13th April | 2021 | Tuesday | 6:20:22 PM

समय, समाज र सामाजिक रूपान्तरण

मेघनाथ दाहाल   POSTED ON : माघ २७, २०७७ (९:२० AM)

समय, समाज र सामाजिक रूपान्तरण

समयको गति र समाजको परिवर्तन सधैं भइरहने अनन्त वस्तुहरू हुन् । व्यक्ति, समाज र समुदायले चाहेर पनि समयको गति तथा परिवर्तनलाई रोक्न तथा आफ्नो परिवेशमा पार्न नसक्नेमात्र नभएर स्वयं आफैं समयको चक्रसँगै बढारिएर जानुपर्ने हुन्छ । थोरै अपवादलाई छोडेर हेर्ने हो भने हामी सबै समयको बहाव र गतिसँगै आफूलाई समाहित गर्दै जानुमै जो कसैको बुद्धिमानी ठहर्ने कुरामा दुईमत रहँदैन । समय तथा यसको सही र उपयुक्त किसिमको प्रयोग व्यक्ति, परिवार, समुदाय र देश एवं विश्व परिवेशमा मानव तथा सम्पूर्ण जीवात्माहरूको निरन्तरता गर्न सकिएको खण्डमा हामी र हाम्रो समाजको उन्नति तथा प्रगतिलाई कसैले रोक्न सक्दैन । 

यसैलाई शायद महान् वैज्ञानिक डार्बिनले जो उपलब्ध वातावरणमा मिल्छ त्योमात्र बाँच्न सक्दछ भनेर गए । वातावरणीय र भौगोलिक परिवेशमा हामी मानवबाहेक अन्य जीवजन्तुलाई मात्र यो र यस्तोखालको कुराहरूको अर्थ हुन्छ भनेर आफ्नो लघुताभाषले आफैंलाई होच्याउने काम गर्दछौं तर समयले त कसैलाई बाँकी राख्दैन । समयकै कारण मानिस असाध्यै शक्तिशाली तथा निम्छरो वा महान् दार्शिनिक तथा कमजोर बन्न सक्दछ । 

भौगर्भिक चाल तथा सौर्यमण्डलको र पृथ्वीको गतिकै कारण हामीले सधैं भोगिरहेको समय तथा यसको निरन्तरताको परिणामस्वरूप हामी आफ्नो तथा अरूको समय तथा जीवनलाई कटाउँदै आफू र आफ्नो क्षमता, दक्षता र रुचिनुसारको कामलाई लिएर अगाडि गइरहेका हुन्छौं । यसै क्रममा जसले उपयुक्त समयलाई आफ्नो क्षमता, लगन तथा इमानदारीताका साथै थोरै साम, दाम, दण्ड, भेदलाई सही समयमा प्रयोग गर्दछ त्यो व्यक्ति तथा समाजले फड्को मार्न समय लाग्दैन अन्यथा बितेको समय र बगेको पानीको फेरि प्रयोग गर्छु भन्नेजस्तो मुख्र्याइँ कसैले नगर्दा हुन्छ ।

समाज पनि समय तथा यसको नियमानुसारै परवर्तित तथा चलायमान हुन्छ । समाजको विकास क्रममा विभिन्न प्रकारका उतार चडावहरूको ठूलै हावा, हुन्डरी तथा बतासले त्यस समाजको विभिन्न नियम, कानुन, मूल्य, मान्यता, तथा आदर्शमा समायानुकूल परिवर्तन भइरहन्छन् । समाज निर्माणको आधार आदिम समयमा त्यस्तो स्थान जहाँ पानीको स्रोत र भोक टार्नका निमित्त खानपाइने जंगली जनवारहरूको उपस्थितिबाट सुरु भएर आज वस्तु, सेवा तथा प्राविधिक तथा सामाजिक रूपमा उन्नत समाज जहाँ एउटा व्यक्तिले आफ्नो मौलिक स्वतन्त्रतालाई कानुन र संविधानले दिएको छुटको परिधिभित्र रहेर व्यक्तिगत स्वतन्त्रतालाई उच्चतम हिसाबमा प्रयोग गर्न पाउने समाजतिर उन्मुख हुँदै गएको पाइन्छ । 

यसैलाई हामी एक्काइसौं शताब्दीको विकास तथा उन्नति भन्ने गर्दछौं जहाँ व्यक्ति नै पुरापुर ब्रहृमा, विष्णु तथा महेश्वरको रूपमा आफूलाई प्रयोग गर्न पाओस् । यो र यस किसिमको समाज निर्माण तथा समाजको सञ्चालनमा समयक्रमसँगै विभिन्न वाद, सिद्धान्तहरू तथा प्रयोगले नै समाजको विकासमा इँट्टा थप्दै आजको एक्काइसौं शताब्दीको समाजमा मानव तथा सम्पूर्ण जीवित तथा अन्य मानव निर्मित तथा प्राकृतिक रूपमै उपलब्ध वस्तुहरूलाई उपभोग्य वस्तु तथा सेवामा रूपान्तरण गरेर हामी सजिलो तथा सुलभ किसिमको समाजिक परिवेशमा बाँच्न सफल भएका छौं ।

आजको नयाँ पुस्ता विश्वव्यापीकरण तथा सूचना र सञ्चारको सजिलो पँहुचका कारण विश्वपरिवेशसँग परिचित तथा आफूलाई सुहाउने समाज निर्माण तथा समाजको जग हाल्नसक्ने क्षमता राख्ने विश्वासका साथ आइरहेको छ । यदि समाज र सामाजिक रूपान्तरणको नाममा राजनीति तथा यसको विभिन्न तानाबुनालाई सारथी बनाएर युवा र यो शक्तिसँग भएको सामथ्र्यलाई आफूअनुकूल प्रयोग तथा डाइभर्ट गर्ने कार्य गरेमा समाज तथा समुदायलाई त्यसले फाइदा गर्न सक्दैन । 

आजको समाज सञ्चालनको मूल इञ्जिन भनेकै ज्ञान, प्रविधि र सीपयुक्त श्रमशक्ति हो जुन सबै हिसाबले युवासँगमात्र रहेको पाइन्छ । यो संयन्त्रमा युवा परिचालन अनुभव र निष्ठासहितको नेतृत्वको आवश्यकता समाजले परिपूर्ति गर्नुपर्ने हुन्छ र विस्तारै पुस्तान्तरणमा आफूलाई सहज ढंगले समाहित गर्दै जानुपर्ने हुन्छ ।

प्रसंग सामाजिक रूपान्तरण तथा समाजको बहुसंख्यक मानिसहरूको समान्य जीवनयापन तथा सेवासुविधा तथा उन्नति तथा प्रगतिलाई लिएर भएका तथा हुने गरेका राजनीतिक तथा अन्य सबैखालका सहभागिता र मूलप्रवाहीकरणमा नेपालमा भएका तथा भइरहेका वा हुनेगरेका समाजिक, राजनीतिक तथा सांस्कृतिक दृश्य वा अदृश्य गति तथा चलायमान स्वरूपले हाम्रो सम्पूर्ण समाज तथा समाजको विद्यमान नैसर्गिक विशेषताहरूसहित रूपान्तरण कुन दिशातर्फ निर्देशित भइरहेको छ वा हुनुपर्ने हो भन्ने आजको सबैभन्दा ठूलो चुनौती तथा चासो रहेको पाइन्छ ।

भौगोलिक रूपमा हामी र हाम्रो बनौट कृषि एवं औद्योगिक कार्य त्यति उपयुक्त देखिँदैन किनभने तराईको एक चौथाइ क्षेत्रफल र त्यसमा जनसंख्याको पचास प्रतिशतभन्दा बढीको चाप तथा बाँकी रहेको पहाडी र हिमाली प्रदेशले तीन चौथाइलाई लिएर बनेको हिमालको काखमा अवस्थित पहाडी मुलुक मूलतः पर्यटन, अमिलो जातको फलफूल, जडिबुटीका साथ तराईमा धान, मकै, गहुँलगायत मानव निर्मित पूर्वाधारहरूको बेजोड प्रबन्ध गर्न सकिएको खण्डमा मात्र आर्थिक रूपान्तरणको खाका कोर्न तथा सामाजिक तथा सांस्कृतिक रूपमा अगाडि जाने बाटाको नक्शा कोर्न सकिने दखिन्छ ।

तर, आजका दिनसम्म जनसंख्याको तीन करोडको हाराहारीको गन्ति तथा असाध्यै ठूलो प्रतिशतको काम गर्ने श्रमशक्ति र प्राकृतिक स्रोतहरू मूलतः हिमालयबाट सुरु भएका नदी तथा स्वच्छ पानीको मुहानहरूको उपलब्धताले उज्ज्वल भविष्यको सपना देख्न सबै नेपालीलाई नरोके तापनि सामाजिक, आर्थिक रूपान्तरणमा कहाँनेर चुक्यौं वा हाम्रो विकास प्रयासको पाइला कसरी र कुन कारणले चिप्लिन पुग्यो, आजका दिनसम्म पत्तै नलागेको हो वा थाहा पाएर थाहा नभएको जस्तो गरी हामी बसिरहेका छौं । 

राणाकालभन्दा अगाडि हामी विश्व मानचित्रमा मात्र थियौं तर हाम्रो उपस्थितिलाई त्यति धेरै महव दिने गरेको पाइँदैन । भारतमा बेलायतको औपनिवेशिक समयमा राणाजीहरूको सम्बन्धले हामीलाई युरोपसम्म त पु¥यायो तर यसले स्वयं राणाहरूको र उनीहरूको वरिपरि सलामी तथा हजुरी टक्र्याउनेहरूलाई मात्र सजिलो बनाउन सफल भएको इतिहासले नै देखाउँछ । भारतबाट बेलायतीलाई पठाएपछि हामीले प्रजातन्त्रलाई भिœयायौँ तर यसलाई त एक दशकभित्र नै राजा महेन्द्रले पञ्चायती शासनको सुरुवातसँगै बिदा गरेर अर्को तीस वर्ष फेरि शासन व्यवस्था परिवर्तन तथा यसैको चटारोमा देशलाई अँध्यारोमै राखियो । 

छयालीस सालको पुनःस्थापनापछिका चार पाँचवर्ष राम्रोसँग देशलाई नचलाई फेरि हामी अर्को शासन व्यवस्थाको परिवर्तन प्रत्यक्ष वा परोक्ष हिसाबले लाग्यौं जसले राजालाई त बिदा ग¥यो र गणतन्त्रलाई भित्र्याउन सकियो तर फेरि सत्तरी प्रतिशत जनसंख्यको जीवनचर्या तथा साँझ बिहानको समस्या र रोजिरोटीलाई सम्बोधन गर्न सकिएको छनक देखिँदैन । 

समाजिक रूपान्तरणका लागि आवश्यक आधारहरू के के हुन्, तिनीहरूका लागि सर्वदलीय वा विज्ञहरूको सल्लाह सुझाब वा आवश्यक परेको खण्डमा वैदेशिक कन्सल्ट्यान्टहरू ल्याउनुपर्ने हो वा हामी र हाम्रो संयन्त्रमा कुनै किसिमको परिवर्तन वा संरचनै नयाँ ल्याउनुपर्ने हो जस्ता कुराको व्यापक एवं सर्वपक्षीय छलफलको आवश्यकता महसुस हुन थालेको छ । अब यी र यस्ता खालका पक्षहरू पो राजनीति तथा शासन व्यवस्थाको परिवर्तनभन्दा बढी महत्व राख्न थालेको आभाष हुन थालेको छ । 

सधैं राजनीति तथा शासन व्यवस्थाको चटारोभन्दा हामीभित्रका वर्षांैदेखिका अनुत्पादक तथा समाज तथा समुदायको हितमा नभएका चलन तथा प्रथाहरूलाई सामूहिक प्रयास तथा जोडबलको सहायताले समाजबाट फाल्न सकेमा पो केही हुन्छ कि । सधैंभरि शासन व्यवस्थाको परिवर्तन तथा दिनुहुँको राजनीति तथा पर्दशनले हामी र हाम्रो समाज, सामाजिक संस्थाहरू तथा तिनको आडमा रहेको हाम्रो परिचय तथा सार्वभौमिकतामाथि अस्थिरताको कारण नसोचेको र नपत्याएको शक्तिले विस्तारै तर नराम्रोसँग जरा गाड्दै गयो भने भोलि त्यसको भागिदार हामी सबै हुनुपर्ने हुन्छ ।

समाजको आफ्नै किसिमको मौलिक तथा भूगोल र पर्यावरणसँग मेलखाने किसिमको उत्पादन, उपभोग, विनिमय तथा वितरण हुने गर्दछ । यस किसिमको क्षमतालाई प्रविधि तथा आजको शताब्दीसँग मिलाएर विश्वबजार तथा ब्यापारलाई सुदृढ बनाउँदै जान सकेको खण्डमा मात्र अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई मजबुत बनाउन सकिने र सम्बन्धलाई न नयाँ शिराबाट परिभाषित गर्न सजिलो हुने देखिन्छ । यसका साथै आन्तरिक रूपमा सुशासन, पारदर्शिता तथा भ्रष्टाचारविहीन समाजको निर्माण सामाजिक रूपान्तरणका लागि नभइनहुने तत्वहरू हुन् । 

विश्वव्यापीकरण तथा कर्पोरेट अर्थतन्त्रले हामीलाई विस्तारै गाँज्दै लान थालेको आजको स्थितिमा राजनीतिक पार्टीहरू तथा तिनका लाखौंका संख्याका कार्यकर्तालाई शिक्षा, सीप, क्षमता र दक्षता वृद्धिका लागि उत्प्रेरित गर्नुको साटो संख्याको शक्ति प्रदर्शनले हामीले सोचेको सामाजिक रूपान्तरणमा कत्तिको सहयोग पु¥याउला त्यो त समयले बताउनेछ । तर, ढिलो नागरिक नै उत्पादनसहितको न्यायोचित वितरणमा सामाजिक संस्थाहरू र तिनका सञ्चालकलाई अग्रसर बनाउन राजनीतिक पार्टीहरूले सही तथा ठोस कदम नचाल्ने हो भने भोलिका दिनमा पछुताउनुभन्दा केही बाँकी रहने छैन ।


Views: 515