17th April | 2021 | Saturday | 1:11:54 AM

धुवाँरहित उद्योगको बेहाल अवस्थामा

निनाम कुलुङ ‘मंगले’   POSTED ON : माघ १८, २०७७ (९:२१ AM)

धुवाँरहित उद्योगको बेहाल अवस्थामा

विगत लामो समयदेखि विश्वभरि समग्र पर्यटन उद्योगलाई ‘धुवाँरहित उद्योग’ को मान्यता छ । सामान्यतया पर्यटन उद्योग भन्नाले होटल, मोटेल स्मरणीय छ, नेपालमा हालसम्म मोटेल नभएको जस्तो लाग्छ, यो पंक्तिकारलाई, त्यस्तै कटेज, रिसोर्ट, गेष्ट हाउस, लज, होम स्टेका साथै पदयात्रा अर्थात् टे«किङ, पर्वतारोहण अर्थात् माउण्टेनियरिङ, जलयात्रा अर्थात् ¥याप्mटिङ, बरफ आरोहण अर्थात् आइस क्लाइम्बिङ, निकुञ्ज विचरण, बन्जी जम्पिङ, स्की खेल, चरा अवलोकन, फिसिङ, सिकार पर्यटन, हट एयर बेलुनिङ, जिप प्mलाइएर, चट्टान आरोहण अर्थात् रक क्लाइम्बिङ, कायाकिङ, साइक्लिङ, जंगल सफारी, मोटर ड्राइभिङ, बाइकिङ, हाइकिङ, स्काई डाइभ, माउन्टेन प्mलाइट, सांस्कृतिक भ्रमण अर्थात् कल्चरल टुर, औषधोपचार अर्थात् मेडिकल टुर, ध्यान पर्यटन अर्थात् योगा टुर, गाउँ अवलोकन भ्रमण, यस्तो भ्रमण कुनै जाति विशेषको बसोबास भएको ठाउँमा गरिन्छ, जसलाई अंग्रेजीमा ‘भिलेज टुर’ भनिन्छ, त्यस्तै प्राचीन शहर अवलोकन भ्रमण, सम्पदा अवलोकन भ्रमण अर्थात् हेरिटेज टुर आदिलाई बुझिन्छ । 

तर, हाल पर्यटनको मेरुदण्डको रूपमा रहेको होटल, मोटेल नेपाल मोटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होम स्टे आदि भने डावाँडोल स्थितिमा छ । किनभने, नोभेल कोरोना भाइरस (कोभिड–१९) का कारणले गर्दा नेपालमा मात्रै नभएर विश्वभरि नै बिदा मनाउन निक्लने पर्यटकहरूको संख्या घट्यो । फलतः विश्वभरिकै होटल, मोटेल, कटेज, रिसोर्ट, गेष्ट हाउस, लज, होम स्टे आदिको लगानी धरमरमा परेको अवस्था छ । यसवर्ष त नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या गतवर्षभन्दा लगभग ८१ प्रतिशतले घटेको छ । 

कुनै मान्छेका लागि आप्mनो देश छाडेर दोस्रो देश जाने बित्तिकै वा आप्mनो घर छाडेर अन्यत्र जाने बित्तिकै सबैभन्दा पहिले बस्ने व्यवस्था हुनु जरुरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने के पिउने ? भन्ने चिन्ता गर्छ । अथवा कुनै मान्छेले आप्mनै देशमा आप्mनो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जाने बित्तिकै उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यक पर्छ । जसले एक रात आप्mनो घर वा देश छाडेर बाहिर बिताउँछ, उसलाई मात्रै पर्यटक मान्ने भन्ने संयुक्त राष्ट्र संघसँग आबद्ध ‘विश्व पर्यटन संगठन (युएन–डब्लुटिओ)’ को मान्यता वा परिभाषा छ । 

यसरी हेर्दा भारतीय सीमा क्षेत्रको होटल वा लजमा बसेर दिउँसो एकैछिन नेपाल घुमेर बास बस्न भारततिरै जाने विदेशी पर्यटकलाई पर्यटक मान्ने कि नमान्ने ? भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न एक छिन नेपाल आउने र सोही दिन भारततिरै फर्किने विदेशी पर्यटकलाई पर्यटक मानेर पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? यस बारेमा सोच्नुपर्ने हुन्छ । 

कोभिड–१९ को महामारीअघि नेपालको पर्यटन क्षेत्रमा उन्नति भइरहेको थियो । किनकि दुई वर्षअघि नेपालको होटल उद्योगमा लगभग ११ खर्ब लगानी भइसकेको थियो । त्यो आधारमा हेर्दा हाल १५÷१६ खर्बभन्दा बढी नै नेपालको होटल उद्योगमा लगानी भइसकेको हुनुपर्छ । कैलाली जिल्लाको धनगढीलगायत विभिन्न स्थानमा मात्रै होटल उद्योगमा ८ अर्बभन्दा बढी लगानी भएको भनी १६ महिनाअघि एक समाचार आएको थियो । 

उता सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले मुस्ताङ जिल्लामा रहेको हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको भ्रमण गरेका थिए । यसरी उनले यो भ्रमण गरेपछि मुक्तिनाथको भ्रमण गर्न आउने भारतीय पर्यटकको घुइँचो सोचेभन्दा बढी नै लाग्न थालेको छ । यसरी भारतीयलगायत अन्य देशका पर्यटकहको चाप बढ्न थालेपछि हाल मुुस्ताङ जिल्लाको मुक्तिनाथलगायत माथिल्लो मुस्ताङ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम बढ्दो कममा छ । 

त्यसो त विसं २०७६ साउनको अन्त्यतिर रातोपाटी अनलाइन पोर्टलमा छापिएको समाचारमा उल्लेख भएको एक तथ्यांकअनुसार सन् २०१५ मा मुक्तिनाथ क्षेत्र वरिपरि १५ वटा पर्यटकस्तरीय होटल थिए भने हाल त्यहाँ पर्यटकस्तरीय होटलको संख्या २२÷२३ वटा पुगेको छ । 

सन् १९९३÷९४ तिर यो पंक्तिकार टे«किङ भरियाको रूपमा पहिलोपटक थोराङपास जाँदा मुक्तिनाथ क्षेत्रमा दुईवटामात्रै होटल देखेको थियो । त्यसो त त्यो बेला थोराङपास ट्रेकङ रुटमा मात्रै नभएर नेपालका प्रायः सबै ट्रेकिङ रुटहरूमा त्यो बेला होटल वा लज थिएनन् । त्यसरी होटल वा लज उपलब्ध नभएकैले प्रायः क्याम्पिङ ट्रेक गर्ने प्रचलन रहेको थियो । त्यो बेला मुक्तिनाथ दर्शन गर्न आउने धेरैजसो भारतीय र नेपाली हिन्दू तीर्थयात्रीहरू पाटी, पौवा वा धर्मशालामा बास बस्थे भने, युरोप, अमेरिकालगायत विकशित देशका पदयात्रीहरू क्याम्पिङ (पाल टाँगेर) गरेर बस्थे । 

यसरी हेर्दा गतवर्षको तथ्यांकनुसारमात्रै नेपालका होटलहरूले वार्षिक २५ लाख विदेशी पर्यटकहरू धान्न सक्ने बेड क्षमता छ । यसबीचको एक वर्षमा केही नभए तापनि १०÷१२ हजार बेड क्षमता बढेको हुनसक्छ । यसरी हाम्रो देश नेपालमा होटल क्षेत्रले अपेक्षा गरेभन्दा छिटोछिटो गति लिएको मान्न सकिन्छ । तर, त्यहीअनुसार विदेशी पर्यटकहरू नेपाल भ्रमणमा आएनन् भने, होटल क्षेत्रमा लगानी गरेका लगानीकर्ताले नाफा कमाउने त कता हो कता सञ्चालन खर्चसमेत उठाउन कठिन पर्ने देखिन्छ ।

उनीहरूमध्ये धेरैले आप्mनै पकेटको पैसाभन्दा बैंक तथा वित्त कम्पनीसँग ऋण लिएर लगानी गरेका छन् । त्यसमाथि सहर वा बजार क्षेत्रमा खुलेका ‘होष्टेल’ र ‘होम स्टे’ हरू ठूला तारे होटलका लागि प्रतिस्पर्धी रहेको देखिन्छ । यसरी हेर्दा काठमाडौंलगायत सुविधा सम्पन्न क्षेत्रमै ‘होष्टेल’ र ‘होम स्टे’ हरू चलाउन दिनु हुँदैन भन्ने ठूला तारे होटलका सञ्चालकले राखेको मागलाई सम्बोधन गर्ने हो कि ? 

नेपालमा हाल १५ वटा पाँचतारे होटल सञ्चालनमा आएका छन् । त्यस्तै चारतारे होटल १३ वटा र तीनतारे होटल ३३ वटा रहेका छन् । यसैगरी दुईतारे होटल ४३ वटा र एकतारे होटल ३५ वटा छन् भने पर्यटकस्तरीय होटलको संख्या ५ सय २७ वटा छ । हाल होम स्टेमात्रै ५ सय ५७ वटा छन् । यसबाहेक होष्टल पनि सञ्चालनमा छन् । जुन अवैद्ध रूपमा चलेका छन् भन्ने भनाइ होटल व्यवसायीको छ । 

जे होस्, होटल सञ्चालकहरूको संस्था (हान) ले दिएको जानकारीअनुसार अरू तीन÷चारवटा ठूला तारे होटलहरू बन्दैछन् । यसरी पाँचतारे होटल बढ्ने क्रममा छन् भने, एकताका दक्षिण एसियाकै उत्कृष्ट होटल भनी चर्चामा आएको पूmलबारी रिसोर्ट हालसम्म बन्द अवस्थामा छ । विसं २०७२ को भूकम्पपछि बन्द अवस्थामा रहेको एभरेष्ट होटल भने गतवर्षदेखि खुलेको छ । बन्द भएका होटलहरूको कुरो गर्दा होटेल शेर्पा, होटल काठमाडांै, ब्लु स्टार होटल, नारायणी होटल, क्रिष्टल होटेललगायत धेरै होटलहरू विगतमा बन्द भएका थिए । अहिलेको अवस्थामा खुलेका होटेलहरूमध्ये केहीले आप्mना स्टाफहरूलाई बेतलवी बिदा वा आधा तलबमा काम दिएर राखेका छन् । केही होटलहरू अनिश्चित कालसम्म बन्द भएका छन् । 


Views: 132