13th April | 2021 | Tuesday | 7:00:09 PM

पद्धति परिवर्तनले मात्र समाज परिवर्तन हुँदैन

सुरेशकुमार भट्ट   POSTED ON : माघ २५, २०७७ (९:१५ AM)

पद्धति परिवर्तनले मात्र समाज परिवर्तन हुँदैन

हाम्रो मुलुकमा परिवर्तनका नाममा धेरै पवृत्ति परिवर्तन भए । सत्तरी वर्षको दौरानमा सातैवटा परिवर्तन भए । सबै पद्धतिमात्र अर्थात् परिपाटीमात्र । न पात्र फेरियो, न प्रक्रिया न त प्रवृत्ति न प्रविधि । पहिलो परिवर्तनको शंखनाद महाअनिकालको चोटसँगै दाङ देउखुरीले ग¥यो । पहिलो विद्रोह गर्ने व्यक्ति लखन थापा भए भने जनस्तरबाट दाङ देउखुरीमा विद्रोह भयो जुन राणाहरूको चरम दमनको अघि केही लागेन पेलियो । भने इतिहास शक्तिकै सारांश त हो एक मानेमा हालसम्मै थन्कियो भनिन्छ ।

१९९७ साल जसले नेपालमा राणाशासन परिवर्तनको पहिलो औपचारिक प्रचारप्रसार ग¥यो फलस्वरूप चार सपुत शहीद भए । २००७ नेपालमा आमूल परिवर्तनका लागि जनक्रान्ति भयो । तर, पद्धति परिवर्तनसँगै पात्र, प्रक्रिया, प्रिवृत्ति र प्रविधि नहँुदा आपसमै शक्तिका लागि गोलमाल भयो परिवर्तनले सार्थक बाटो हिँड्दै गर्नमात्र लागेको थियो ।

पुरानै प्रवृत्तिले गाँज्यो । फेरि पद्धति फेरियो । पञ्चायत आयो यहाँ पनि प्रवृत्तिले घर गरिरहृयो । २०३६ आयो जहाँ पुरानै प्रवृत्तिका कारण जनताको मत होइन प्रवृत्तिको मत आयो जनमत जनताको मत हो यो शक्तिशाली हुन्छ त्यो पनि लोकतन्त्रमा मात्र हुन्छ भन्ने बोधसम्म गरायो र गयो ।

२०४६÷०४७ को पहिलो जनआन्दोलनले निर्दल नामको एकदल फाल्यो बहुदलीय संसदीय पद्धति फर्कायो । तर, पुरानो मानसिक प्रवृत्ति परिवर्तन भएन पात्र र प्रक्रिया अनि प्रविधि पुरानै हुँदा परिवर्तनले सार्थक फड्को मार्न सकेन २०५२ सालबाट हिंसात्मक द्वन्द्व सुरु भयो साराका सारा घोप्ल्याक्कै परिवर्तन गर्ने भनेर यसले झन् सामाजिक संरचना र प्रवृत्तिमा शताब्दीयौं अघिको संकीर्ण जातिवादी, धर्मवादी, नश्लवादी आदिको खाडी खनेर मुलुक अस्तव्यस्त बनायो, किनकि मानिस उही प्रवृत्ति उही अनि कसरी परिवर्तन आउने कारक र कारण मानिसको प्रवृत्तिले राज ग¥यो परिवर्तन २–४ थर, घर, जातमात्र भयो समाज समेटिने कुरै थिएन भएन ।

तैपनि २०६२÷०६३ को दोस्रो जनआन्दोलन भयो किनकि नेपालीहरूलाई नेपालीहरूकै हिंसाबाट जोगाउनु थियो । जुन आन्दोलनमा न संघीयता थियो न त धर्म निरपेक्षता माग नै थियो । सांसदको मनोमानीबाट यी दुई संविधानमा जबर्जस्त लादियो । बरु अप्रत्यक्ष रूपमा बाह्रबुँदेमा पूर्ण प्रजातन्त्र र अर्थात् (फुल फÞेजÞ डेमोक्रेसी) भनेर घुमाउरो बाटोबाट राजसंस्थालाई प्रश्नवाचक रूपमा राखिएको थियो । तर यो आन्दोलनले पद्धति फे¥यो संघीयता, लोकतान्त्र र गणतन्त्रलाई भिœयायो तर पात्र, प्रवृत्ति, प्रक्रिया र प्रविधि हालसम्म उही हुँदा र नेतृत्व लिने व्यक्तिको प्रवृत्तिमा परिवर्तन नआउँदा मुलुक फेरि द्वन्द्व र भड्खालातिरै जाँदै गरेको संकेत मिलेको छ । परिवर्तन अनुभूतिको कुरै छाडौं । आशा गरौं फेरि मुलुक हिंसामा नफसोस् केवल कारण हो व्यक्ति÷ व्यक्तिको विकृत पुरानो अपरिवर्तनीय प्रवृत्ति ।

४४९ वर्ष पुरानो गोरखा राज वंशको समाप्ती यो युगान्तर परिवर्तन हो भयो । तर, राजाको पुरानो मानसिकता, मनोवृत्ति, प्रवृत्ति र दलीय नेताको मनोवृत्ति के नै फरक पाइयो त ? परिणाम के देखियो त ? के यी नेताहरूको प्रवृत्तिमा राजाभन्दा फरक के छ त ? छैन र भएन त्यसैले मुलुक बाटो बिर्सेको यात्री भइरहेको छ । कारण यिनीहरूको विकृति, प्रवृत्तिमा परिवर्तन नआउनु नै हो । तसर्थ पद्धति परिवर्तनले समाजले अनुभूति गर्ने परिवर्तन हुँदैन जबसम्म नेतृत्व गर्ने नेतारूपी व्यक्तिको प्रवृत्तिमा परिवर्तन आउँदैन । समकालीन नेता सबै अपरिवर्तनीय प्रवृत्तिका मनोविकृतिका छन् । त्यसैले परिवर्तन आत्मसाथ गर्न सक्दैनन् ।

२.व्यक्तिको प्रवृत्तिमा परिवर्तन नभई समाज परिवर्तन हुँदैन ः

बाहिर देखिएको जति अपराध ? भित्र जति जे गरे नि स्वीकार ? बाहिर जति देखिन्छ त्यसको सयौं गुणा अपराध भइरहेकै छ तर बाहिर नआउन्जेल त्यो स्वीकार गरिन्छ । बाहिर आएपछि त्यो अस्वीकार, बलात्कार, अत्याचार, दूराचार, हिंसा, तिरस्कार, दुरुत्साहन, लैंगिक, वर्गिक, जातिक, नास्तिक, शोषण, निन्दित र तिरस्कृत दमन र दलन हुन्छ । यसको अर्थ देखिएको जति अपराध नदेखिएको जति सबै स्वीकार ? यसरी नै त चलिरहेको छ समाज अनि गरिखाने डलर भन्ने विकास ।

भित्रै यी विकृति र विसंगति हुन नदिन भित्री मनबाटै मानिसमा यी कुविचार हटाउनुपर्छ । त्यो सामथ्र्य खोइ ? कुन कानुन बनेको छ वा कुन औषधि छ कोसँग छ उजुरीले र कानुनले अपराध र विकृति रोकिने भए राणा कालमै रोकिन्थ्यो । भएन, रोकिएन । सातसालको परिवर्तनले रोकियो ? झन् बढ्यो । पञ्चायतले रोक्यो ? झन् बढ्यो, संसदीय परीपाटीले रोक्यो ? रोकेन झन् बढ्यो । माओवादी काटमारले रोक्यो ? भित्रभित्रै झन् दनदन भयो झन् बढ्यो, गणतन्त्रीय पद्धतिले रोक्यो ? सीमापार ग¥यो तर रोकिएन । 

अब रोकिँदैन त उपाय नै छैन त ? छ नगरेर पो गरे रोकिन्छ तर समय लाग्छ, मानिसको भावनात्मक परिवर्तन गराउन सक्नुपर्छ । प्रवृत्तिमा र मनोवृत्तिमा परिवर्तन ल्याउनुपर्छ अनि बल्ल परिवर्तन हुन्छ संविधान कानुनका पानामा अक्षर लेख्दैमा परिवर्तन किमार्थ हुन्न जबसम्म मानिसले मनमनमा परिवर्तनको अनुभूति गर्दैन । स्वयं परिवर्तनको आत्मानुभूति गर्दैन तबसम्म परिवर्तनलाई आत्मसाथ गर्न सकिँदैन । भएको मानिँदैन परिणाम देखिँदैन । त्यसैले व्यक्ति, परिवारबाटै पहिले परिवर्तनका लागि प्रयास सुरु गर्नुपर्छ । त्यसका लागि व्यक्तिमा विद्ममान मानिसकतामा परिवर्तन ल्याउन व्यक्तिलाई र परिवारलाई घरैबाट कुन असल र कुन खराब कुन मानवीय र कुन अमानवीय दानवीय काम कुराहुन भन्ने बोध गराउनुपर्छ । त्यही खालको पारिवारिक शिक्षा परिवारमा बालक जन्मिएदेखि दिन सुरुवात गरियो भने त्यो बालक पच्चीसको हुँदा ऊ सरहका सबै पच्चीसमा सादगी सामाजिक शिक्षाको प्रभाव देखिन पुग्छ अनि समाजमा ती विकृति विस्तारै हट्दै जान थाल्छन् । जतिजति ती सादगी पारिवारिक शिक्षित र दीक्षितहरूको उमेर संख्या बढ्छ त्यत्ति नै समाज परिवर्तित हुँदैजान्छ । यो पुस्ता साठीको वयमा पुग्दा समाजबाट यस्ता विकृति प्रायःउन्मूलन भइसकेका हुन्छन् । त्यसैले व्यक्ति र परिवारलाई सादगी सामाजिक शिक्षाको माध्यमबाट उठाउनुमै शिक्षित दीक्षित गर्नुमै समाजभित्रको बाहिरको सामाजिक अपराध घट्ने बढ्र्नेमा निर्भर गर्दछ ।

घटाउन र हटाउन पहिले व्यक्तिमा, परिवारमा, समुदायमा र गाउँमा हटाउँदै गएमा मात्र हट्छ नत्र किमार्थ हट्दैन निर्मूल हुँदैन । त्यसैले व्यक्ति र परिवारमा भएको सामाजिक विकृतिरूपी प्रवृत्ति हटाउनुपर्छ । व्यक्ति र परिवारबाटै यहीँबाट गर्नुपर्छ तारे होटेल र सहरीया गोष्ठी अनि गाउँमा कोठे गोष्ठी गरी भत्ता बाँडेर हँुदैन ।

हुने भए उहिल्यै हटिसक्थ्यो । जबसम्म मानिसमा भएको विकृतीजन्य असामाजिक प्रवृत्ति तथा सोच हट्दैन, हटाउन सकिँदैन तबसम्म समाजमा परिवर्तन आउँदैन र विकृति हट्दैन । किनकि व्यक्तिले स्वयं प्रवृत्ति परिवर्तन गर्छु भन्ने आत्मबोध नगरेसम्म र परिवर्तन हुन नचाहेसम्म परिवर्तनको कल्पनै नगरे हुन्छ । त्यसैले पहिले व्यक्ति र व्यक्तिको विकृत मनोभाव परिवर्तन गर्नमै जोड दिनुपर्छ, व्यक्ति परिवर्तन हुन व्यक्तिमा भएको विकृत मनोभाव परिवर्तन हुनैपर्छ । 

यो पनि ख्याल गरौं । कति असजिलो व्यक्तिको मनोभाव परिवर्तन गर्न, हुन्छु भन्ने बनाउन बालुवा पेली तेल निकाल्नु जस्तो । पद्धति परिवर्तनको लगत्तै प्रवृत्ति परिवर्तन प्रवृत्ति परिवर्तनसँगै पात्र परिवर्तन पात्रसँगै प्रक्रिया परिवर्तन प्रक्रियासँगै प्रविधि याने राज्य सञ्चालन विधिविधान प्रशासन परिवर्तन भएन भने जनताले परिवर्तनको अनुभूति गर्न सक्दैन । स्थिर पद्धति र शासन हुँदैन । तसर्थ परिवर्तनको मूलजड व्यक्ति व्यक्ति नै हो

व्यक्तिकै मानसिकतामा परिवर्तन ल्याउन सक्ने सामथ्र्य राख्नुपर्दछ । शिक्षादीक्षा हुनुपर्दछ, चाहे औपचारिक होस् वा अनौपचारिक तर पारिवारिक चाहिँ हुनैपर्छ । व्यक्तिबाट परिवार, समुदायबाट गाउँ र टोल नसुधारी जिल्ला प्रदेश र देशको कल्पनै गर्न सकिन्न । तसर्थ व्यक्तिको मानसिकता सुधार्ने परिवर्तन गर्ने योजना कार्यान्वयनमा ल्याउँ । प्रवृत्ति परिवर्तनको अर्को कडी समाज हो समाजमा जब त्यो विकृति आफूलाई एक्लो र अलग तथा तिरष्कृत महसुस गर्छ त्यो अवस्थामा ऊ स्वयं परिवर्तन हुन्छ वा पलायन हुन्छ वा बाच्नु व्यर्थ छ भन्ने दिशामा नि पुग्न सक्छ किनकि यो जबर्जस्त परिवर्तन गर्ने एउटा उपाय हो । प्रत्यक्ष कुनै दबाब छैन तर सामाजिक प्राणी समाजबाट एक्लिसकेको महसुस गर्नुको परिणाम हो ।

त्यतिबेला समाजले सहयोग र साहस दिएर उसलाई समाजमै फेरिएको रूपमा भिजाउनुपर्छ ताकि उसले जीवन बर्बाद नगरोस् । यस अर्थमा व्यक्तिको मनोभावना परिवर्तन नभई समाज परिवर्तन हुन सक्दैन । यसैले व्यक्तिमा निहित प्रवृत्ति परिवर्तन नभई समाज परिवर्तन हुँदैन भन्ने निष्कर्ष हो । 


Views: 196