दाङका १० वटा पालिकामा काँग्रेसको नयाँ नेतृत्वका लागि उमेद्वारी दर्ता

विवेक खड्का   POSTED ON : आश्विन ८, २०७८ (७:०४ PM)

दाङका १० वटा पालिकामा काँग्रेसको नयाँ नेतृत्वका लागि उमेद्वारी दर्ता

दाङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत दाङका १० वटा पालिकामा नयाँ नेतृत्वका लागि उमेद्धारी दर्ता भएको छ । भोलि शनिबार हुने निर्वाचनका लागि आज विहान साढे ११ बजे देखि दिउँसो साढे १ बजेसम्म दशवटै पालिकामा उमेद्वारी दर्ता भएको हो । घोराही उपमहानगरपालिकाको नगर अधिवेशनमा तिलक रावत र निरज गिरीले सभापति पदमा उमेद्वारी दर्ता गराउनु भएको छ ।तुलसीपुर  उपमहानगरपालिकाको नगर अधिवेशनमा सुरेश हमाल र अनिल कार्कीको सभापतिमा उमेद्वारी दर्ता गरी प्यानलमा चुनाब हुने भएको छ । त्यसैगरी, लमहीमा शिबप्रसाद चौधरी र सन्तोष बुढाथोकीले सभापतिमा पदमा उमेद्वारी दिनुभएको छ । दङ्गीशरण गाउँपालिकामा शम्भु गिरी र हर्कबहादुर बुढाथोकी, बबई गाउँपालिकामा प्रकाश बस्नेत र पर्शाराम भुषालले सभापतिमा उम्मेद्वारी दर्ता गरााउनु भएको छ ।

बंगलाचुलीमा सर्वसम्मत

बंगलाचुली गाउँपालिकामा पालिका अधिवेशन सर्वसम्मत सम्पनन भएको छ । सभापतिमा जागेश्वर अधिकारी, उपसभापतिमा इन्द्रमणि वली र द्रोर्ण खत्री, सचिव वलदेव मल्ल र चेतबहादुर डाँगी, सहसचिवमा गणेश बि.क., केयरसिं गाहा मगर सर्वसम्मत चयन हुनुभएको छ ।

गढवा गाउँपालिकामा सभापतिमा कृष्णराज पाण्डे र किरण पौडेलको तथा सचिवमा पुरण प्रसाद चौधरी र पोषणराज शर्मा, ओम प्रकाश बतसेल र मधुसुदन शर्माको उम्मेद्वारी परेको छ भने बाँकी पदमा सर्वसम्मत भयन भएका छन् ।  

शान्तिनगर गाउँपालिकामा सभापति मात्र सर्वसम्मत

शान्तिनगर गाउँपालिका सभापतिमा मात्र सर्वसम्मत भएको छ । सभापतिमा झलक केसी सर्वसम्मत चयन हुनुभएको छ । अन्य पदमा उम्मेद्वारी परेको छ । यो समाचार तयार पार्दासम्म अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको छ । सर्वसम्मत हुन सक्ने शान्तिनगर काङ्ग्रेसले जनाएको छ ।

राप्तीमा गाउँपालिका सर्वसम्मत

राप्ती गाउँपालिकामा पालिका अधिवेशन सर्वसम्मत सम्पनन भएको छ । सभापति विद्याशरण चौधरी , उप श्यामा रावत, प्रशान्त भुषाल, सचिवमा तीर्थराज ज्ञवाली, चैन कुमार चौधरी, सह सचिवमा लक्ष्मण आचार्य र शिरबहादुर कार्की सर्वसम्मत चयन भएका छन् ।


Top