13th April | 2021 | Tuesday | 6:22:55 PM

टाइटनिकको परिणति मुलुकले भोग्नु नपरोस्

मणि शर्मा   POSTED ON : माघ २६, २०७७ (९:४४ AM)

टाइटनिकको परिणति मुलुकले भोग्नु नपरोस्

प्रचण्ड–माधव गुटबाट आयोजित नेपालबन्दमा यिनीहरूकोे कार्यकर्ताहरूले एमसिसीविरुद्ध नारा लगाउँदा पिकेले कासन जारी गरेर एमसिसीविरुद्ध नारा लगाउन प्रतिबन्ध लगाइदिए । एमसिसीविरोधी पिकेमा हठात् एमसिसीप्रति कसरी भक्तिभाव उत्पन्न हुनगयो ? यसबाट के प्रमाणित हुन्छ भने नेपालको राजनीतिको बागडोर यहाँको राजनीतिक उद्योगपतिहरूको हातमा नभएर यिनीहरूको विदेशी दाता प्रभुहरूको हातमा छ । 

हुन त इण्डियाको राजनीतिको बागडोर अम्बानी र अदानी समूहको हातमा भएझैँ विश्वको एकछत्र शक्तिशाली मुलुक भनेर दाबी गर्ने अमेरिकाको राजनीतिको बागडोर पनि त्यहाँको राष्ट्रपतिको हातमा नभएर मुट्ठीभर खर्बपति पुँजीपतिहरूको हातमा छ । मुलुकको विदेश नीति, रक्षा नीति, अर्थनीति कस्तो बनाउने भन्नेमा उनीहरूको महŒवपूर्ण हात हुने गरेको छ । त्यसैले अमेरिकामा जोसुकै राष्ट्रपति भए तापनि उनीहरूको विदेश नीतिमा कुनै खास अन्तर आउँदैन । अमेरिकी स्वार्थको घेराभित्र नआउने देशहरूप्रति जुन दलको राष्ट्रपति आए तापनि क्रुर नै हुने गर्छन् ।

अमेरिकाका शीर्ष दश खर्बपतिहरूमध्ये जर्ज र जुडिथ मार्कसले सन् २०१९ मा २० लाख ५१ हजार, हेनरी र मार्सा लौफरले २० लाख अस्सी हजार, कार्ला जरभेटसनले २० लाख २१ हजार, पल सिंगरले ३० लाख ३७ हजार, डेबोरा सिमनले ३० लाख साठी हजार, बेनार्ड र बिल्ली मार्कसले ४० लाख ६० हजार, जर्ज सोरोसले ६० लाख ३० हजार, टम स्टेयर र क्याट टेलरले ६० लाख ७४ हजार, सिचर्ड र एलिजाबेथ उइहिृलनले ६० लाख ९२ हजार, डोनाल्ड ससम्यानले ७० लाख ५६ हजार डलर यिनीहरूले आफ्नो आस्थाको दुई दललाई प्रत्यक्षरूपमा दिएको रकम हो । यस अलावा गोप्य सहयोग छुट्टै छ । माथि उल्लेखित नामहरूभन्दा बाहेक सयजना अधिक खर्बपतिहरूले डेमोक्र्याटिक दललाई आर्थिक सहयोग गरेका थिए तथा जो बिडेनलाई उनान्साठी जना खर्बपतिहरूले आर्थिक सहयोग गरेका थिए फोब्र्सका कर्मचारीहरूको अनुसार । यसमा हतियारलगायत विभिन्न समुदायका उद्योगपति र व्यापारीहरू सामेल छन् । यिनीहरूले यसबाहेक ख्रिष्टान धर्म हाम्राजस्ता मुलुकहरूमा प्रचार गर्दै ख्रिष्टानीकरण गर्न चर्चहरूलाई अर्बौं रुपैयाँ दिने गरेका छन् ।

विश्वमा देखिएका युद्ध तथा आतंक यिनीहरूबाट सिर्जित घटना हुन् । आफ्नो फाइदाका लागि यिनीहरूले जहाँ पनि युद्ध र आतंक थोपर्न सक्छन्, देश टुक्राउनदेखि लिएर सत्ता पलट गर्न गराउन यिनीहरूको महŒवपूर्ण हात हुन्छ । स्वयं अमेरिकाका राष्ट्रपतिसमेत यिनीहरूबाट परिचालित हुन्छन् । 

टाइटानिक पानीजहाज डुब्नु चौध वर्षअगाडि सन् १८९८ मा मोर्गन रोबर्टसनले ‘द ¥याक अफ द टाइटन ः फ्युटिलिटी’ उपन्यास लेखेका थिए । जुन जहाज पानीमा नडुब्ने हुन्छ तर आफ्नो उपन्यासमा उनले त्यो जहाज उत्तर अटलान्टिक महासागरको ठीक न्यूफाउण्डल्याण्डको ४ सय नटिकल माइलमा मध्यरात्रिमा अप्रिल महिनामा डुबेको देखाएका छन् । उपन्यासमा टाइटनिकको लम्बाइ ८ सय फिट छ भने वास्तविक टाइटानिक जहाज ८ सय ८२ फिटको थियो । उपन्यासमा हिमशैलमा ठोक्किएर जहाज डुबेको देखाइएको छ भने वास्तविक टाइटानिक पनि हिमशैलमा ठोक्किएर डुबेको थियो । उपन्यास र वास्तविकमा दुवै जहाज नडुब्ने नै छ । 

उपन्यासमा टाइटनको गति २५ नट छ भने वास्तविक टाइटनिकको गति २२÷५ थियो । टाइटनमा यात्रुसंख्या २ हजार ५ सय थियो भने टाइटानिकमा २ हजार २ सयजना, दुवैको क्षमता ३ हजार जनाको थियो । उपन्यासमा झैँ वास्तविक जहाजको मालिक ब्रिटिश नै हुन्छन् । उपन्यासमा अप्रिलको एक मध्यरात्रिमा जहाज डुबेको देखाइएको छ भने वास्तविक जहाज १४ अप्रिल १९१२ को मध्यरात्रिमा डुबेको हुन्छ । 

उपन्यासमा झैँ टाइटानिक जहाज न्यूफाउण्डल्याण्डबाट ४ सय नटिकल माइलमा अटलान्टिक महासागरमा डुबेको हुन्छ । उपन्यासमा लाइफबोट कम भएको लेखिएको छ । उपन्यासमा २४ वटा लाइफबोट छन् भने वास्तविकमा २० वटा लाइफबोट थियो । तर उपन्यासमा १३ जना बाँचेको देखाइएको छ भने वास्तविकमा ७ सय ५ जना बाँचेका थिए । जहाज डुबेको खबरले उपन्यासकार रोबर्टसन मर्माहत भए । उनले आफ्नो उपन्याससँग घटना मिल्न गएकोमा आफूलाई दोषी मानिरहेका थिए । मार्च २४ १९१५ को दिउँसो मोर्गन रोबर्टसन अटलान्टिक शहर, न्यूजर्सीको अलाम्याक होटलमा मृत भेटिए । डक्टरले उनले प्यारेलडिहाइड औषधिको ओभर डोज लिएको कारणले मृत्यु भए पनि समाचारपत्रहरूमा उनको मृत्युलाई शंकास्पद बताइएको थियो ।

जहाज डुब्ने एउटा कारण जहाजको ठूलो धनराशिको बीमा थियो र त्यो बीमा दाबी गर्न जहाजमा गडबडी गरिएको थियो ताकि जहाज डुबोस् । अर्को महŒवपूर्ण कारण थियो त्यो जहाजको मालिक जेपी मोर्गनले फेडरेल रिजर्भ बैंक खोल्न चाहेकोमा केही उसका प्रतिस्पर्धीले त्यसको विरोध गरिरहेका थिए । ती व्यक्तिहरू त्यो जहाजमा यात्रा गरिरहेका थिए । जसमध्ये उनलाई साथ दिने सातजनाबाहेक सबैको मृत्यु हुन्छ । आफ्ना विरोधीलाई समाप्त पार्ने पश्चिमाहरूको यो षड्यन्त्र राजनीतिमा यथेष्ट मात्रामा देख्न पाउँछौं हामी । १४ फेब्रुवरी १९१२ मा टाइटानिक डुब्यो २३ डिसेम्बर १९१३ मा फेडरेल रिजर्भ बैंक स्थापना भयो ।

उनको अर्को कथा ‘बिअण्ड द स्पेक्ट्ररम’ मा उनले जापान र अमेरिकाबीचको युद्धको वर्णन गरेका छन् । उनले यो कथा लेख्दा जापान र अमेरिकाबीच नराम्रो सम्बन्ध थिएन र त्यसैले युद्धको आशंका पनि थिएन तर दोस्रो विश्वयुद्धमा अमेरिका र जापानबीच युद्ध हुन्छ र हिरोसिमा र नागासाकीमा अणुबलमे हमला गरेर अमेरिकाले ध्वस्त बनाइदिन्छ । कथामा भने जापानीहरूले अमेरिकामाथि आक्रमण गर्दैगए र अन्तमा आत्मसमर्पण गरेको देखाइएको छ । वास्तवमा त्यस्तै हुन्छ । गत अंकमा मैले यहाँको नागरिक समाज, राजनीतिक दलका नेताहरू र चर्चहरूमार्फत नेपालमा ख्रिष्टानीकरण गर्न जर्ज सोरोस एउटाको मात्र आइएनजिओले कति–कति डलर कहिले–कहिले दिएका छन् लेखेको थिएँ । यस लेखको उद्देश्य पश्चिमा शक्तिले यहाँ धर्मान्तरणमात्र होइन राजनीतिक अस्थिरता पैदा गरेर आफ्नो दुनो सोझ्याउन जे गर्न सक्छन् भन्न खोजेको हूँ । 

नेपाल बन्दका दिन अगाडिपछाडि सुरक्षा दस्ता राखेर करोडौंको गाडीमा बसेर पुष्पकमल नेपाल बन्द गराउन आएका थिए र सातदोबाटोमा उनले नेतृत्व गरेको जुलुसमा एमसिसीविरुद्ध नारा लगाउँदा उनले यो नारा नलगाउन आदेश दिँदा पनि प्रदर्शनकारीले एमसिसीविरुद्ध नारा लगाइरहँदा उनी घोप्टो मुण्टो लगाउँदै त्यहाँबाट बिदा भए । हिजोसम्म एमसिसीका कट्टरविरोधी पुष्पकमल केही दिनअगाडि अमेरिकी राजदूतसँगको भेटपछि एक्कासि रातारात कसरी एमसिसी समर्थक भए शंकाको विषय हो । सत्ता प्राप्तिका लागि यहाँका नेताहरूले जे पनि गर्छन् भन्ने यसबाट देखिन्छ । 

आफू सत्तामा जान नपाएको झोक तथा आफूले गरेका भ्रष्टाचारमाथिको कायरबाहीले आफूहरू जेल जाने निश्चित भएपछि पिके–माकुने गुटले गरेको नेपाल बन्दमा भएको अमानुषिक क्रुर व्यवहारहरूले जुन संविधानको रक्षाको हवाला दिँदै नेपाल बन्द गरे त्यही संविधानप्रदत्त जनताको मौलिक अधिकारको हनन् गर्दा कथित डलरवादी नागरिक समाजका अगुवाहरूले चुँ बोलेनन् । मुलुक अहिले विदेशीहरूको भयंकर चक्रव्युहभित्र फसेको अवस्था छ । नेपालको अस्तित्वमाथि नै अप्ठ्यारो पर्नसक्छ । यसमा ओली सरकार चोखो छैन । 

सरकारले इण्डियालाई अहिलेको नाजुक परिस्थितिमा तल्लो अरुण परियोजना दिनुको पछाडिको कारण सत्तामा बसिरहने चाहना हो । जलस्रोतमन्त्री स्वयंले भारतलाई खुशी पार्न र सन्तुलनमा राख्न यो योजना दिएको हो भनेका छन् । जनतालाई झुक्याउन कृष्णगोपाल श्रेष्ठले मदन भण्डारीले राजासहितको प्रजातन्त्रको बारेमा बोलेको भिडियो क्लिप सामाजिक सञ्जालमा राखेर ओलीले २३ गते महŒवपूर्ण घोषणा गर्ने भनेर र ओलीको साइबर सेना हिन्दू राष्ट्रको घोषणा र संघीयता खारेजी गर्ने हल्ला पिटाएर आमसभामा भीड जम्मा गर्न सफल भए । 

तर, त्यो दिन ओलीको बडी ल्यांवेएज हतास मनस्थितिको थियो । जनताले जे आशा गरेका थिए माछामाछा भ्यागुता भयो । शायद ओलीलाई ‘प्रभु’बाट कडा निर्देशन भएको हुनुपर्छ । हुन त ओली एक्लैले संविधान संशोधन गर्न सक्दैनन् भन्ने कुरा जनताले बुझ्नुपर्छ । 

जबजब नेपालमा अस्थिरता हुन्छ, इण्डियाले नेपालका नदीनाला र प्राकृतिक स्रोतसाधन आफ्नो हातमा पार्ने गरेको चलन इतिहासदेखि चल्दैआएको छ । यसमा इण्डियाको भन्दा हाम्रै नेताहरू प्रमुख दोषी हुन । सत्ता प्राप्ति तथा सत्तामा रहिरहन नेपालका प्रकृतिक स्रोतसाधनहरू समेत बुझाएर आफू ढुक्क हुन खोज्छन् । तर, इतिहास साक्षी छ उनीहरू कहिल्यै यसमा सफल भएका छैनन् । 

अहिले केपी र पिके जसरी कुकुर बिरालो जस्तै दन्तबझान गरिरहेका छन् यो सँधै रहने छैन । एकदिन यी दुवै एकअर्कालाई अँगालो मारेर रुँदै आफ्नो पापको प्रायश्चित गर्दै भरतमिलन गर्नेछन् । कांग्रेस फेरि झुक्किनेछ । यी दुवैको मेल एमसिसीले गराउनेछ । यिनीहरूको राष्ट्रवाद फगत एउटा नारा हो । राजा वीरेन्द्रले भुटानको जस्तो राजा हुने इण्डियाको शर्त मान्दिएको भए न त पञ्चायती व्यवस्था ढल्थ्यो न त दरबार हत्याकाण्ड हुन्थ्यो । राजा ज्ञानेन्द्र पनि भुटानको जस्तो राजा हुन नचाहेकाले नै राजगद्दी त्याग्नु परेको हो । यो मुलुकमा राजाबाहेक कुनै शासक देशभक्त हुनै सक्दैनन् न त राजाको जस्तो देशप्रति माया कुनै शासकमा हुन्छ नै । 

यो व्यवस्थालाई नफाले नेपाल रहन्छ भन्नेमा शंका छ । टाइटनिकलाई डुबाए जस्तै यो देशलाई डुबाउने खेल भइरहेको छ । हिटलरको कुखुरा जस्तो जनता भइरहेमा यो देश डुब्ने निश्चित छ । हिटलरले जसरी कुखुरालाई एक एक गरेर खुइलाएपछि चारो फ्याक्दै आफ्नोपछि लाग्ने बनाएर सांसदहरूलाई जनतालाई कसरी राख्नुपर्छ भन्ने शिक्षा दिएका थिए नेपालका हिटलरहरूले पनि त्यही गरिरहेका छन् । जनताले जबसम्म यो कुरा बुझ्दैनन् तबसम्म नेताहरूलाई आफूलाई भुत्लाउन दिइरहने छन् ।   mबलष्कजबचmबण्द्दघढ२नmबष्।िअयm


Views: 238