लुम्बिनी प्रदेश : मन्त्रिपरिषद विस्तार,६ मन्त्री र ४ राज्यमन्त्री थपिए

हिमालय टाइम्स   POSTED ON : आश्विन २४, २०७८ (५:५३ PM)

लुम्बिनी प्रदेश : मन्त्रिपरिषद विस्तार,६ मन्त्री र ४ राज्यमन्त्री थपिए

बुटवल । लुम्बिनी प्रदेश मुख्यमन्त्री कुलप्रसाद केसी मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । केसीले मुख्यमन्त्री बनेको ६० औं दिनमा ५ मन्त्री र ४ राज्यमन्त्री थप्नु भएको हो । यससँगै लुम्बिनीको मन्त्रिपरिषद् १७ सदस्यीय भएको छ । जसमा १३ मन्त्री र ४ राज्यमन्त्री भएका छन् ।

मुख्यमन्त्री केसीले मन्त्रिपरिषद विस्तार गरेलगत्तै नवनियुक्त सबै मन्त्रीहरुले आइतबार  पद तथा गोपनीयताको शपथ लिनु भएको छ । 

मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाउनु भएको हो । 

आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्नुभएको वीरबहादुर राना, बाँकेबाट सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री, रुपन्देहीबाट वसिउद्दिन खाँले शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीको शपथ लिनु भएको छ ।

इन्द्रजीत थारू (दाङ)ले स्वास्थ्य तथा जनसंख्या, बर्दियाका तिलकराम शर्माले आन्तरिक मामिला तथा सञ्चारमन्त्रीका रुपमा शपथ लिनु भएको छ ।

रिना नेपाल विकले पर्यटन ग्रामिण तथा सहरी विकास, अर्जुन कुमार श्रेष्ठले उर्जा जलस्रोत तथा सिंचाई, विमला खत्री ओलीले स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीका रुपमा शपथ लिनु भएको छ ।


Top