रुपन्देहीको मोतिपुर झडपमा चार जनाको मृत्यु

पत्रकारमाथि कुटपिट

दीपक घिमिरे   POSTED ON : आश्विन २४, २०७८ (८:४३ PM)

रुपन्देहीको मोतिपुर झडपमा चार जनाको मृत्यु

भैरहवा । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा चार जनाको ज्यान गएको छ । 

औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाईते भएर अस्पताल पुर्याइएका १३ जना मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको तथा तीन जनाको अस्पताल पुर्याउनु पुर्व नै मृत्यु भईसकेको अस्पताल प्रशासनले जनाएको छ । 

प्रहरीको गोली लागेर गंभीर घाईते भएका १३ जना उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएको थियो । १३ जना मध्ये ५ जना प्रहरी र ८ जना सर्वसाधरण रहेका थिए । बाटोमै मृत्यु भएका तीन जनाको सनाखत हुन सकेको छैन । उपचारका क्रममा मृत्यु हुनेमा कपिलबस्तुको बाडगंगा नगरपालिकाका ४८ का रमेश परियार रहेको अस्पतालका जनसम्पर्क अधिकारी शुशिल गुरुङले जानकारी दिनु भयो । 

औद्योगिक करिडोर क्षेत्रमा बसेका स्थानीय र सुरक्षाकर्मी वीच झडप हुँदा ५० जना भन्दा बढी घाईते भएका थिए। झडपका क्रममा करिब ३ दर्जन हवाई फायर भएको एक प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले झडपका क्रममा २५ जना प्रहरी घाइते भएको जानकारी दिनु भयो । उहााले भीड तितरवितर पार्न प्रहरीले गोली चलाएको जनाउनु भयो । औद्योगिक करिडोर निर्माण गर्ने भनिएको मोतिपुरमा अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

घाईतेहरुको अहिले जिल्लाका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।  सुरक्षाकर्मीले आइतबार बिहानैदेखि अस्थायी रुपमा बनाइएका घर टहर भत्काउने काम गरेको थियो । सो क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ भने जग्गा कब्जा गर्न आएका स्थानीयको पनि बाक्लो उपस्थिति छ । यस्तै रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा उत्पन्न स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै स्थानीय प्रशासनले कफ्र्यु लगाएको छ । आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कफ्र्यु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख छ । जनताको बिरोध र अबरोधका वीच गत चैतमा तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले शिलान्यास गर्नुभएको थियो । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम रोक्ने स्थानियको आग्रह र त्यसपछिको अबरोधलाई समेत अटेर गरी अर्थमन्त्री बिष्णु पौडेलले जवर्जस्ती औद्योगिक क्षेत्र शिलान्यास गर्नुभएको थियो ।

सयाँै शुरक्षाकर्मी परिचालन गरी अर्थमन्त्री पौडेलले एकतर्फी रुपमा सिलन्यास गर्नुभएको थियो । उहाँले शिलान्यास गरिरहँदा स्थानियले भने सरकारको चर्को स्वरमा बिरोध गरेका थिए। लामो समय सम्म नाराबाजी गरेका स्थानियले जवर्जस्ती रुपमा सिलन्यास गरिएको भन्दै सिलालेख तत्कालै भत्काएका थिए। 

चैतमा दोश्रो पटक पत्रकार सम्मेलन गरेर सिलन्यास कार्यक्रम रोक्न माग गरेका स्थानियको आग्रहलाई अटेरी गर्दै मञ्च बनाएपछि स्थानियले मञ्च समेत भत्काईदिएका थिए । 

सिलन्यासमा तत्कालिन अर्थमन्त्री पौडेल तथा उद्योगमन्त्री लेखराज भट्ट आउने थाहा पाएपछि स्थानीय ठुलो सङख्यामा उपस्थित भएर प्रतिकारमा उत्रिएका थिए। मन्त्री सबार गाडि आएपछि स्थानियले ढुङगामुढा समेत गरेका थिए। त्यसपछि मोतिपुरमा स्थानियले जग्गा कब्जा गरेर घर टहरा निर्माण गर्न थालेका थिए। प्रहरीले उक्त घर टहरा हटाउन खोज्दा झडप भएको थियो। 

पत्रकारमाथि कुटपिट 

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको समाचार सङ्कलन गर्न गएका पत्रकारमाथि कुटपिट भएको छ । धेरै पढिएको सुकुम्वासीको नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने आन्दोलनकारीले पत्रकार दिनेश ज्ञवालीलाई कुटेका हुन् ।

आन्दोलनको भिडियो खिचेको भन्दै लुम्बिनी टेलिभिजन र बुटवल एफएममा कार्यरत ज्ञवालीलाई कुटपिट गरेका हुन् । प्रहरी र आन्दोलनकारीबीचको झडपले औद्योगिक क्षेत्र तनावग्रस्त भएको छ। प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । 


Top