17th April | 2021 | Saturday | 2:37:23 AM

विकृत राजनीतिले उत्पन्न गर्ने एकपछि अर्को विकार

लोकनारायण सुवेदी   POSTED ON : माघ १९, २०७७ (८:५४ AM)

विकृत राजनीतिले उत्पन्न गर्ने एकपछि अर्को विकार

कुनै पनि देशको राजनीति आदर्शच्यूत र नैतिकताहीन बाटोमा धकेलिएपछि त्यो विकृति र विसंगतिबाट नराम्रोसँग बिटुलिने र जनता तथा राष्ट्र कोहीबाट वहुने कुरा निश्चित छ । यस्तो स्थितिले गर्दा राजनीतिका बाहक राजनीतिक दल बद्नाम र विश्वास गर्न लायक नरहने मात्रै होइन समाज नै अकल्पनीय रूपमा अधोगतिको शिकार बन्न पुग्दछ । त्यस्तो बेलामा निर्वाचन या अन्य कुनै पनि लोकतान्त्रिक माध्यमबाट जनताले गर्ने अनुमोदन पनि गलत किसिमले प्रभावित हुन बाध्य हुन्छ । 

अनि परिणामले राजनीति सही या गलत कुन बाटोमा अग्रसर छ त्यो प्रष्ट्याउँदछ । वास्तवमा अहिले हामीले नेपाली राजनीतिलाई वस्तुगत आधारमा केलाउन र सूक्ष्म विश्लेषण गर्न आरम्भ ग¥यौँ भने यही धरातलमा पतनको बाटोतिर लम्किँदै गरेको तस्वीर देखा पर्नेछ । राजनीति आफैमा कुनै साध्य होइन यो जनता र राष्ट्रका हितमा काम गर्ने एउटा सबैभन्दा प्रमुख साधन हो । 

यो मूल र आधारभूत कुराबाट राजनीतिलाई दायाँबाँया गर्नेबित्तिकै त्यहाँ व्यक्तिगत, गुटगत या समूहगत निहित र संकीर्ण स्वार्थसिद्ध गर्ने साधनको रूपमा दुरूपयोग गर्ने काम हुन्छ नै । अनि त्यहाँ अनेकांै विसंगत र विकृत कुराहरूले गुँड लाउने परिवेश सिर्जना हुन्छ । त्यस दुष्परिणामको असर वर्तमान समाजमा त पर्छ पर्छ भावी पिँढीले पनि त्यो दुष्परिणामको बोझ बोक्नुपर्ने हुन्छ ।

आजसम्मको हाम्रो समाजको यथार्थ बिडम्बना के हँुदैआएको छ भने हरेक राष्ट्रिय राजनीतिक परिवर्तनपछि त्यस परिवर्तनले ल्याएका उपलब्धिहरूलाई ब्यापक जनता र राष्ट्रको हितमा सदुपयोग गर्ने परम्परा बसाल्न सकेको छैन । त्यसले गर्दा माथि नेतृत्व तहदेखि नै ‘म खाऊँ, मैलाऊँ’ भन्ने अत्यन्तै आत्मकेन्द्रित र मनोगत कुसंस्कार विकसित भएर जाने गरेको र त्यसको असर तलसम्म फैलिने गरेको छ । फलतः राजनीतिक परिवर्तन जनता र राष्ट्रका लागि हो भन्नेमा न्यतामाथि नै ठूलो प्रश्न चिन्ह खडा हुने गर्दछ र गर्दै आएको छ ।

यसरी परिवर्तन फेरि पनि केही टाठाबाठाहरूको हितसाधन गर्ने माध्यममात्र बन्ने गरेको पीडादायक यथार्थ हाम्रोसामु विकराल रूपमा निरन्तर उपस्थित हुँदै आएको छ । ठूलो परिवर्तनपछि पनि आम बहुसंख्यक जनसाधारणले परिवर्तनको रत्तिभर बोध गर्न नसक्नुको मुख्य कारण नै यही हो ।

यतिबेला नेपाली जनता कोरोना महामारीको सन्त्रासबाट त आक्रान्त छन् । त्यसमा अतिरिक्त भयावह बेरोगारी, अभाव, असुरक्षा र अराजकताबाट जसरी आक्रान्त भइरहेका छन् त्यसले नै यो यथार्थ वास्तविकताको सबुत प्रमाण दिइरहेको छ । त्यसमाथि झन राजनीतिक प्रतिगमनले स्थितिलाई अझ अन्यौल र अनिश्चिताको अँध्यारो सुरुङ्गतिर धकेलिदिएको छ । विकसित यस्तो अमान्य र अस्वीकार्य स्थितिमा पुराना कुरा कोट्याउँदा नेपालको पछिल्लो भौगोलिक एकीकरण (जुन परिवेश र परिस्थितिमा भएको थियो त्यसले ल्याउनुपर्ने राष्ट्रिय जागरण र आर्थिक समृद्धि एकीकरणपछि आर्थिक विकासको नयाँ चरण शुरु भएको अरू अरू देशको इतिहास छ) को उन्नत अपेक्षाका विपरीत दरबारीया सत्तासंघर्षको कारण उत्पन्न हत्या, हिंसा र षड्यन्त्रका अनेकौं श्रृखलाका क्रममा अन्ततः जहाँनियाँ एकतन्त्री निरंकुश शासनको अभ्युदय भएको हामी पाउँदछौँ । 

त्यो एक शताब्दीभन्दा बढीको कालखण्ड निम्त्याउने काम दरबारिया षड्यन्त्रले गरेको थियो भने त्यस राणा (सत्तालाई बाह्य बृटिस साम्राज्यवादी शक्तिको ठूलो आडभरोसा थियो । त्यसको मूल्य आजसम्म पनि नेपाली जनताले चुकाइरहनु परेको यथार्थ सबैका आगाडि छर्लंग नै छ । यस अर्थमा नेपाल सार्वभौम र स्वतन्त्र रहेको भन्नेभन्दा पनि पूर्णरूपले अरू देशजस्तो सार्वभौमसत्ता नगुमाएको भन्ने अर्थमात्र बुझिने गर्दै आएको हो । असमानस्तरका शक्तिशाली र धूर्त विदेशी शक्तिको भर परेर देशको सार्वभौमिक स्वतन्त्रता र राष्ट्रियता जोगाउने कुरा नै गलत मान्यतामा आधारित कुरा रहेछ भन्ने यथार्थ पनि हाम्रै इतिहासले समेत प्रष्ट पारिरहेकै छ ।

हिजो राणा शासनविरोधी आन्दोलन बढ्दै गएर सात सालको परिवर्तन आएपछि त्यस परिवर्तनको सीमा र सामथ्र्यलाई सही किसिमले आत्मसात गरेर चल्नेभन्दा पनि कुर्सीलाई केन्द्रित गरेर राजनीतिक दाउ लडाउने जुन परिपाटी चलाइयो त्यसको परिणति सत्र सालको प्रतिगामी काण्ड हुनपुग्यो । त्यो पनि बाह्य शक्तिकै आडभरोसको उपज थियो भन्ने कुरा जगजाहेर नै छ । यद्यपि, त्यसमा राष्ट्रियता र राष्ट्रिय सार्वभौमिकताको लेपन लगाउने र दिग्भ्रमित तुल्याउने काम सत्तासीन सामन्त वर्गले भरमग्दुर रूपमा गर्ने गरेको थियो । 

२०१७ सालको काण्डपछि पनि त्यसका विरुद्ध रहेका आन्दोलनरत शक्तिहरू खासगरी नेपाली कांग्रेस र बामपन्थी शक्तिका बीचसँगै जेल, भूमिगत र प्रवासमा रहँदा बस्दा पनि घटनाक्रमबाट सही शिक्षा लिएर आन्दोलनलाई एकाबद्ध गर्ने प्रयत्नहरू सफल हुन सकेनन् । बाह्य शक्तिकै इशारामा साझा सहमति र सहकार्य तर्फका संयुक्त आन्दोलनका प्रयासहरूलाई साकार हुन नदिने र हुनलागे पनि तुहाउने कार्यहरू हुँदै आए । फलतः पञ्चायत नामको सामन्ती राजतन्त्रात्मक अधिनायकवादी शासनको आयु लम्बिँदै गएर झण्डै तीन दशकसम्म चल्यो ।

वास्तवमा नेपाली जनताले तीन दशक जति लामो संघर्ष गरेपश्चात् अनेक हण्डर ठक्करपछि बल्ल बुद्धि पलाएर २०४६ सालमा संयुक्त जनआन्दोलनद्वारा ल्याएको परिवर्तनलाई पनि सही किसिमले अधिकतम त के न्यूनतम रूपमा पनि सदुपयोग गरेर नेपाली जनता र राष्ट्रलाई सही दिशा दिने र मार्गदर्शन गर्ने काम हुन सकेन । त्यस कालखण्डका कुर्सीका लडाइँ र राजनीतिक विकृतिहरू ‘पँजेरो र महल’ कुसंस्कृतिका नामले चर्चित छन् । त्यस घोर विकृतिको शिकार भएको नेपाली राजनीति २०६२ ÷०६३ को राजतन्त्रविरोधी आन्दोलनको अर्को भट्टीमा खाँरिदा पनि उज्यालिएको रहेनछ भन्ने नाङ्गो यथार्थ आज नेपाली जनताले सर्बत्रदेखि रहेका छन् । 

न त १० वर्ष चलाएको माओवादी सशस्त्र युद्धले न राजतन्त्रको अन्त्य गर्ने ऐतिहासिक जनआन्दोलनले नै कुनै जनआधारित नयाँ संस्कार र कार्यसंस्कृतिको विकास गर्न सकेको रहेछ । आज यो कुरा सर्वाङ्ग रूपमा प्रष्ट हुँदै आएको छ । आफूलाई ठूला भन्ने हरेक दलहरूभित्र आज भ्रष्टाचार, कमिसनखोरी, ठेक्कापट्टा, महल, पजेरोलगायत विलाशी जीवनको क्रुर वैभवको जुन कुराहरू उठिरहेका छन् । यसले राजनीतिक उपरी ढाँचामा आएको परिवर्तन खोक्रो परिवर्तन मात्र रहेछ भन्ने दर्शाइरहेको छ । 

अपवादलाई छोडेर आज जुनसुकै रंग

रूपको राजनीतिक दल भए पनि पुरानै यथास्थितिमा लम्पसार पर्ने र नवसामन्त पुँजीवादी बाटोमा लाग्न मरिहत्ते गर्ने नेतृत्व रहेछ भन्ने कुरा दिनानुदिन प्रष्ट हुँदै गइरहेको छ । यो घोर विकृत राजनीतिको उपज हो । यसलाई बदलेर जनता र राष्ट्रको हितमा आदर्शयुक्त, निष्ठा र नैतिकताको व्यवहारिक राजनीति पुनस्र्थापना नगर्ने हो भने देश र जनताको भविष्य फेरि पनि अन्धकारमै रूमल्लिनेबाहेक अरू कुनै परिणति आउँदैन । विकृतिले विकृति जन्माउने र राजनीतिलाई फोहोरी खेल बनाइरहनेबाहेक अरू केही गर्दैन । यस्तो पवृत्ति कायम रहेसम्म मुलुकले सही दिशा र गति पाउने कुरा फेरि पनि ‘मृगमरीचिका’ मात्र भइरहने छ । 

Views: 116