कठिन अवस्थामा मन्त्रीको पदभार

दीपककुमार शर्मा   POSTED ON : आश्विन २५, २०७८ (१२:०० PM)

कठिन अवस्थामा मन्त्रीको पदभार

बर्दिया । २०२८ सालमा बुवा जागेश्वर उपाध्याय र नर्वदा उपाध्यायको दोस्रो सन्तान छोराहरुमा पहिलो सन्तानको रुपमा यस धर्तिमा पाइला टेक्नु भएका तिलकराम शर्मा लामो राजनिति संघर्ष जेलनेल हुदै आइतवार लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको रुपमा सपथ ग्रहण गर्नु भएको छ । 

१६ वर्षको कलिलो उमेर २०४० साल देखि नै शहिद भानु आचार्यबाट मोटो मसालको सदस्यता लिइ राजनिति यात्रा सुरु गर्नु भएका शर्माले विभिन्न कालखन्डमा एकिकरण हुदै २०५२ सालमा भुमिगत भई जनयुद्ध छेडेको बेला पार्टिका क्रियाशिलको रुपमा अगाडि बढदै जादै भेरी कर्णाली व्युरो रहेका बेला पार्टिको काम विशेषले तराई कैलाली झरेका बेला २०५६ साल पक्राउ पर्नु भएको थियो । २०५६ सालमा पक्राउ पर्नु भएका शर्मालाई २०६१ साल सम्म जेलमा नै रहनु भएको थियो ।  तत्कालिन अवस्थामा नेपाल सेना , नेपाल प्रहरी र शसस्त्र प्रहरीको यातना कुटाई सहदै कष्टकर जेल जिवन लाई अंगाल्दै आमुल परिवर्तनको लागी सघर्ष गरेको मनन गर्दै गर्दा २०६१ सालमा शर्मा जेल बाट रिहा हुनु भएको थियो । बागलुङ्घ जन्मस्थान भएपनि बर्दियालाई कर्मथलो बनाउनु भएका शर्माले बर्दिया जिल्लाको इन्चार्जको जिम्मेवारी निभाउदै आउनु भएको छ हाल केन्द्रिय सदस्य समेत रहनु भएका शर्माले मोटो मसालमा गएको ५ वर्षमा २०४५ सालमा कैलालीकै सरला देवि उपाध्याय संग विवाह बन्धनमा बाधिनु भएको थियो । शर्माका हाल एक श्रीमति र दुइ बटा छोरा रहेका छन ।  

सरल स्वच्छ सादाजिवन तथा इमानदारीको नमुना बनाउनु भएका शर्माले कम्ष्युनिष्ट पार्टिका लागी मात्र होइन अन्यपार्टिका लागी पनि उदाहरणिय बन्न सफल हुनु भएको छ । राजनितिमा केन्द्रिय स्तरका नेताहरु संग सम्बन्ध हुनेले राम्रो कमाई संगै काठमान्डौ देखि नेपालगञ्ज लगायतका अन्य स्थानमा घर घडेरी निर्माण गरेका हुन्छन साथै आरामदायी जिवन जिएका हुन्छन , आजभोली वडा सदस्य समेत मोटरसाइकिलमा हिडिरहेका बेला शर्मा प्रदेश सभा सदस्य भएपनि मोटरसाइकिलमा एक्लै हिडने गरेको पाइएको छ । जनताको काम भने पछि परिवार लाई टाढा राखेर अहोरात्र खटिने बानिले शर्मालाई एउटा सवल इमानदार स्वच्छ छविको नेताको रुपमा परिचित गराएको छ । त्यसो त माओवादीका नेतामात्र होइन कार्यकर्ता समेत कुनै समय आफनो कुरा धेरै बोलेर भएपनि माथि पार्ने गर्दथे तर तिलक शर्माका त्यो अगुण थिएन उनि सवैका कुरा सुन्ने थारै बोल्ने नेता मध्येका एक मानिन्छन । बर्दियामा माओवादि भित्र मात्र होइन अन्यपार्टिका नेता भन्दा फरक छन हिमाल कुनै पनि नरम तरिकाले प्रस्तुती गर्ने गरेका कारण सवैको प्रिय बन्दै गएका हुन जिल्ला अन्य पार्टिका नेताहरु कोहि भ्रष्टाचार गरेको आफु मन्त्री भएको बेला छोरा छोरीलाई जागिर खुवाएको कसैले काठमान्डौ तथा नेपालगञ्जमा घर घडेरी जोडेको समाचार आएपनि शर्माले आफनो इमानदारीतामा कहि कतै दाग लाग्न दिनु भएको छैन । लामो राजनितिक यात्रामा अहिलेको जोखिम पुर्ण अवस्थामा लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भएपछि यो छोटो समयमा थप केहि काम गरेर देखाउने चुनौती शर्माको काँधमा आइपरेको छ ।


Top