13th April | 2021 | Tuesday | 7:38:27 PM

पर्यटनको सम्भाव्यता र हाम्रा व्यवहारहरू

दामोदर लामिछाने   POSTED ON : माघ २९, २०७७ (८:१८ AM)

पर्यटनको सम्भाव्यता र हाम्रा व्यवहारहरू

हाम्रो देश ‘नेपाल’ दिव्यबुटीसमेतको आश्रय भई अन्यान्य मुलुकको समेत आदरणीय भएको हिमालय पर्वत शृंखलाबद्ध तरिकाले रहेको पर्वत, सगरमाथा हिमाल, वीर गोरखालीको गाता विश्वको दोस्रो जलस्रोतको भण्डार रहेको साथै ‘भगवान’को आश्रयस्थलसमेत रहेको पुण्य भूमिमा जीवनोपार्जनका लागि दिनरात मिहिनेतका साथ परिश्रम गर्दैै पसिना चुहाएर प्रत्येक विषयवस्तुहरूमा आत्म निर्भरको विश्वस्ता रहेको राष्ट्र हो । 

मौरीले मह जम्मा गर्छन् तर हर्छन् परन्तु अर्काले । यी प्राणीका प्राण रक्षा भएदेखि रक्षा हुन्छ सबैतिर ‘भगवान’ को इच्छा र तपस्याबाट प्राप्त भएको यो हिमवतखण्ड राष्ट्रमा जताततै क्षति र कुभलो हेर्न सकिँदैन भने के बुझ्नु छ र ? हिन्दू भई जन्मनु केवल संयोगमात्र होइन, पूर्वजन्मको संस्कार र भगवान्को विशेष अनुकम्पा पनि हो ।

राष्ट्रको बागडोर लिएर सत्ता सम्हाल्नु भएको हो भने जनताको हितमा लागे आफू पनि जनता नै हो तसर्थ अघि बढ्दै जानु नै हाम्रो समस्त मार्गपथमा फूल अवश्यमेव फक्रेर, फूलेको नै पाउँछौं । विश्वभरिका जनत यस रमणीयस्थल हेर्ने मनसुवा राखी आफ्नो आफ्नो कार्यक्रम यस राष्ट्रतर्फ अवश्यमेव लगाउने छन् । देखे सुनेकै कुरा हो चन्द्रमाले आफ्नो प्रकाश सारा आकाशमा फैलाउँछ तर दाग भने आफैंसँग राख्दछ । 

धेरै उच्च विचारहरूलाई फक्रन, उम्रन सक्ने शक्ति प्रदान गरिएको मानव जीवन हो, आयु मानवको सीमित हुन्छ, राजा होस्, शासक वा सर्वसाधारण यो भौतिक अस्तित्व सधैंका लागि पाएको हुँदैन । त्यसकारण मारिएका जनताको छोटिएको आयु मार्नेहरूमा गएर कदापि थप हुँदैन । भोग्नुपर्छ सबै शास्त्रको विधान विधिले हो यो गरेको भनी गर्नुपर्दछ भोग जति जहाँ आइपरेता पनि भनिन्छ पनि कि विधिको शासनको अगाडि मानवीय शासन कहीँ कुनै मुलुकमा सन्तोषजनक देखिँदैन । 

कसैले सबैलाई सम्पूर्ण प्रशन्न गराउन सकिँदैन त्यसको अर्थ आफ्नो राष्ट्रको गौरवमय इतिहास, संस्कृति परम्परा र पर्यटकीय क्षेत्र मास्न त पाइन्न नि अनेक सडक, पोखरी, इनार, धारा, कुवा पाटीपौवा बनेका नै थिए ती ज्ञानीहरू त सबै आखिर यही देशका नागरिक नै थिए, यो राष्ट्रका निर्माता पृथ्वीनारायण शाह जसले चौकुना तयार पारी यस देशलाई संरक्षण गर भनेर पुर्खालाई छोडिदिँदा सन्देश दिएका थिए ‘देशका महाजनहरू (विदेशी) हाम्रा मुलकमा आया भन्या दुनियाँ कंकाल गरी छाड्छन्’ हाल यहाँको स्थिति भयावह हुँदै गएको ज्वलन्त उदाहरण दिन प्रतिदिनदेखि, बुझिआएको कुरामा दुईमत नहोला । 

मित्रताको तारको पनि दुई टुप्पा हुन्छन् । दुई मन एक हुन दुई मानवको आवश्यकता पर्छ, पुस्तौंपुस्तादेखि वीर गोरखालीहरूले आफ्नो पौरख देखाई निर्माण गरेको नेपाल हाल त्यस्तो महान् पुरुष र महिला असुरक्षाको घेराभित्र देखिन्छन् । यो मुलुक राजनीतिज्ञहरूका कारण वा विनाकारण कैयौं संकट र प्रकोपबाट बचेर यहाँसम्म आइपुगेको छ । 

पथ भएपछि चालकको जिम्मा दिइएको मार्ग चालकले नै तय गर्लान्, समयमा मर्मत नभएर पनि चालकलाई दोष ? एक आपसमा समझदारी कायम गर्न पनि कानुन नियम केही त होला इतिहास रचिएन रच्नेहरूले लेखेनन् लेख्नेहरूले पनि रचेनन् होला भन्न सकिँदैन । यस देशले ठूलो नाम कमाएको छ ‘विनासरकारको’ । यस्तो समयमा हिन्दू सदाचार र संस्कृतिको संरक्षण सम्बद्र्धनमा सनातन धर्मालम्बीहरू दत्तचित्त हुनु नितान्त आवश्यक छ । हाम्रा धर्म संस्कृति नरहे हामी पनि रहने छैनौं यो धु्रव सत्य हो । 

विश्वको छातामाथि कुनै पर्यटकलाई पु¥याउने धर्म र संस्कृतिको मनग्य पर्यटकीय स्थलहरू रहेको हाम्रो देश कसलाई पो एकपटक हेरूँ भन्ने जिज्ञासा नहोला र ? भाव व्यक्त गर्ने स्वतन्त्र अधिकार जे सत्य हो, जे राष्ट्र र जनताका लागि चासोपूर्ण र हितकर छ, स्वार्थपूर्तिका लागि प्रयोग हुने भ्रष्टाचारी दूराचारीहरू आस र त्रासको जाल पनि हो, यहाँका जनताले प्रत्येक दिन भोगिआएका छन्, छटपटी पीडा, चिन्ता, आरोप र प्रत्यारोपमाथि स्वार्थी बाँच्न त चाहिन्छ नै, किनकि समाज बन्नबाटै सुरु हुनेछ, शायद यही चरित्रले देश बन्ला । 

हजारौं कोषको यात्रा एक पाइलाबाटै सुरु हुने हुँदा हजारौं पर्यटकलाई भिœयाउने वातावरण कहिले सिर्जना गर्ने खाली विदेशी पर्यटक यसपालि कम भित्रिए भन्न जनमानसमा पठाउने समाचारमात्र हुनेछ, नेपालमा सडक यातायात भन्नु नै जुद्धशमशेरका पालामा बनेका काठमाडौं–वीरगञ्ज जोड्ने राजपथ हो । विसं २०१५ सालदेखि सो राजपथमा काठमाडौं–अमलेखगञ्ज नियमित बस सेवा सुरु भएको हो । कुरीति छ जतासुकै हिमाल, पहाड, तराई । तसर्थ श्रमिकलाई यथायोग्य स्थानमा राज्यले सम्मान गर्दै परिपाटी निर्माण गर्नु जरुरी रहेको विगत वर्षौंदेखि महसुस गरिआएको सन्दर्भ हो । 

अहंकारबाट देश र जनताको कुनै पनि समस्याको समाधान निस्केको इतिहास भेटिँदैन, हामीसँग भएको प्राकृतिक बनौटलाई सजाएर संरक्षण गरी जनताहरूलाई आकर्षित गर्ने राम्रो वातावरण सिर्जना गरी काम गरे त जनताले जनताका लागि जनताद्वारा शासन गरी राष्ट्रलाई बचाउने निर्माण गर्ने र समृद्ध बनाउन अवधारणायुक्त इच्छाशक्ति चाहिन्छ । 

देशमा अवस्थित कुनै पनि क्षेत्रहरूलाई संरक्षण र सम्बद्र्धन गर्न सके प्राकृतिक मूलबाटै पर्यटकीय गन्तव्य बनाउन नितान्त आवश्यक रहेको विगत वर्षौंदेखि महसुस गरिएको सन्दर्भमा पर्यटकीय र ऐतिहासिक स्थलसँग जोडेर पर्यटकीय विकास गर्ने योजनाको कार्य सम्पादन हुनुपर्ने थियो । 

भविष्यमा आन्तरिक र बाहृय पर्यटकको आकर्षणको थलो बनाई पर्यटकहरूको बसाइ लम्याउन सकिने गरी योजना तर्जुमा गर्दै निर्माण सम्पन्न गर्नसके यो देशका रमणीय स्थलहरूको दृश्यावलोकनका लागि संसारका कुनै राष्ट्रबाट अवलोकन भएकै देखिएको छ । साथै एकपटक नेपाल हेर्ने धोकोले पर्यटकहरू लालयित हुने नै छन् । यसरी ज्ञान विज्ञान र सबै कलाले परिपूर्ण भएकी यस्ती ‘नेपाल आमा’ को काखमा बस्न जो कोही लालयित हुनेछन् । नेपाली कला वास्तविकता वा आदर्शताकापूर्ण रूपले विकास भएको यहाँका वातावरणले प्रगतिशील कलाको परिधिभित्र समस्त नागरिकको स्वास्थ्य लाभ होस् । पर्यटकीय क्षेत्र विकासमा खम्बाको रूपमा यो देश परिचित भई प्राचीन विषयमा जानकारी लिन चाहनेहरूका लागि भरपुर सदुपयोग गर्न सकियोस्् । 


Views: 59