8th March | 2021 | Monday | 9:38:16 AM

कांग्रेसले अदालतको निर्णय पर्खनुपर्छ

सुरेश भट्ट   POSTED ON : माघ १४, २०७७ (८:५० AM)

कांग्रेसले अदालतको निर्णय पर्खनुपर्छ

कुनै पनि दल र तिनका नेता महाशयहरूले प्रतिगमनको नारा नलगाए हुन्छ किनभने प्रतिगमनको नमुना यी विरोधका कार्यक्रमका लागि पञ्चायती शैलीमा पञ्चहरूलेझैँ मान्छे बटुल्ने ल्याउने, लाने, पु¥याउने गरेर के विरोधी जनमानस देखाउने ? प्रतिगमन हो र ? संसदीय परिपाटीमा प्रधानमन्त्रीले मध्यावधि ग-यो भने ? संसदीय पद्धतिको नम्र्स कहिले बदलियो ? नयाँ नम्र्स खोई कस्तो आएको छ ? अनि गलत नै हो भने स्वस्फुर्त जनमानस उर्लेको खोई ? नागरिक समाजको ऐक्यबद्धता खोई ? अधिकारकर्मी जनअधिकार, नागरिक अधिकार हनन् भयो मानव अधिकार उलंघन भयो भनेर खोई कसले भन्यो ?

ओली हाम्रो आदर्शभन्दा फरकका भए पनि केहीअघि ठीक नेता लाग्थ्यो । त्यसैले हाम्रा कार्यक्रममा उनैलाई निम्ता गर्न जाने म पनि हुँ । झापाको कार्यक्रम सारेर हाम्रो कार्यक्रम मन पर्छ आउँछु भनेर दुई चोटि सारेर पनि आए । तर, अहिले आफ्नो पद प्रतिष्ठा बचाउ विकल्प हुँदाहुँदै जे गरे गलत गरे, पद्धतिले दिए नि ओलीजीले प्रक्रिया मिचेर संविधानको आशय अधिकार प्रयोग गर्नुलाई किमार्थ सही मान्न सकिन्न । तर, गई त हाले निर्णय दिने, सही गरे गलत गरे त्यो हेर्ने छुट्याउने ठाउँ अदालत नै हो । अदालतबाट निर्णय नआउन्जेल लोकतन्त्रको प्रयाय नेपाली कांग्रेसलाई कुचोले बढार्नुपर्ने आँधीले बढार्दा डबल नेकपासँगै चिच्याहट गरेर हिँड्नु किमार्थ ठीक होइन । यो साँच्चिकै सुनौलो अवसर हो । कांग्रेसका लागि संगठन सुदृढ गरी स्वस्थ प्रतिस्पर्धामा चुनावमा जानको लागि सुअवसर हो । यस्तो मौका सितिमिति मिल्दैन सधैँ एमाले र नेकपा फुटेर कांग्रेसलाई अवसर आउँदैन । आएको छोड्न पटक्कै हँुदैन तर कांग्रेस किन बहकाउमा लागेर पुनःस्थापना भन्छ ? वा यही अर्धमृत संसदको निरन्तरता खोज्छ ? के निरन्तरता हुँदा कांग्रेस बहुमतमा हुन्छ भन्ने सोच हो ? 

‘अहिले बर्खा आमा मरिहाल्छिन्, म पोइल गइहाल्छु, खेती किन लाउने’ भनेर बस्दा बर्खामा आमा पनि मरिन, आमा नमरी ऊ पोइल जान पनि पाइन, घरमा खाने कुरा पनि भएन रामताली गाए मुसा पनि रुवाए, चुलो यसै बलेन पकाउने केही छैन । भँुडी खाली भयो, मुखले आहारा खोज्यो अनि खोज्ने बित्तिकै कहाँ पो मिल्थ्यो ? भोक भोकै पर्ने दिन आयो ।

तसर्थ संगठन पनि तत्कालै खोजेर बनाउँछु भनेर बन्दैन, नेकपा फुट्छ, हाम्रो ठूलो बन्छ भनेर बस्नु गलत हो । अर्कोतर्फ कांग्रेसभित्रको मनोमालिन्यले कांग्रेसको घर चिरिएको हेक्का छ कि छैन ? त्यही देखेर खेल्नलाई एकातिर राष्ट्रपति, अर्कातिर भावी प्रधानमन्त्रीको ललिपपमा फस्नु सिंगै कांग्रेस सिध्याउनु हो । इतिहासको गर्तमा रामचन्द्र र शेरबहादुरले विश्वमा चिनिएको कांग्रेस समाप्त नबनाउन आफू आफूमै कालो नपोतुन् । किनभने आफूले अर्कालाई दोष दिँदा आफूले दोषी बन्ने काम गरिएको छ कि छैन एकिन गर्नै पर्छ । 

२०५६ सालमा नारालेमात्र होइन, एमालेको १०१ अपराध जनमानसमा पु¥याउने बाहक हामी पनि हौं । जनताले एमालेका चिल्ला कुरामात्र होइन मुलुकप्रति गरेको अरुण जस्ता धेरै घातक कार्यको पनि जानकारी पायो, वामदेवमा पार्टी फुटाउने भूत चढ्यो त्यही भूतले कांग्रेसलाई अवसर मिल्यो । यहाँ भन्न खोजिएको के हो भने यो झण्डै तीन वर्षको अवधिमा जे जति डबल नेकपाबाट मुलुक र जनताका हितविपरीत कानुनी राज र संविधानवादको खिलाप काम भए ती सबैको एक एक जानकारी जनता समक्ष कांग्रेसले लिएर जानुपर्छ । 

जनताका घरदैलामा लोकतन्त्रमा पसेर, गणतन्त्रको नारा दिएर, संघीयताको खोल ओडेर जे जति जनविरोधी राष्ट्रविरोधी झुटमुटका काम भए त्यसको फेहरिस्त कांग्रेसमार्फत दुई तिहाइ जनताको नासो नाश गर्ने डबल नेकपाको चर्तिकला, नौटंकी, नाटक र गालीगलौजको यथार्थ जनता जान्न चाहन्छन् । त्यो पु-याउने दायित्व एकमात्र कांग्रेसको हो । 

यही चुनावी मसलाले फेरि बरु कांग्रेस नै ठीक भनेर जनता कांग्रेसलाई मत दिन र जिताउनतर्फ लाग्नेछन् । यो जनभावनाको कांग्रेसले बेलैमा हेक्का राखेर गम्भीरतापूर्वक आफ्नो मार्ग प्रशस्त गरोस् । प्रचण्ड वा ओलीको लोली बोलीमा न लोभियोस् । व्यक्तिले संस्था सौदावाजी गर्नबाट जोगिन नेपाली कांग्रेसको आफ्नै पनको विरोधको शैली अपनाई जनमतको थैली दह्रो बनाउन सशक्त रूपमा लागोस् । फेरि यो मुलुकमा कांग्रेसको एक्लो शक्ति प्रदर्शन होस् भन्ने तमाम निःस्वार्थी बुद्धिजीवीहरूको धारणा भएको बुझिन्छ ।

यति भन्दै गर्दा दुईवटा कुरा सम्मुख छन् त्यो भन्नै पर्छ । किनभने छनक देखिएको छ, केही पटाक्षेप भाएको छ । पहिलो कुरा न्यायालयबाट निर्णय आउँदै गर्दा सडक नेकपा आफ्नो पक्षमा निर्णय आएन भने अर्थात् पुनःस्थापना भएन भने शाकाहारी आन्दोलनलाई मांसाहारीमा परिणत गर्ने तयारीमा रहिदिन कांग्रेसलाई अहिलेदेखि नै ललीपप देखाइरहेको छ । के कांग्रेस त्यस्तै भूमिकामा रहन मनासिव होला ? आदरणीय रामचन्द्र दाइ प्रितिनिधिसभा भंगलाई प्रतिगमन भन्दै हारमिलाउन जानु हुँदैन । कांग्रेस २०४६ सालबाटै बीपीको बाटो छोडेर कम्युनिष्टको कन्याइमा जानाले दिन दिन स्खलित हुँदै आयो । 

चरम सीमामा समयले यसको दोष गिरिजा बाबुको थाप्लोमा बज्रिन आयो कारण कम्युनिष्ट नै थिए कारक हिंसा नै थियो । तर, इतिहासमा बीपीबाहेक कसैले बुझेन कम्युनिष्टसँग मिल्यो कि निल्यो हुन्छ भन्ने कुरा ।

दोस्रो कुरा यदि सत्ताको नेकपाको पक्षमा निर्णय नआउने भयो आएन भने ओली यसै सत्ता छाड्ने मनस्थितिमा नभएको सार्वजनिक नै गरिरहेका छन् जसरी ‘मैले जबर्जस्ती छोड्नु प-यो भने कुर्सी भाँचेरमात्र छोड्छु’ भन्थे प्रतिनिधिसभा भंग गरेर सबैका कुर्सी भाँचेर सडकमा पु¥याइदिए । 

अहिले पुनःस्थापना संविधानमै छैन भनिरहँदा के बुझ्नुपर्छ भने निर्णय आउनुपूर्व नै संकटकाल लाएर दोस्रा ज्ञानेन्द्रीय अभ्यास सुरु हुनेछ । तब सक्ने नसक्ने हुने नहुने सबै काम गर्दैनन् भन्न सकिन्न । यदि त्यस्तो अवस्था आयो भने ताली पिट्ने धेरै नै हुने लक्षण देखिँदैछ । त्यो अवस्था गोरखाली राजाले न्याय दियो, प्रतिगमन सच्चियो भनेझैँ गरेर जान मिल्ला ?

त्यसैका लागि आदरणीय शेरबहादुर दाइ ओलीले ललीपप देखाएका छन् भावी प्रधानमन्त्री तपाइँ भनेर संसद भंगदेखि नै भनिन्छ सबैतिर । यदि त्यसो हो भने कांग्रेस खोज्न कहाँ जाने ? के कांग्रेसको अस्तित्व रहन्छ ? व्यक्तिका लागि संस्था सौदाबजी गर्ने काम आफैंमा हरियो डालो देखेर कसाहीको अचानोमा जानुभयोे भने नेपाली कांग्रेसको विसर्जन गर्नु हो । त्यसैले यस्ता हर्कत नेपाली कांग्रेसबाट नहोस् भन्ने आमलोकतन्त्रवादी बुद्धिजीवीको राय छ ।

यस्तो संकटमा कांग्रेसले मध्यममार्गी बाटो अवलम्बन गर्नुको विकल्प छैन । जहाँ कांग्रेसको लोकतान्त्रिक आदर्शको मार्ग छर्लंग हुनेछ । किनकि यतिखेर अदालतको निर्णय मान्नुपर्छ भन्ने सडकमा कांग्रेसमात्र छ । संवैधानिक संकट सिर्जना गर्ने र राजनीतिक दलीय शून्यतामा खेल्ने हो कि भन्ने लक्षण जताततै देखापरेको छ । 

यस्तो परिस्थितिमा कांग्रेसले कतैपट्टि पनि नलागी अदालतको निर्णय पर्खने र त्यसपछि चुनावी माहोल बने चुनावमा जाने÷नबने राष्ट्रिय मेलमिलापको खाँचो हेरी समन्वयकारी भूमिका खेल्ने न कोही काखा न कोही पाखा, पछि कसैको नलाग्ने राष्ट्रियताको मामिलामा खरो र दरो भएर उभिने मुलुकमा कम्युनिष्ट सत्ताबाट भएका सारा मुलुक र जनताविरोधी कामको भण्डाफोर गरी जनतामाझ जाने र सुसूचित गर्ने । अहिले यतिखेर पर्ख र हेरमै कांग्रेसको भविष्य छ, अन्यथा फेरि पनि भ्यागुते चोट पाउन सक्छ ।


Views: 58