27th January | 2021 | Wednesday | 6:34:17 PM

राई जाति, कुलुङले खनेको कुलो र २०७८ मा हुने जनगणना

निनाम कुलुङ ‘मंगले’   POSTED ON : पुष २०, २०७७ (८:४२ AM)

राई जाति, कुलुङले खनेको कुलो र २०७८ मा हुने जनगणना

‘कुलुङले कुलो खन्यो, 

थुलुङले थुन्यो ।

सोताङले सोध्यो,

खालिङले खोल्यो ।’

माथिको भनाइ मे, २००६ मा प्रकाशित ‘जनजाति सेरोफेरो’ नामक आप्mनो किताबमा स्वर्गीय डा.हर्क गुरुङले उद्धृत गरेका छन् । जुन भनाइ गुरुङले लेखेको ‘भिग्नेट्स् अफ नेपाल’ नामक अंग्रेजी किताबमा पनि उल्लेख छ । त्यस्तै ‘जनजाति सेरोफेरो’ नामक किताबमा संकलित २६ वटा लेखमध्ये अन्तिम अर्थात् २६ औं लेख ‘आदिवासी÷जनजाति सूचीकरणः अवधारणा र अनुभव’ शीर्षक लेखको पाना–१९६ मा पनि माथिको भनाइ डा. गुरुङले उल्लेख गरेका छन् । स्वर्गीय डा. हर्क गुरुङले जनजाति सेरोफेरोमा सो भनाइ पूर्वमा रहेको लोकगीत भनी प्रष्ट्याउँदै उल्लेख गरेका छन् ।

 हुन पनि विसं २०६८ को ११औं राष्ट्रिय जनगणना अनुसारको नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी रहेका छन् । यसरी विसं २०६८ को तथ्यांक हेर्दा वास्तवमै नेपाल विविध जातजाति र भाषाभाषीको साझा पूmलबारी हो भन्न सकिन्छ । भलै राज्यले त्यहीअनुसार नीति निर्माण नगर्नु अर्कै कुरो हो । विसं २०६८ को ११औं राष्ट्रिय जनगणनामा उल्लेख भएका १ सय २५ जातजाति र १ सय २३ भाषाभाषीमध्ये एक जाति हो–‘कुलुङ जाति ।’ 

त्यसअघि कुलुङ जातिलाई राई ! जातिमा गाभेको थियो । त्यसो त अभैm पनि नेपाल सरकारको मातहतमा रहेको र आधिकारिक मानिएको र तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ मा भने कुलुङ जातिलाई अन्य जातिसरह छुट्टै जातिका रूपमा सूचीकृत गरिएको छैन । यसो हुनुमा तत्कालीन श्री ५ को सरकार (हालको नेपाल सरकार), नेपालका समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्री, भाषाशास्त्रीका साथै आममानिसहरूमा वास्तवमा राई’ के हो ? कुलुङ को हुन् ? भन्नेबारेमा वास्तविक कुरो थाहा नभएर पनि हो ।

तर, अहिले भने धेरै हदसम्म नेपाल सरकार, नेपालका समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्री, भाषाशास्त्रीका साथै आम मानिसहरूमा वास्तवमा ‘राई’ जात वा जाति नभएर विगतमा, खासगरी नेपालको भौगोलिक एकीकरणपछि शासकहरूले दिएको पगरीमात्रै हो भन्ने बारेमा प्रष्ट हँुदै गएको छ । 

नेपालको हालसम्मको जातीय बनोटको आधारमा उदाहरण प्रस्तुत गर्दा मगर नेपालको एउटा जाति मानिन्छ । अनि जसरी मगरभित्र थापा, बराल, रज्जाली सिञ्जाली, सोमै, रखाल, आले, लाफा, गाहा आदि थरहरू हुन्छन्, त्यसरी नै कुलुङ भनेको पनि मगर भने जस्तै जाति हो भने मगरभित्र जसरी विभिन्न थर छन्, त्यसरी नै कुलुङभित्र पनि विभिन्न थर÷उपथर छन् । जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरू, देउराम, रूखुपो, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, वादीरी, निमरस, वार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, ङोपोचो, रोतेम्बु, कुबित्ती, हिमारलगायत ३ सय ६० वटाभन्दा बढी थरउपथरहरू रहेको छ । 

कुलुङ जातिको मूल थलो अर्थात् कुलुङ जातिका पिता पुर्खाले सुरुमा खाईखेली गरेको÷चर्चेको मूलथलो सोलुखुम्बु जिल्लाको उत्तरपूर्र्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि गाविसका विभिन्न स्थान (हाल महाकुलुङ र सोताङ गाउँपालिका) हुन् भने यी ठाउँलाई कुलुङ जातिका मानिसहरू आफ्नो मातृभाषामा ‘मा कुलु’ भनी उच्चारण गर्छन् । स्मरणीय छ, सुरुमा कुलुङ जातिको वंश अर्थात् पुर्खाहरू चारजना थिए । उनीहरूको नाम ‘खप्दुलु’, ‘राताप्खु’, ‘ताम्सी’ र ‘छेम्सी’ हो । यसरी कुलुङको चार पुर्खामध्ये ‘खप्दुलु’ले पेल्माङ÷पिल्मोमा, ‘राताप्खु’ले सत्तो÷सोत्तो (सोताङ) मा, ‘ताम्सी’ले छेस्खाममा र ‘छेम्सी’ ले छेम्सिमा बसोबास सुरु गरे । 

त्यस्तै कतिपय विदेशी लेखक तथा अन्वेषकहरू र नेपालका अन्य जातिहरूले ‘यो क्षेत्रलाई (केही समयअघिसम्म कुलुङ जातिको मात्रै एकल वस्ती रहेको) ‘महाकुलुङ’÷‘ग्रेटर कुलुङ’ भनेर चिन्दछन् । कुलुङ जातिको बाक्लो बसोवास सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक संखुवासभा, भोजपुर, सुनसरी, ईलाम, झापा, सुनसरी, मोरङ र भारतको दार्जीलिङ, सिक्किमलगायत ठाउँहरूमा छ भने नेपालको तेह्रथुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिरहा, कास्की, खोटाङ, काठमाडांै, ललितपुर, भक्तपुर, मुस्ताङ, धनुषालगायत लगभग २३÷२४ जिल्लामा छ ।

२०६८ को जनगणनाअनुसार कुलुङहरूको जनसंख्या केवल २८ हजार ६ सय १३ भए तापनि कुलुङ जातिको वास्तविक जनसंख्या कम्तीमा एक लाख ६० हजारभन्दा माथि हुन सक्ने, नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ (किरात कुलु गूसखोम), केन्द्रीय कार्यसमितिका महासचिव ईन्द्र कुलुङ बताउंँछन् । वास्तवमा राईकरणको मारमा परेका सबै किरातीहरूको तथ्यांक २०६८ को राष्ट्रिय जनगणनामा यसरी नै कम देखाइएको छ । कुलुङ जातिले आफ्नो मातृभाषालाई ‘कुलु रीङ’ भन्छन् । 

जहाँसुकै वसोवास गरेका कुलुङ भए तापनि कूलपितृ आदिमा कुलुङ जातिका मोप÷नोक्छोहरूले ‘कुलु रिङ’ मै रिदूम (अरूले मुन्धुम भन्छन्) फलाक्छन् । त्यस्तै २०५८÷०५९ (यले दोङ ५०६१) मा चन्द्रसिंह कुलुङ, टंक सोम्फोरू, प्रकाश लोवात्ती कुलुङ (यो पंक्तिकारको त्यो बेलाको लेख्ने नाम), पत्तिबहादुर सोम्फोरू, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्तिलगायतको सक्रियतामा भाषाविद्हरू अमृत योन्जन तामाङ र डा. माधव पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वर्ण र व्यञ्जन वर्ण पहिचान गरिएको थियो । त्यसअनुसार कुलुङ भाषामा २१ वटा व्यञ्जन वर्ण र १२ वटा स्वर वर्ण पहिचान गरिएको छ । कुलुङ भाषामा दीर्घ नभएकोले लिपिबद्ध गरिँदा दीर्घलाई ह«स्व मान्ने र दीर्घ जनाउँदा विसर्ग (ः) दिने वा ः चिन्ह प्रयोग गर्ने व्यवस्था गरिएको छ । 

कुलुङ जातिको अरू जातिको भन्दा भिन्न प्रकारको संस्कार–संस्कृतिहरू रहेक छ । जन्मदेखि मृत्युसम्ममा आफ्नै जातिका पुर्खाले मूख्य भूमिका खेल्छन् । जहाँसुकैका कुलुङले पनि मृत्युपछि मृत्यु संस्कार गर्दा मृतक (मृत आत्मा) को आत्मालाई महाकुलुङको पोम्लालुङ भन्ने ठाउँमा पठाउनुपर्छ । कुलुङ समुदायमा चलेको विश्वास र मान्यता अनुसार यो (पोम्लालुङ) नै कुलुङ जातिको लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ अर्थात् पोम्लालुङ पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाउँ छ । यो ठाउँलाई ‘पोम्ला काउ’ भनिन्छ । 

यो ‘पोम्ला काउ’ भन्ने ठाउँ महाकुलुङ गाउँपालिकाको वडा नम्बर—२ पेल्माङमा पर्छ । मृतात्मालाई पठाइने कुलुङहरूको स्वर्ग अर्थात् ‘पोम्लालुङ’ तत्कालीन गुदेल गाविसको निम्चोलामा पर्छ । जुन स्थललाई कुलुङ जातिले पवित्र स्थल मान्ने गर्छन् । विवाहमा चेली पक्षकाले ज्वाइँ पक्षलाई सुक्तुलू (चुल्हा) मा दी (जाँड) र हाङ्मुवा (रक्सी) चढाउँदै वागदत्ता दिएर सम्पूर्ण रूपमा सुम्पने गरिन्छ । सामान्यतया कुलुङहरू दुई पटक विवाह गर्दछन् । पहिलो बिहेसम्म चेलीको मृत्यु भइहालेमा माइतीले नै काजक्रिया गर्नुपर्छ । दोस्रो विवाह छिन्ती विवाह हो जसलाई ‘दाप्लो कुइम’ भनिन्छ । 

त्यस्तै कुलुङ जातिको आफ्नै जातीय पहिरन र गरगहनाहरू छन् भने आफ्नै मौलिक बाजागाजा छ । कुलुङ जातिमा जन्म संस्कार गर्दा बाल÷बालिका जन्मेपछि जन्म दिने आमा (सुत्केरी) आफैंले नाइटो काट्ने, भांग्रे सिस्नोको धागोले बाँध्ने, बच्चालाई भांग्राकै कपडाले बेरेर राख्ने, स्थान र समयानुसार ५÷७ दिनमा कटुस, उत्तिसको काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धुलोले बच्चा र सुत्केरीलाई नुहाई दिने गरिन्छ । र, यसरी नुहाएपछि चोखो भएको मानिन्छ । 

मृत्यु संस्कारमा भने अकालमा मरेकाहरूलाई खाडल खनेर, घरभन्दा टाढा जंगल, ओढार आदिमा काँडा बिच्छ्याएर, लासलाई नाँगै घोप्टो पारेर राखिन्छ र, फेरि लासमाथि काँडा, सिस्नो आदिले छोपेर पुरिन्छ । यस्तो मृत्युलाई कुलुङहरू ‘हल्सी’ भन्छन् । स्वाभाविक रूपमा मृत्यु भएकाहरूलाई भने घु¥यान वा घर नजिकैको बारीमा गाडिन्छ । 

असलियतमा कुलुङ जातिमा मृत्युपछि मरेर जानेको नाममा सेतो लुगा लगाउने, नुन बार्ने, कांसा–तामा, मासु–मंस बार्ने गर्दैनन् । अझ, मूलथलोका कुलुङहरू मान्छे मरेकै दिन घरमा जे छ, त्यसैले चोखिन्छन् । तर, मूलथलो छाडेका कुलुङहरू भने अन्य जातजातिको देखासिकी र त्यसो नगर्दा बहिष्कृत हुनुपर्ने र हेलोहोचो हुनुपर्ने डरले नुन नबारे पनि ३–४ दिन बार्ने, कपाल काट्ने, बर्खी गर्ने, राँगा, सुगुर मार्ने (स्मरण रहोस्, कुलुङ जातिमा मृतकलाई चढाउंँदा÷बिदा दिँदा सिङ भएको जनावर चल्दैन ।) कुलुङ जातिको चाडपर्वहरूमध्ये चाक्चाकुर, तोस, देदाम, नागी, मोबो वा साप्लोपा, साइपोम÷साइपोको आदि प्रमुख हुन् भने साह्रै अनिकाल प-यो, दुःख, बिमार भयो भनेमात्रै ‘देदाम’ गर्ने प्रचलन छ । 

तर, यो साह्रै खर्चिलो हुन्छ । जोडी सुंँगुर, असंख्य कुखुरा, दी र हाङ्मुवा (जाँड रक्सी) आदि इत्यादि चाहिन्छ भने उक्त कार्य गर्दा नोक्छोले सुँगुरलाई ढाडमा तरवारले हानेर मार्नुपर्छ । त्यसरी सुँगुर मार्दा नोक्छोले एकपटकमा जति गहिरो काट्न सक्छ त्योभन्दा माथिको भाग नोक्छोले आफ्नो घरमा लाने प्रचलन छ । तोस पूजा गर्नका लागि ‘योंङ्कुलु’ भनी अर्थात् पवित्र ढुंगा राखिन्छ । त्यस्तै नागी गर्दा ‘दि छारी’मा लिप् (घेम्पा) पिँधमा प्वाल पारेर राखिएको हुन्छ जुन ‘दि’ ले सुक्तुलू (चुल्हो) पुजिन्छ । यो पूजा ठाउँअनुसार फापर, जौ र कोदोको जाँडले गरिन्छ । 

माथि सुरुमै उल्लेख गरिएको स्वर्गीय डा. हर्क गुरुङले उदृत गरेभैmँ ‘कुलुङले कुलो खनेको, थुलुङले थुनेको, सोताङले सोधेको र खालिङले खोलेको छ, छैन ? भनी हेर्दा अरूले के गरे ? भन्न सकिन्न ! तर, स्वर्गीय डा. हर्क गुरुङले उल्लेख गरेभैंm कुलुङ समदायका अगवाहरूले जातीय स्वपहिचानको सवालमा विसं २०५७÷०५८ देखि कुलो खन्दै आएको अर्थात् जन वकालत गर्दै आएको छ । 

त्यस्तै सूचीकरणका लागि विभिन्न राजनीतिक दल र तिनका प्रमुख नेताहरूसँग भेटेर उनीहरूलाई जाति सूचीबारे बुझाउने र, पहिले ्््््््््््््(२०५४ र २०५९ मा) जानअन्जानमा राईकरणमा परेका कुलुङलगायत अन्य किरातीहरूलाई पनि आदिवासी जनजाति सूचीमा सूचीकृत गर्न लबिङ गर्दै आएको छ । यसरी हेर्दा कुलुङले खनेको कुलोले सिञ्चित गरेकै कारणले विसं २०६८ को ११औं जनगणनामा कुलुङबाहेक अरू ११ वटा किराती जातिहरू पनि अलग्गै जातिका रूपमा आउन सफल भएका छन् ।


Views: 143