कांग्रेस लुम्बिनीमा एक उपसभापति बाहेक सस्थापन ईतरका पुन प्यानल बिजयी

दीपक घिमिरे   POSTED ON : मंसिर २०, २०७८ (९:३५ AM)

कांग्रेस लुम्बिनीमा एक उपसभापति बाहेक सस्थापन ईतरका पुन प्यानल बिजयी

भैरहवा । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिमा एक उपसभापति बाहेक सस्थापन ईतर समुहका अमरसिंह पुन समुहको प्यानल नै बिजयी हुनु भएको छ । शुरु देखि नै पुन समुहले अग्रता लिए पनि अन्तिम समयमा पुन समुहका उपसभापति अष्टभुजा पाठक झिनो मतले पछाडि पर्नु भएको थियो । पदाधिकारिमा उपसभापतिका उम्मेदवार पाठक बाहेकमा अमरसिंह पुनको प्यानल बिजयी भएको छ । 

सभापतिमा पुनले ८५२ मत प्राप्त गर्नु भएको छ । उहाका प्रतिद्वन्दी भरतकुमार शाहले ७६७ मत ल्याउनु भयो। पुन ८५ मतले उछिन्दै कांग्रेस लुम्बिनीको बागडोर सम्हाल्ने मौका पाउनु भएको हो । रुपन्देहीबाट चुनौवी मैदानमा उक्रिनु भएका शाह र पाठकले पराजय भोग्नु भएको छ । शाह संघिय संसदको सार्वजनिक लेखा समिति सभापति हनुहुन्छ । उहाँलाई गृहमन्त्री बालकृष्ण खाँण, पुर्व गृहराज्यमन्त्री देवेन्द्र राज कणेलले सर्मथन गर्नु भएको थियो ।  

पुन समुहलाई केन्द्रिय सदस्य चन्द्र भण्डारी, दिपक गिरी लगाएतले समर्थन गर्नु भएको थियो । उपसभापतिमा पुन समुहका भुवनप्रसाद श्रेष्ठ र शाह समुहका राजु खनाल निर्वाचीत हुनु भएको छ । श्रेष्ठले ८४७  मत प्राप्त गर्नु भएको छ भने खनालले ७९२ मत प्राप्त गर्नु भएको छ । पाठकले ७७२ मत पाउनु भएको छ । उहाले २० मतले पराजय भाग्नु भएको छ । 

महामन्त्रीमा पनि पुन समुहकै बिक्रम खनाल र सुरेन्द्रराज आर्चाय निर्वाचित हुनु भएको छ । खनालले ८४४ र आर्चायले ८३९ मत प्राप्त गर्दै बिजयी हुनु भएको निर्वाचन समितिका सदस्य अब्दुल रहमानले जानकारी दिनुभयो । 

त्यसैगरी सहमहामन्त्रीमा बिष्णु खनाल मुस्कान र खगराज पाण्डेय बिजयी हुनु भएको छ । खनालले सर्वाधिक ८६९ मत प्राप्त गर्नु भएको छ भने पाण्डेयले ७७६ मत प्राप्त गर्नु भएको छ ।  

महिला सहमहामन्त्रीमा निमा गिरी बिजयी हुनु भएको छ । उहाले ८३० मत प्राप्त गर्नुभयो । १४औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा कूल १ हजार ६३१ मत खसेको थियो । 


Top