17th April | 2021 | Saturday | 2:16:07 AM

नेपालका अभियन्ताहरू र विदेशी सहयोग

मणि शर्मा   POSTED ON : माघ १९, २०७७ (८:४९ AM)

नेपालका अभियन्ताहरू र विदेशी सहयोग

मान्छेले राजनीतिको नाइरो समातेर भोका गोरु जोतिरहन्छ र अन्न उमारिरहन्छ यो खाल्डोमा या चौकोशमा अन्यत्र त आधुनिक मेसिनले अन्न उब्जिन्छ विकासको रूप छचल्किन्छ यहाँ सत्ता र सडक निरन्तर भोका गोरु जोतिरहन्छअहो १ – अविरल भारद्वाज

अस्ति भर्खर कथित् नागरिक समाजले बालुवाटारमा प्रधानमन्त्री ओलीविरुद्ध विरोध प्रदर्शन गर्दा कुनै युवकले ढुंगा उचालेर प्रहरीलाई हान्न खोज्दा प्रहरीले पानीको फोहोरा हाने र केही बल प्रयोग गरे । प्रधानमन्त्री निवास एउटा संवेदनशील ठाउँ हो, त्यहाँ हुलदंगा गर्न र विरोध प्रदर्शन गर्न पाइन्छ कि पाँइदैन ? कथित् नागरिक समाजमा स्वतन्त्र नागरिक कतै थिएनन् । डबल नेकपा सडकको स्थायी समिति सदस्यलाई स्वतन्त्र नागरिक समाजको अगुवा भन्न मिल्छ कि मिल्दैन ? आइएनजिओमा संलग्न वा त्यसवाट परिचालित समूहलाई नागरिक समाज भन्न मिल्छ र ? 

त्यहाँ एकजना सम्पादक तथा साहित्यकारले त केपी ओली पशुपतिनाथमा गएर पूजा गरेको विरोध जनाउँदै वैदिक सनातन धर्मको जन्मस्थलीमाथि प्रहार गर्नु के उनको विद्वताले दिन्छ र ? उनीहरूको मालिक दाताहरूको मुलुकहरूमा हेर्ने हो भने त्यहाँका गणतान्त्रिक धर्मनिरपेक्ष राष्ट्रका समेत राष्ट्रप्रमुख वा सरकार प्रमुखले बाइबल हातमा लिएर पद तथा गोपनीयताको शपथ खाने गर्छन्, चर्चमा जान्छन् । के कहिल्यै तिनीहरूले त्यसको विरोध गरेका छन् ?

ओली दुई पटक प्रधानमन्त्री हुँदा उनले कहिल्यै ईश्वरको नाममा शपथ खाएनन् । अहिले मति सप्रेर हो वा जनता वैदिक सनातन हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा बहुसंख्यकरूपमा सडकमा उत्रिरहेको देखेर चुनावी मत आफूतिर पार्न मन्दिर गएका हुन् ? वैदिक सनातन धर्मप्रति बैरभाव राख्ने नेताहरूसमेत बहुसंख्यक सनातन धर्मावलम्बी जनतालाई आफ्नो पक्षमा पार्न भैंसी पूजा, बालुवाटार पस्दा बलि दिनेदेखि मन्दिर जानेसम्मको नाटक गर्नबाट पछि परेका छैनन् । 

यी नागरिक समाजका अगुवाहरू विगत तीस वर्षदेखि भइरहेको व्यापक भ्रष्टाचारको विरुद्ध कहिल्यै सडकमा आएनन् । लकडाउनमा हप्तौंं पैदल हिँडेर घर जाने जनताको पक्षमा कहिल्यै आवाज उठाएनन्, लकडाउनको मारले खान नपाएर भोकै बसेका जनता थाल लिएर सडकमा उभिँदा यिनको नागरिक समाज दुलाभित्र पस्छ । बाढी, पहिरो, भुइँचालोबाट पिडित जनताको पक्षमा कहिल्यै सडकमा आएनन् । 

युवाहरूको बेरोजगारीको विरोधमा होस् वा दिनहुँ दुई हजार जति युवाहरू कामको खोजीमा विदेशिँदा कहिल्यै बेरोजगारलाई रोजगारी दे भनेर सरकारको विरोध गरेनन्, न त विदेशबाट कफिनका कफिन ती युवाहरूको लाश नेपाल भित्रिँदा यिनीहरूको मन रोएको छ । यी स्वघोषित तथा विदेशीबाट सञ्चालित नागरिक अगुवाहरू कहिल्यै सीमामा विरोध गर्न गएनन् न त जान्छन् नै । यी नागरिकताले नेपाली भए तापनि मनले कहिल्यै नेपाली हुन सकेनन् ।

एक जना खर्बपति जर्ज सोरोसवाट जसको सन् २०१७ को बजेट सत्र मिलियन डलर थियो । यसको काम कमजोर मुलुकहरूमा राजनीतिक अस्थिरता पैदा गरेर फाइदा लिने हो । बाहिरी स्वरूप प्रजातान्त्रिक भए तापनि यसको भित्री स्वरूप डरलाग्दो छ । सिरियालगायतका मुलुकमा यसले अस्थिरता पैदा गरेर भयावह स्थिति पैदा गराएको छ यो हामी सबैसामु स्पष्ट छ । यो नाटो समूहको नजिकको शक्ति पनि हो । यसले सन् २०२० मा ओपेन सोसाइटी फाउन्डेसनको नाममा नेपालका आफ्ना एजेन्टहरूलाई बत्तीस बिलियिन डलर दिएको छ । 

यो समाजले विश्वभरिका नागरिक समाजलाई आर्थिकरूपमा सहयोग गर्छ । बाहिरभन्दा यसले सामाजिक न्याय, शिक्षा, जनस्वास्थ्य र स्वतन्त्र मिडियाको नाममा अनुदान दिने गर्छ तर यसको भित्री स्वरूप तत् तत् मुलुकमा राजनीतिक अस्थिरता कायम गराउने, आफ्नो स्वार्थ विपरीतको सत्ता पल्टाउने, हिंसा भड्काउने आदि काम गर्छ । सन् २०१३ मा यसको बजेट थियो आठ सय त्रिहत्तर मिलियन डलर जुन अमेरिकाको दोस्रो ठूलो बजेट हो । यसबाहेक नागरिक समाजलाई आर्थिक सहयोग गर्ने नाममा यस्तै उद्देश्यका लागि फोर्ड फाउन्डेसन, रकफिल्ड फाउन्डेसन आदि छन् । 

यस अलावा, जर्ज सोरोस संस्थापक भएको ओपन सोसाइटी फाउन्डेसनले शान्ति प्रकृया र संविधान निर्माणमा विचार विमर्श, घुमाउरो भाषामा संविधान निर्माणमा लगानी गरेको थियो । यी सबै नागरिक समाज र राजनीतिक दलहरूका नेतामार्फत । यस अलावा उसले शैक्षिक सुधार, स्वतन्त्र मिडिया, खोजी पत्रकारिता र वकिलहरूलाई समेत आर्थिक सहयोग गर्ने गरेको उसकै नेपालसम्बन्धी प्रतिवेदनमा उल्लेख छ । संघीयताको रक्षा र संघीयतालाई बलियो बनाउन स्थानीय समुदाय तथा सरकारलाई तालिम आदि दिने गर्छ । सन् २०१३ को संविधान सभाको चुनावी अभियान र स्वच्छ निर्वाचनको लागि २ लाख २१ हजार २ सय ६८ डलर आर्थिक सहयोग गरेको उसको प्रतिवेदनमा उल्लेख छ ।

२०१३ देखि २०१५ सम्म कानुन व्यवसायीहरूलाई मौलिक अधिकारको रक्षाको लागि १ लाख २८ हजार ३ सय डलर दिएको थियो । यसमा यस फाउन्डेसनको कति लगानी छ पछि खुल्नेछ । २०१५ को भुइँचालोपछि आगामी दिनहरूमा हुन सक्ने दैवी प्रकोपको लागि तयारी गर्न स्थानीय २५ जना नेताहरू, स्वास्थ्य कर्मचारी, प्रहरी र प्रधानाध्यपकहरूलाई ७ लाख ४४ हजार २ सय २० डलर दिएको थियो ।

२००७ देखि अहिलेसम्म स्वतन्त्र पत्रकारिता र स्थानीय सामुदायिक रेडियोहरूलाई १३ लाख ९०हजार डलर दिइसकेको छ । दलित र महिलालाई स्थानीय निकायमा प्रतिनिधि पठाउन अभियान चलाएर ३६ हजार ६ सय ३९ जनालाई निर्वाचित गराएको थियो । सन् २०१५ ( २०१६ मा आफ्ना कार्यकर्ता अर्थात् नागरिक समाजलाई २ लाख २४ हजार ३ सय ५२ डलर प्रदान गरेको उसको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१५ मा रुसले यसको यस्तै कृयाकलापले गर्दा ओपेन सोसाइटी फाउन्डेसनमाथि प्रतिबन्ध लगाएको छ । सन् २०१७ मा पाकिस्तानले यसलाई त्यहाँबाट आफ्ना कार्यक्रमहरू बन्द गर्न आदेश दिएको थियो । उसले त्यति मात्र होइन आफ्नो पक्षको नभएर जर्ज डब्लु बुसलाई हराउन सन् २००३ ( २००४ को अमेरिकी चुनावमा पाँच सय सत्ताइस यस्ता समूहलाई २ करोड ३५लाख २१ हजार डलर आर्थिक सहयोग गरेको थियो ।

यसबाहेक माइग्रेन्ट वर्कर्स एक्सिस टु जस्टिसले प्रवासी कामदार व्यवस्थापनको लागि अर्बौं रुपैयाँ लगानी गरेको छ भने कोबिदबाट प्रभावित प्रवासी कामदारहरूको परिवारलाई सहयोग गर्न तथ्यांक संकलन गरेको छ । यी सबै अमेरिकन संस्थाहरू हुन् । 

यस अलावा युरोपियन चर्चहरूले शिक्षा, स्वास्थ्य, गरिबी उन्मूलन आदि समाजहितको उद्देश्य आदि जे राखेर सहयोग गरेर पिछडिएको मुलुकमा ख्रिष्टानीकरण गर्न त्यो देशका बुद्धिजीवी, लेखक, साहित्यकार, पत्रकार, नेता, मिडिया आदि बौद्धिक व्यक्तित्वहरूलाई आर्थिक सहयोग गरी ख्रिष्टान विरोधी सत्तालाई पत्तासाफ गर्न विभिन्न बहानामा नागरिक समाजको नामबाट परिचालित गर्छन् । सुरुमा युरोपमा चर्चहरूमार्फत नै यस्ता वर्गहरूलाई प्रलोभनमा पारी आफ्नो पक्षमा पार्दथे ।

त्यसैले हामीले जुन नागरिक समाजका अगुवाहरू र सनातन धर्मविरोधी तथा राष्ट्र विखण्डकारी नेताहरूको क्रियाकलापलाई देखिरहेका छौँ यी सबै यिनै शक्तिहरूको कारिन्दाहरू ह्ुन् । बाह्यरूपमा जनहितकारी देखिए तापनि यिनीहरूको उद्देश्य मुलुकलाई अस्थिर पारेर, यहाँको सनातन धर्मलाई समाप्त पारी ती शक्तिकेन्द्रको कठपुतली सरकारको स्थापना गर्नु नै हो । 

अमेरिकी विद्वान जर्ज विगेलले चर्च र नागरिक समाजको संबन्धमा लेखेका छन्, ‘क्याथोलिक चर्च नागरिक समाजको अपरिहार्य खम्बा हो, राष्ट्रको उत्थान र पतन नागरिक समाजमाथि निर्भर गर्छ ।’ उनले क्याथोलिक चर्चमा अथाह लगानी गरेका छन् । यिनीहरूको मुख्य निशाना हो कम्युनिष्ट सरकार । पोलेण्डको कम्युनिष्ट सत्ता यही चर्च निर्देशित नागरिक समाजले ढालेको थियो र सोभियत संघको पतनमा पनि यही चर्च नै मुख्य जिम्मेवार हो । 

जर्ज विगेलले आफ्नो पुस्तक ‘द आइरोनी अफ मडर्न क्याथोलिक हिस्ट्री’ पुस्तकमा लेखेका छन्, पण्डित र राजनीतिज्ञले नागरिक समाजलाई कमजोर पार्छन् । चर्च नागरिक समाजको खम्बा हो, यो बन्धनयुक्त तथा पुनर्निमाणमा लाग्नु पर्छ । बच्चाहरूको अभिभावकत्व लिनु, अस्पतालबाट सेवा दिनु, गरिब केटाकेटीहरूलाई शिक्षा दिनुमात्र यसको असल काम होइन, मानवको लागि अर्थपूण ठाउँ र उच्च जिम्मेवारीहरू सुन्दर विश्वभित्र छ भन्ने चर्चको केन्द्रीय शिक्षा नै व्यक्तिको दक्षता र स्वतन्त्रताको मुख्य घटक हो । उनले यस कामको लागि नै चर्चले नागरिक समाजलाई सहयोग गर्नुपर्छ ।’

चर्चहरू तेस्रो विश्वमा ख्रिटानीकरण गर्न आर्थिक सहयोग नागरिक समाजलाई माध्यम बनाएर गरिरहेका छन् । त्यस मुलुकको आफू प्रतिकूलको सत्ता पलट, मुलुकमा राजनीतिक अस्थिरता फैलाएर आफ्नो दुनो सोझो पार्नका लागि यस्ता नागरिक समाजलाई आर्थिक सहयोग गर्ने गर्छन् । बाहिरी आवरणमा नागरिक समाज लोकतन्त्र र नागरिक हितको रक्षामा देखिए पनि यिनीहरूको मुख्य उद्देश्य विदेशी शक्तिकेन्दहरू र चर्चको स्वार्थ पूर्ति नै हो । नत्र भने आपद विपदले जर्जर जनताको पक्षमा वा भ्रष्टाचारले शिखर नाघिसक्दा पनि चुप लाग्ने, पीडित जनताको सहयोगमा अगाडि नबढ्ने यी नागरिक समाज जब ओली राष्ट्रियता र सनातन धर्मको पक्षमा चाहे त्यो नौटंकी नै किन नहोस् बोल्दा यिनीहरूको कन्सिरी किन तात्छ ?

सडकमा नेकपा र नेपाली कांग्रेसले यिनीहरूको हो मा हो किन मिलाई रहेका छन् ? लकडाउनमा उनीहरूले कसैलाई केही सहयोग गरेनन् तर अहिले करोडौं खर्च गरेर ज्यालासमेत दिँदै, मासु भात खुवाउँदै बसमा कोचेर आफ्नो सभा जुलुसमा ओसारी रहँदाको खर्च कहाँबाट पाए ? आफूसँग केही नभएको भन्ने नेताहरूसँग अहिले करोडौं रकम यस्ता फजुल काममा खर्च गर्न कहाँबाट आयो ? लकडाउनले गर्दा बिचल्लीमा परेका जनताको बैंकको कर्जाको ब्याज मिनाहा र किस्ता संशोधन गर्न आवाज उठाए यिनीहरूले ? 

कोरोनाले मानिस मरिरहेको बेला हजारौंको भीड बटुलेर जनतामा कोरोना संक्रमण फैलाउनुको सट्टा सभा र जुलुस तथा पार्टी प्यालेसको भेलामा खर्च गर्ने करोडौं रूपैयाँको कोरोनाको भ्याक्सिन खरिद गरेर जनतालाई निःशुल्क लगाउन यिनीहरूको हात किन अगाडि सर्दैन ? के यिनीहरूलाई जनताको माया भएर जनताको पक्षमा आवाज उठाउन आफ्ना कार्यकर्ताहरूलाई भेडाझैँ भेला गरिरहेका छन् । 

आफ्नै सत्ता प्राप्तिकोे स्वार्थ पूरा गर्न जनतालाई भेडा सदृष तुल्याएका होइनन् र ? सत्तामा गएर भ्रष्टाचार गर्न नपाएको तुष निकाल्न यो विद्रोह होइन ? अनि कथित नागरिक समाज आफ्ना मालिकहरूको स्वार्थका लागि तेस्रोे जनआन्दोलन गर्ने उद्घोष गर्छ । के जनता भेडा हुन्, उनीहरूको राष्ट्रघाती स्वार्थका लागि भेडा बनेर बलिदान दिने ? आफ्नो धर्म, संस्कृति, परम्पराको विरोधमा आफूहरू बलिवेदीमा चढने ? 

 कवि अविरल भारध्वाजको शब्दमा –

रूख, घाम र बिम्बहरूले देश र जनता बुझ्नै सकेनन् १

ती एकल एकल पार्टी अध्यक्ष बनी नै रहे १

एउटा आकाशमा

अर्को सतहमा छ 

या दुबै सतहमा नाराजुलुश बोकेर गोरु जोतिरहेछन् 

वास्नाको सुमधुर स्वादले लठ्याएर 

भेडाको बथान ग्वार्ररर पछ्याइरहन्छ ...


Views: 247