बर्दियामा देउवा समुहको प्यानलै विजयी

दीपककुमार शर्मा   POSTED ON : मंसिर १४, २०७८ (११:२४ AM)

बर्दियामा देउवा समुहको प्यानलै विजयी

बर्दिया ।  नेपाली काग्रेस बर्दियाको सभापतिमा देउवा पक्षका अरुणप्रकाश सिंह राठौरको प्यानलै  विजयी भएको छ । 

आज सम्पन्न मतगणनामा सभापतिमा अरुणप्रकाश सिह राठौरले आपना प्रतिद्धन्द्धी भुवनेश्वर थारुलाई पराजित गर्नु भएको हो । १ हजार ६ सय २५ मतदाता मध्ये १ हजार ५ सय ७८ मत खसेको थियो जस मध्ये ८ सय ७० मत प्राप्त गर्दै राठौर बिजयी हुनु भएको हो  भने भुवनेश्वर थारुले ६ सय ७८ मत प्राप्त गर्नु भएको थियो । यसै गरी उप सभापतिमा गोविन्दप्रसाद थारुले ८ सय ३० तथा  सोदे विष्टले ८ सय ५९ मत ल्याउदै  विजयी हुनु भएको छ । सचिवमा मीनराज चौधरीले ८ सय ४७  र जग्गा प्रसाद पाण्डले ८ सय २९ मत ल्याउदै बिजयी हुनु भएको छ भने  सह सचिवमा तिलकराम लम्सालले ९ सय ५३  र मेकबहादुर गुरुङ्घले ८ सय ९२ मत ल्याउदै विजयी हुनु भएको छ । बर्दियामा देउवा पक्षको प्यानलै जिल्ला कार्यसमितिमा बिजयी भएको हो । 


Top