दाङमा पौडेलको वर्चश्व – पौडेलका ६ र देउवाका ४ पालिकामा विजयी

विवेक खड्का   POSTED ON : आश्विन ११, २०७८ (५:२६ PM)

दाङमा पौडेलको वर्चश्व – पौडेलका ६ र देउवाका ४ पालिकामा विजयी

दाङ । दाङमा नेपाली काँग्रेसको पालिका स्तरीय निर्वाचनमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको वहुमत भएको छ । दाङका १० पालिकामध्ये ६ पालिकामा पौडेल र ४ पालिकामा शेरबहादुर देउवा पक्ष निर्वाचित भएका छन् ।

घोराही उपमहानगरपालिका, लमही नगरपालिकाक, राजपुर र गढवा गाउँपालिकामा देउवा समूहका उम्मेद्वार विजयी भएका छन् भने तुलसीपुर उपमहानगरपालिकाका साथै बबई, राप्ती, बंगलाचुली, शान्तिनगर र दंगिशरण गाउँपालिकामा पौडेल पक्षका उम्मेद्वार विजयी भएका छन् । 

घोराही उपमहानगरपालिकाको सभापतिमा तिलक रावत विजयी हुनुभएको छ भेन उपसभापतिमा दुर्लभ केसी र प्रदिप सुवेदी, सचिवमा भिमकान्त चौधरी र पुष्पराज आचार्य निर्वाचित हुनुभएको छ । सहसचिवमा चेतन बस्नेत र राजकुमार बस्नेत निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उता तुलसीपुर उपमहानगरपालिकाको सभापतिमा सुरेश हमाल निर्वाचित हुनुभएको छ । उपसभापतिमा बिनिल केसी र गौरव सुवेदी, सचिवमा बिमल पौडेल, सुशिल वली तथा सहसचिवमा शेषमणि भण्डारी र झनकबहादुर बस्नेत निर्वाचित हुनुभएको छ ।

गढवा गाउँपालिकाको सभापतिमा किरण पौडेल विजयी हुनुभएको छ । सचिवमा पूर्णप्रसाद चौधरी र पोषणराज शर्मा निर्वाचित हुनुभएको छ । राजपुर गाउँपालिकाको सभापतिमा नरेन्द्रसिंह भण्डारी निर्वाचित हुनुभएको छ । उपसभापतिमा अमृत खड्का र आशाराम यादव निर्वाचित हुनुभएको छ ।

लमही नगरपालिकाको सभापतिमा सन्तोष बुढाथोकी निर्वाचित हुनुभएको छ । उपसभापतिमा जगनारायण चौधरी र बिनोद खड्का तथा सचिवमा कौशलप्रसाद चौधरी र प्रेम कालाथोकी विजयी हुनुभएको छ । सहसचिवमा खिमबहादुर योगी र हिमानसिंह न्यौपाने निर्वाचित हुनुभएको छ ।

यसैगरी दंगिशरण गाउँपालिकाको सभापतिमा शम्भु गिरी निर्वाचित हुनुभएको छ । उपसभापतिमा गिरिराज न्यौपाने र दुर्गाबहादुर बोहोरा तथा सचिवमा ओपेन्द्रराज शर्मा र बामदेव बिष्ट विजयी हुनुभएको छ । सहसचिव टोपबहादुर खड्का र डम्बर वली निर्वाचित हुनुभएको छ । बबई गाउँपालिकामा सभापति प्रकाश बस्नेत निर्वाचित हुनुभएको छ । शान्तिनगर गाउँपालिका सभापतिमा झलक केसी हुनुभएको छ ।

बंगलाचुली गाउँपालिकाको सभापतिमा जागेश्वर अधिकारी, उपसभापतिमा इन्द्रमणी वली र दोर्ण खत्री, सचिवमा बलदेव मल्ल र चेतबहादुर डाँगी तथा सहसचिवमा गणेश विक र केयरसिंह गाहा सर्वसम्मत चयन हुनुभएको छ । राप्ती गाउँपालिकाको सभापतिमा बिद्याशरण चौधरी, उपसभापतिमा श्यामा रावत, प्रशान्त भुसाल, सचिवमा तिर्थराज ज्ञवाली र चैनकुमारी चौधरी, सहसचिवमा लक्ष्मण आचार्य र शिरबहादुर कार्की सर्वसम्मत चयन हुनुभएको छ । 


Top