवेशनबाट १३ सय ५० जनाको हाराहारीमा क्षेत्रिय प्रतिनिधिहरु चयन भएर आएको निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । जसअनुसार जिल्ला नेतृत्वसहित १ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ वटा प्रदेश सभा क्षेत्रमा खनाल गुट बलियो छ । पालिकातर्फ २ नगरपालिका र २ वटा गाउँपालिकामा खनाल पक्ष बलियो देखिएको छ । कँडेल पक्ष बलियो देखिएकामा १ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र, १ प्रदेशसभा तथा १ नगरपालिका र १ गाउँपालिका छन् । १ वटा गाउँपालिकामा कडा प्रतिस्पर्धा छ ।

मतको आकलन अनुसार खनाल गुट जिल्ला नेतृत्वमा २ सय ३० भोटको हाराहारीमा कँडेल गुटभन्दा अघि देखिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा २ सय ३० भोटको हाराहारीमा खनाल गुट अघि छ भने सोही निर्वाचन क्षेत्रको ‘क’ मा ६५ भोट र ‘ख’ मा १ सय ६० मतले खनाल गुट अघि देखिएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ को ‘क’ मा १ सय १० मत ले उक्त गुट अघि देखिएको छ । नगरपालिकातर्फ सुनवलमा १ सय ५० र बर्दघाटमा ८३ भोटको हाराहारीमा खनाल गुट अघि देखिएको छ । गाउँपालिकातर्फ सुस्तामा ५० र प्रतापपुरमा १ सय बढी मतको हारहारीमा खनाल गुट अघि देखिएको आकलन गरिएको छ ।

त्यस्तै मतको आकलन अनुसार कँडेल गुट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा ३० मतको हाराहारीमा अघि देखिएको छ । भने सोही निर्वाचन क्षेत्रको प्रदेश सभा ‘ख’ मा १ सय ३५ मतको हाराहारीमा कँडेल गुट अघि देखिएको छ । रामग्राम नगरपालिकामा १ सय र पाल्हीनन्दन गाउँपालिकामा ६५ मतको हाराहारीमा कँडेल गुट अघि देखिएको छ । सरावल गाउँपालिकामा भने दुवै गुटको कडा प्रतिस्पर्धा रहेको निर्वाचित क्षेत्रिय प्रतिनिधिहरुले बताएका छन् । 

चुनावी प्रतिस्पर्धामा गुटै बनाएर उत्रिएका दुवै पक्षले १÷२ पालिका बाहेक सबैमा आफ्नो पकड बलियो रहेको दाबी गरेका छन् । यी गुटले केही पालिकाबाहेक सबैमा प्यानलै बनाएर उमेदवारी सार्वजनिक गरिसकेका छन् । केहीमा बाँकी छ । 

 जिल्ला सभापतिमा कँडेल गुटले शिक्षक संघका पूर्व अध्यक्ष मोहन शर्मा र खनाल गुटले वर्तमान जिल्ला उपसभापति अर्जुन कुमार पोखरेललाई अघि सारेका छन् । 

तस्वीरमा : खनाल र कडेँल


Top