13th April | 2021 | Tuesday | 6:30:56 PM

विज्ञानको जननी संस्कृत

नारायणप्रसाद निरौला   POSTED ON : माघ २६, २०७७ (९:५१ AM)

विज्ञानको जननी संस्कृत

विशिष्ट ज्ञान नै विज्ञान हो । जसको अथाह ज्ञान राशि संस्कृत वाङ्मयमा अन्तर्निहित छ । आजको यो वैज्ञानिक युगसम्म ल्याइपु¥याउने गुरु नै संस्कृत वाङ्मय हो । आज जति पनि आविष्कार भएका छन् ती सबै संस्कृत वाङ्यकै उपज हुन् । सम्पूर्ण विषयवस्तुको आधार संस्कत वाङ्मय नै हो । पाश्चात्य जगत्ले दिएका ज्ञानलाई मात्रै विज्ञानको अर्थ लगाउने हाम्रो अज्ञानताले नै आज हामी हरेक क्षेत्रमा पछाडि परिरहेका छौं । हरेक आविष्कारका पछाडि संस्कृत वाङ्मयकको देन छ भन्ने कुरा अब बुझ्नु जरुरी छ । 

संस्कृत भाषालाई देववाणी भनिन्छ । अर्थात् देवताको भाषा पनि संस्कत नै भएकाले गर्दा हरेक देवकार्य र पितृकार्यमा संस्कृत भाषाको नै प्रयोग गर्ने पौरस्त्य पद्धति हाल पनि विद्यमान छ । हजारौं वर्ष पहिलेदेखि नै संस्कृत भाषाको प्रयोग भएको इतिहास पाइन्छ । वेद यही संस्कृत भाषामा नै संरचित छ । संस्कृत वाङ्मयको आदि स्रोत वेद भएकाले पनि यसको विशिष्ट स्थान रहेको पुष्टि हुन्छ । वेद विज्ञानको पनि विज्ञान हो । हरेक विषयवस्तुको चर्चा वेदमा पाउन सकिन्छ । चाहे संस्कृति होस् चाहे सभ्यता अनि भाषा, साहित्य, कला आदि हरेक विषयवस्तुको मूल स्रोत वेद नै हो । वेदकै अनुयायी आजका आम मानव जाति भएका कारण पनि संस्कृत वाङ्मयलाई विज्ञानको जननीका रूपमा सजिलै प्रष्ट्याउन सकिन्छ । 

आजका आकासमा उड्ने जाहाजको परिकल्पनाकार स्वयं ब्रहृमा हुन् । राइट दाजुभाइ नै वायुयानका प्रवर्तक मान्ने आजको आमधारणा बनाउनु विडम्बना हो । रामायण हजारौं वर्ष पुरानो ग्रन्थ हो र त्रेता युग पनि लाखौं वर्ष पुरानो समय हो । हो यही समयमा घटेका घटनाको अंकन रामायणमा पाइन्छ । जहाँ कुवेरको हंस विमान भएको इतिहास छ । जुनपछि रावणले खोसेर लगेको थियो । जसमा इच्छाअनुसार जहाँ पनि पुग्न सकिन्थ्यो । यो यथार्थ इतिहास हो । मय दानवको चामत्कारिक वस्तु निर्माण गर्ने सीपको पनि इतिहास सजिलै पाउन सकिन्छ । पुष्पक विमान मनको इच्छानुसार चल्ने थियो जुन आजका वैज्ञानिकले निर्माण गर्न सकेका छैनन् ।

अकाशीय ग्रहहरूको अवलोकन गर्ने परम्परा पनि अत्यन्त प्राचीन मानिन्छ । ऋग्वैदिक कालदेखि नै यस परम्पराको थालनी भएको हो । सूर्यकै केन्द्रीयतामा यो धर्ती अडेको छ, ऋतुको कारण सूर्य हो, वायुको कारण सूर्य हो भन्नेकुरा ऋग्वेदमा प्रष्ट उल्लेख पाइन्छ । सूर्यस्य चक्षु रजसैत्यावृतं तस्मिन्नार्पितं भुवनानिविश्वा । (ऋग्वेद, १।१६४।१४) भन्ने ऋचाले उक्त कुरा पुष्टि गर्छ । यसैगरी पूर्वामनु प्रदिशं पार्थिवानामृतून् प्रशासद्विदधावनुष्ठु । (ऋग्वेद,१।९५।३) त्यस्तो सूर्यद्वारा ऋतुहरूको नियमन गरेर क्रमशः पृथ्वीका पूर्वादि दिशाको निर्माण गरिन्छ । यसरी सूर्यको अवलोकन गरेर सूर्यलाई नै आधार लिई अन्य भूगोलीय वर्णनले ऋग्वेदकालबाटै आकाशीय ग्रहहरूको अवलोकन गर्ने परम्परा सुरु भएको प्रमाणित हुन्छ । तर कतिपय आधुनिक बुझाई भिन्न छन् । सूर्यको अध्ययन इसाको पन्ध्रौं शताब्दीपछि नै गर्न थालिएको हो । सूर्य केन्द्री अवधारणा निकै प्राचीन भए पनि भर्खरैमात्र आएर यसको वैज्ञानिकीकरण भएको मान्ने गरिन्छ । जुन ऋग्वेदमै हजारौ वर्ष पहिले अंकन भइसकेको छ । आजको केही अनुसन्धानलाई मात्र विज्ञान मान्ने हाम्रो धारणमा अब परिवर्तन हुनु आवश्यक छ । सम्पूर्ण विज्ञानको पनि विज्ञान संस्कृत वाङ्मय अर्थात् वेद नै हो ।

पृथ्वीको आकर्षण सिद्धान्तका प्रतिपादक भास्कराचार्य हुन् । एघारौं शताब्दीका भास्कराचार्यलाई प्रचार नगरी केवल पन्ध्रौं शताब्दी पश्चात्का अनुयायीलाई वैज्ञानिक मान्नु कति उचित हुन्छ ? भास्कराचार्यले आफ्नो सिद्धान्त शिरोमणि ग्रन्थामा प्रष्ट उल्ल्ेख गरेका छन् । नान्याधारः स्वशक्त्यैव वियति नियतं तिष्ठतीहास्य पृष्ठे ..( सिद्धान्त शिरोमणि, गोलाध्याय श्लोक २) उनले पृथ्वी आधारहीन छ, कुनै पनि आधारमा अडिएको छैन यो केवल स्वशक्ति अर्थात् आफ्नै आकर्षण शक्तिले अडिएको छ भनेका छन् । उक्त कथनले पनि आकर्षण सिद्धान्तको पुष्टि गर्छ । सत्रौं शताब्दीका न्युटनलाई नै आकर्षण सिद्धान्तका आदि वैज्ञानिक मान्ने तर एघारौं शताब्दीका भाष्कराचार्यलाई किन नमान्ने ? तथ्य बुझ्नु आवश्यक छ । 

यसैगरी टेलिस्कोपका निर्माता ग्यालिलियोलाई भन्ने चलन छ । जो सोह्रांै शताब्दीका व्यक्ति हुन् । ग्यालिलियो भन्दा चार पाँच सय वर्षअघिका भाष्कराचार्यले गोलयन्त्रको निर्माण गरी आकाशीय ग्रह गणना गरेको कुरा उक्त सिद्धान्त शिरोमणिको गोलाध्यायमा वर्णित छ । अझ भास्कराचार्य पूर्वचौथो शताब्दीका आर्यभट्टले पनि सोही चर्चा गरिसकेका छन् । यसैगरी गणितका सिद्धान्त पनि वेदबाटै निकालिएका हुन् । वेद नै गणितको आदि स्रोत हो । अंकगणित, बीजगणित,ज् यामिति, क्षेत्रमिति, चलनकलन आदि थुप्रै गणितका सिद्धान्त एवं अवयव वेदका ऋचा ऋचामा व्याप्त पाउन सकिन्छ । 

भाषाविज्ञानको कुरा गर्ने हो भने पाणिनीय व्याकरण जस्तो वैज्ञानिक व्याकरण व्यवस्था संसारमा आजसम्म कसैले निर्माण गर्न सकेको छैन । नोम चम्स्की, फर्डिनन डि सस्युर आदि विद्वान पनि पाणिनिका अनुयायी नै हुन् । फिलमोरका कारकभन्दा पाणनिका कारक व्यवस्था निकै वैज्ञानिक मानिन्छन् । १४ वटा सूत्रका माध्यमले सम्पूर्ण संस्कृत भाषाको वैज्ञानिक व्यवस्थापन गर्न सक्षम पाणिनीय व्याकरण व्यवस्था आज उत्तिकै अब्बल मानिन्छ । 

संगीतको उत्पत्ति नै सामवेदबाट भएको हो । सा रे ग म प ध नि सा सामवेदकै देन हुन् । डो रे मि फा सि ला सि डो पनि तिनै सात सुर हुन् जो सामवेदमा वताइएको छ । गायन विधाका हरेक विषयवस्तु सावेदमा पाइनुले पनि यसको पुष्टि गर्छ । सुर र तालको व्यवस्था उही सामवेदीय उच्चारण प्रक्रियाबाटै अघि बढेको हो । नृत्य क्षेत्रको आदि स्रोत संस्कृत वाङ्मयलाई नै जान्छ । शिवलाई नृत्यका गुरु मानिन्छ । 

 कलाको अदि स्रोत वेद नै हो । चित्रकला, वास्तुकला, मूर्तिकला लगायतका थुप्रै कलाको विकासमा संस्कृत वाङ्मय अगाडि छ । मन्त्रमा शक्ति निहित हुने र उक्त शक्ति प्राप्त गर्न साधना अर्थात् तपस्या गर्नुपर्छ भन्ने वैदिक उक्ति नै आज सिद्ध भइरहेका छन् । अथक मिहिनेत र परिश्रमाटै कठिन कार्यहरू सम्भव हुन्छन् । वेदले विश्व मानव समुदायलाई बाँच्न सिकाएको छ । निःस्वार्थ र आध्यात्मि बन्न अभिप्रेरित गरेको छ । सत्यं वद । धर्मं चर । स्वाध्याययन मा प्रमद । मातृदेवो भव । पितृदेवो भव । गुरुदेवो भव भनेर सबैलाई देवत्वको कोटि प्रदान गर्ने वैदिक विषयवस्तु आज गौण बनाइएका छन् । जसको परिणति नै आज अशान्ति आगो दन्कनु हो । विश्व शान्तिको कामना गर्दै द्यौशान्तिरन्तरिक्ष शान्ति (यजुर्वेद, ३६।१७) भनेर वेदमा गाइएको छ । शान्ति नचाहने संसारमा को हुन सक्छ ? संस्कृत वाङ्मयले संसारमा सुख पूर्वक बाँच्न सिकाएको छ । वेद कलाको पनि दर्शन हो । जसले आशावादी जीवन बाँच्न अभिप्रेरित गरिरहेको छ, बुझ्न नसक्नु हाम्रो विडम्बना हो । 

संस्कृतिको मूल वेद नै हो । संस्कृत–संस्कृतेर्मूलम् भनिएको छ । अर्थात् संस्कृत नै संस्कृतिको मूल हो । वैदिक सभ्यतालाई विश्वको सर्वप्राचीन मानिन्छ । वैदिक परम्परामै आज पनि हामी चलिरहेका छौं । हाम्रा हरेक कर्म वैदिक विधिविधान अनुसार हुनेगर्छन् । जन्मदेखि मृत्युसम्मका सोह्र संस्कार हाम्रा वैदिक कर्मकाण्ड हुन् । जसले यो लोकको संस्कृति र सभ्यतालाई सुन्दर बाइरहेका छन् । एक आपसमा भेटघाट एवं दुःख सुख साट्ने दिनका रूपमा चाड पर्व मनाउने पद्धति पनि वैज्ञानिक छ । जसको आदि स्रोत संस्कृत वाङ्मय अर्थात् वेद नै हो । 

चिकित्सा शास्त्रका चरक र सुश्रुत मुख्य ग्रन्थ हुन् । काया चिकित्सा र शल्य चिकित्सिाका विविध विधा उक्त ग्रन्थमा उल्लेख पाइन्छ । आजका अंग्रेजी दवाई केवल रोग निरोध गर्नेमात्र हुन् निदान गर्ने होइनन् । तर, आयुर्वेदीय चिकित्सा रोग निदान गर्ने पद्धति हो । यही आयुर्वेदीय पद्धतिकै अनुसरण गरेर आजका आधुनिक औषधिहरू निर्माण भएका हुन् ।

चाहे भूगोल भनौ चाहे खगोल हरेक क्षेत्रको आद्य स्रोेत वेद अर्थात् संस्कृत वाङ्मय नै हो । साहित्य, संगीत कला आदि हरेक क्षेत्रमा संस्कृत वाङ्मय विद्यमान छ । चाण्क्य एवं विदुरका नीतिशास्त्र आजको राजनीति शास्त्रका पाठ बनेका छन् । महाभारत राजनीतिकै एक उदाहारण हो । कौटिल्यको अर्थशास्त्र आज पनि अब्बल छ । त्यसैले पनि हरेक विषय र क्षेत्रका कण कणमा संस्कृत रहेकाले यसको महत्व बुझ्नु, बुझाउनु र अनुसरण गर्नु आवश्यक छ । किनकि संस्कृत विज्ञानको जननी हो । लबचबथबललष्चबगबिछ२नmबष्।िअयm

उपप्राध्यापक

नेपाल संस्कृत विश्वविद्यालय


Views: 126