काग्रेस कपिलबस्तुको जिल्ला सभापतिमा पौडेल पक्षीय अब्दुल कलाम विजयी

  POSTED ON : मंसिर १४, २०७८ (१०:५९ AM)

काग्रेस कपिलबस्तुको जिल्ला सभापतिमा पौडेल पक्षीय अब्दुल कलाम विजयी

रुपन्देही । काग्रेसको १४औं महाधिबेशनअन्र्तगत कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम विजयी हुनु भएको छ । मंगलबार सार्वजनिक मत परिणाम अनुसार कलाम १०९ मतान्तरले विजयी हुनु भएको हो । कलामले ७६५ मत पाउँदा उनका प्रतिस्पर्धी राजेश आचार्यले ८१९ मत पाउनु भएको छ । कलाम वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेता हुन् भने आचार्य सभापति शेरबहादुर देउवा पक्षीय । 

उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल विजयी भएका छन् भने सचिवमा खोमबहादुर सिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी निर्वाचित हुनु भएको । सहसचिवमा वीरेन्द्रकुमार शुक्ला र वजिह असरद विजयी हुनु भएको हो । देउवा पक्षबाट ६ जना जिल्ला सदस्य मात्र बिजयी भएको कागेस कपिलस्तुले जनाएको छ ।


Top