17th April | 2021 | Saturday | 3:06:19 AM

कांग्रेस पार्टीमा सैद्धान्तिक विचलन

डा. राजकुमार राई   POSTED ON : माघ १८, २०७७ (९:०९ AM)

कांग्रेस पार्टीमा सैद्धान्तिक विचलन

राणाहरूको हुकुमी शासनको अन्त्य गरी जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले शासन गर्ने व्यवस्था अर्थात् प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले महामानव बीपी कोइरालाको अगुवाइमा जन्मेको नेपाली कांग्रेस पार्टीको इतिहास ज्यादै गौरवशाली छ । बीपी कोइरालासँगै अन्य संस्थापक नेताहरू र सहिदहरूका त्याग र बलिदानीको कागजको पानामा लेखेर र वर्णन गरेर साध्य छैन । विसं २००७ सालमा राजनीतिक क्रान्ति सफल भएर प्रजातन्त्र स्थापना भएपछि नागरिक स्वतन्त्रता, पार्टी खोल्न पाउने व्यवस्था, संसदीय शासन प्रणाली, संवैधानिक राजतन्त्र र स्वतन्त्र न्यायालयजस्ता उपलब्धिहरू भए । 

नेपाली कांग्रेसले २००७ सालको राजनीतिक क्रान्तिको सफलता सँगसँगै सामाजिक र आर्थिक क्रान्ति पनि गरेको छ । यो पार्टीले २०१२ सालमा वीरगञ्जमा सम्पन्न छैटौं महाधिवेशनमा समाजवादी नीति र कार्यक्रमलाई विधिवत अंगीकार ग¥यो । सोही नीतिअनुसार २०१५ सालको पहिलो आमनिर्वाचनमा नेपाली का्रग्रेसले बहुमत ल्याएर सरकार बनाएपछि बिर्ता उन्मूलन, राज्य र रजौटा उन्मूलन, वनको राष्ट्रियकरण, सहकारी अभियानको थालनीजस्ता क्रान्तिकारी कदमहरूको कार्यान्वयन ग¥यो । त्यस्तै नेपाली कांग्रेसको सरकारले छोटो समयमा अन्य धेरै महŒवपूर्ण कार्यहरूको थालनी गरेको थियो । 

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले बीपी कोइरालाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई अपदस्त गरी दलीय व्यवस्थालाई प्रतिबन्ध गरेपछि नेपाली कांग्रेसले फेरि प्रजातन्त्र पुनःस्थापनाका लागि ३० वर्षसम्म संघर्ष गर्नु प¥यो । यस बेलासम्म पार्टीले देश र जनताका पक्षमा आदर्श र सिद्धान्त बोकेर अघि बढेको थियो । सबै नेता तथा कार्यकर्ता त्याग र बलिदानीको भावनाले ओतप्रोत हुन्थे । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४८ सालमा दोस्रो आमनिर्वाचन भयो । त्यसबेलाको लोकप्रियताले गर्दा नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा सजिलैसित बहुमत प्राप्त ग¥यो र नेपाली कांग्रेसले एकमना सरकार बनायो । 

विडम्बनाका साथ भन्न सकिन्छ कि यही समयबाट नेपाली कांग्रेसले आफ्नो आदर्श र सिद्धान्तलाई बिर्सन सुरु ग¥यो । सरकारमा गएकाहरूले पार्टीको नीति लागू गर्नेभन्दा व्यक्तिगत नीति लागू गर्ने चलन हावी हुन थाल्यो । पार्टीको महाधिवेशन तथा केन्द्रीय कार्यसमितिमा देशको विकास र जनताका मुद्दाहरूका बारेमा विस्तृत छलफल गरेर पार्टीको ठोस नीति बनाएर त्यो नीति सरकारमा जाँदा लागू गर्नुपर्नेमा त्यसो हुन सकेन । सरकारमा गएका मन्त्रीहरू आफ्नै व्यक्तिगत ढंगले चल्ने परिपाटीको विकास गरियो । 

उदाहरणका लागि सरकारमा गएको बेलामा पार्टीको अर्थ नीति आउनु पथ्र्यो । कांग्रेसले बीपीको समाजवादलाई बिर्सियो । व्यक्तिको अर्थ नीतिअनुसार सरकार अन्धाधुन्द निजीकरणको घोडा चढेर दौडियो । जसले गर्दा गरिब निमुखा जनतालाई मुलुकमा गरिखान गाह्रो भयो र रोजगारीको लागि विदेशिनु प¥यो । त्यसपछि मुलुकले खाद्यान्नलगायत सबै कुरामा परनिर्भर हुनुपरेको छ । 

नेतृत्वमा पुग्नेहरू जनतामुखि हुनेभन्दा बढी सत्तामुखी र सिद्धान्तवादीभन्दा बढी व्यवहारवादी भए । पार्टी सिद्धान्तको पर्वाह नगरी जोसित मिल्दा व्यक्तिगत फाइदा हुन्छ, ऊसित सम्झौता गर्ने परिपाटी बस्यो । पार्टीलाई सिद्धान्तले चलाउनुभन्दा व्यक्तिवादी स्वार्थले चलाउन थालियो । पार्टी नेतृत्वहरूको ध्यान सत्ता र शक्तिमा मात्र केन्द्रित हुन थाल्यो । 

२०४८–२०५१ को समयलाई नेपाली कांग्रेसको टर्निंग पोइन्टको रूपमा लिन सकिन्छ । त्यसबेलासम्म भुटेको मकै र भटमास खाएर संगठन वा निर्वाचनताका खट्ने कार्यकर्ताहरू हुन्थे । अहिले त्यो हुँदैन किनकि त्योबेला त्याग र निष्ठाको राजनीति हुन्थ्यो । त्यसपछि विस्तारै राजनीति गर्ने भनेको ठूलो मान्छे बन्ने, सकेसम्म धेरै धनसम्पत्ति आर्जन गर्ने र सुखसयलमा मोज गर्ने भन्ने बुझ्न थालियो । त्यसैले २०४८–२०५१ सालपछिको समयलाई नेपाली कांग्रेसको स्वर्ण युगबाट द्रब्य युगमा परिणत भएको मान्न सकिन्छ । 

यही समयबाट निर्वाचनताका पार्टीभित्र घातअन्तर्घातको शृंखला सुरु भयो । २०५० सालको उपनिर्वाचनमा होस् या २०५१ को मध्यावधि निर्वाचनमा पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराईका विरुद्ध खुलम खुला अन्तर्घात गरियो र पार्टीमा अन्तर्घातको संस्कार सुरु भयो । अहिले त्यो संस्कार सबै जिल्लामा व्याप्त छ । यसमा टिकट वितरण प्रक्रियामा गरिने अपारदर्शी र विभेदपूर्ण कार्यलाई पनि दोषारोपण गरिन्छ । 

कांग्रेस अहिले एक ढिक्का नभएर छरिएको शक्ति भएको छ । छरिएको शक्तिले केही परिणाम दिन सक्दैन । नेता तथा कार्यकर्ताबीच एकापसमा भावनात्मक एकताको मोह भंग भएको पाइन्छ । सबैजना कुण्ठै कुण्ठाले भरिएर बाँचिरहेका छन् कि जस्तो देखिन्छन् । पार्टीको मूल्य–मान्यता, संस्थापक नेताहरूको त्याग र बलिदानीको उच्च मूल्यांकन र वर्तमान नेतृत्वहरूको क्रियाकलापले पार्टीभित्र भावनात्मक एकता ल्याउने हो । तर पार्टीले आफ्नो आदर्श र सिद्धान्त तथा संस्थापकहरूलगायत हजारौं शहीदहरूको बलिदानी बिर्सिसकेको अवस्था छ । 

व्यक्ति विशेषहरूबीच एकता छ । तर त्यो एकता स्वार्थसँग जोडिएकाले दिगो हुँदैन । रूख चिहृन भनेको नेपाली कांग्रेसको मूल्य–मान्यताभित्र पर्छ । रूख चिहृनले सबै कांग्रेसीलाई जोड्नुपर्ने हो, तर यसले बेलाबखत जोड्न सकेको छैन । कांग्रेसप्रति आस्था राख्नेहरू प्रसस्त छन् । नेपाली कांग्रेसले आयोजना गरेको सभा समारोहमा आजभोलि पार्टी प्रवेश गर्नेहरूको लर्को लामै हुन्छ । तर तिनलाई कांग्रेसले आशा र भरोसा दिनुपर्ने हुन्छ । 

गत पौष ५ गते प्रधानमन्त्री केपी ओलीले संसद भंग गरिदिएपछि नेपाली कांग्रेसभित्र पनि एक किसिमको खैलाबैला मच्चिरहेको छ । नेकपामा दुई धार भएजसरी नेपाली कांग्रेसभित्र दुई धार देखिन्छ । एउटा धार केपी ओलीतिर नजिक भएकोजस्तो र अर्को धार प्रचण्ड–माधवतिर नजिक भएकोजस्तो देखिन्छ । वास्तवमा भन्ने हो नेपाली कांग्रेस दुई धार भएर बाँडिनुभन्दा विधानले दिएको समय सीमाभित्र गर्न नसकिरहेको चौधौं महाधिवेशन कसरी छिटो गर्न सकिन्छ भनेर लाग्नुपर्नेमा ‘काम कुरो एकातिर कुम्लो बोकी थिमीतिर’ भन्ने उखानलाई चरितार्थ गर्नेतिर लागिरहेको देख्दा कार्यकर्ताहरूमा नैरश्यता छाएको पाइन्छ । 

पार्टीका भ्रातृ संघहरू तदर्थवादमा चलेको धेरै भयो । पार्टीले फेरि भर्खरै नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनाका लागि थप गरेको छ । भ्रातृ संघहरूलाई यसरी ६÷६ महिने सञ्जीवनी बुटी झुण्ड्याइ दिएर कहिलेसम्म अर्ध जीवित बनाएर राख्ने हो ? यो एउटा अहम् प्रश्न छ । विधानअनुसार ठीक समयमा अधिवेशनहरू हुने हो भने पार्टी तथा भ्रातृ संघहरू चुस्त दुरुस्त हुन्छन् र नेतृत्वका लागि जाम हुँदैन । नयाँ नेतृत्वहरूको विकास हुँदै जान्छ । 

राजनीति गर्ने भनेको त्याग गरेर सम्मान पाउने खेती हो । तर अहिले किनेर पाइने वस्तुजस्तो भएको छ । बीपीको समाजवाद नेपाली कांग्रेसले पोलेर खाइस्क्यो भन्ने धेरैको आरोप छ । पटकपटक पदमा बसेर स्वाद पाएकाहरूको बोलवाला भएको भन्ने आरोप छ । पार्टीमा आन्तरिक लोकतन्त्र ज्यादै कमजोर अवस्थामा छ । राष्ट्रियतासम्बन्धी पार्टीको स्पष्ट धारणा बनाउनुपर्ने देखिन्छ । 

पार्टीले गर्ने क्रियाकलापमा आफ्ना आदर्श र सिद्धान्तलाई वास्ता नगर्नाले कांग्रेस पार्टी कमजोर भएको आभाष हुन्छ । नेपाली कांग्रेसले आफ्नो एजेण्डा छोडेर अहिले कम्युनिष्टहरूको एजेण्डामा घुम्नु परेको अवस्था छ । कुनै समय नेपाली कांग्रेसको साधारण कार्यकर्ता भन्न पाउँदा गर्वले छाती ढक्क फुलेर आउथ्यो । किनकि यो पार्टीका आदर्शवान संस्थापक नेतृत्व, यसका आदर्श र शिद्धान्त, लोकतन्त्र प्राप्तिका लागि यसले गरेको क्रान्ति ज्यादै गौरवशाली थिए । अहिलेका नेतृत्वमा त्यस्ता किसिमका आचरण विचरण पाउन मुश्किल परिरहेको छ । पार्टीलाई जनताका भरसिलो पार्टी बनाउन कार्यकर्ताहरूले फेरि एकपटक पार्टीभित्रै संघर्ष गर्नुपर्ने बेला आएको छ । 


Views: 1082