बर्दियामा जनप्रतिनिधि वडाबाटै पराजित

दीपककुमार शर्मा   POSTED ON : आश्विन ७, २०७८ (१:११ PM)

बर्दियामा जनप्रतिनिधि  वडाबाटै पराजित

बर्दिया । नेपाली काग्रेसको १४ औ महाधिबेशनबाट क्षेत्रिय प्रतिनिधि चयन प्रकृयामा जननिर्वाचित समेत पराजित भएका छन । बर्दियाको गुलरिया नगरपालिकाका उप प्रमुख शुसिला गीरी आफनै वडा न ४ बाट क्षेत्रिय प्रतिनिधिमा हार व्यहोर्नु भएको हो । यसै गरी गुलरीया नगरपालिका वार्ड न १० का वडाअध्यक्ष विरेन्द्र चौधरी पराजित हुनु भएको हो । बर्दियामा महाधिबेशन बाट क्षेत्रिय प्रतिनिधि चयन प्रकृयामा कतै सर्वसहमति भएको हो भनै केहि स्थानमा निर्वाचन भएको थियो । 

गुलरिया नगरपालिकाका उप प्रमुख शुसिला गीरी आफनै वडा न ४ मा अन्य पदमा सहमति भएपनि क्षेत्रिय महिला प्रतिनिधिमा ५ जनामा ७ जनाको उमेदवारी परेको थियो जसमा गीरी पराजित हुनु भएको हो वडा न  १० का वडाअध्यक्ष विरेन्द्र चौधरी पनि क्षेत्रिय प्रतिनिधिमा पराजित हुनु भएको हो । नेपाली काग्रेसको विधान अनुसार निर्वाचनमा क्षेत्रिय प्रतिनिधि नभएसम्म उम्मेदवार बनन नसकिने प्रावधान रहेको छ । 


Top