13th April | 2021 | Tuesday | 8:23:29 PM

चीनको आर्थिक विकासको अवस्था

डा.सुमनकुमार रेग्मी   POSTED ON : माघ ३०, २०७७ (८:५५ AM)

चीनको आर्थिक विकासको अवस्था

चीनमा दुई दशक लामो औद्योगिकीकरण र दुई अंकको आर्थिक विकास भएपनि वातावरण सुधार्न सकेको देखिँदैन । त्यसै कारणले चीनको कम्युनिष्ट पार्टीले आगामी वर्षहरूमा वातावरण प्रदुषण हटाउन जोड दिने भनेको थियो कोरोना भाइरस महामारीबाट केही राहात प्राप्त भएकाले चीनको निकासी सन् २०२० जुलाईमा ७.२ प्रतिशतले बढेको पाइन्छ । चीनको आर्थिक वृद्धिदर सन् २०२० जनवरीतिर विगत ३० वर्ष यताकै भन्दा कम अर्थात् ६.१ प्रतिशत भएको थियो । यो कोरोना भाइरस महामारीको सुरु थियो । त्यसर्थ कोराना भाइरसका कारण २०२० र २०२१ मा चीनको आर्थिक वृद्धि कम हुने नै भयो अर्थात् ६.१ प्रतिशतको आर्थिक वृद्धिभन्दा कममा ३.२ प्रतिशतमा रहने आकलन गरिएको छ । 

अमेरिकासँग भन्सार दरमा केही खिचलो देखिए पनि अमेरिकातर्फ चीनको निकासी १२.५ प्रतिशतले अगष्ट २०२० बढेको भनिन्छ । विश्वको निकासी वृद्धिदर जुनको ३ प्रतिशत वृद्धिभन्दा बढी छ । चीनमा जुन–जुलाईमा निकासीमा समग्र वृद्धि भएको देखिन्छ । चीनमा २०१९ को अन्ततिरबाट भएको कोरोना महामारीपश्चात अर्थतन्त्रमा उपलब्धि हासिल गरेको देखिन्छ । कोराना भाइरस महामारीपश्चात विश्वको दोस्रो अर्थतन्त्र चीनको आर्थिक वृद्धि ३.२ प्रतिशत रहन गएको बताइन्छ । 

लामो समयदेखि अमेरिका र चीनबीच चल्दैआएको व्यापार युद्धले चीनमा ठूलै रूपमा असर देखाउँदै आएको छ । अमेरिका र चीनबीच चलेको ब्यापारयुद्धका कारण अमेरिकाले चिनियाँ सामानमाथि ठूलो परिमाणको भन्सार शुल्क लगाउँदै आएको छ । 

चीनले २०१९ को रक्षा बजेटमा ७.५ प्रतिशतले वृद्धि गरको छ । सन् २०१६ मा रक्षा बजेटमा ७.६ मात्र वृद्धि भएको थियो । यसपछि २०१७ मा ७ प्रतिशत र २०१८ मा ८.१ प्रतिशतको वृद्धि गरिएको थियो । कतिपय ठूला देशले आफ्नो जिडिपीको २ प्रतिशतसम्म रक्षामा खर्च गर्ने गरको छ । तर, चीनले सन् २०१८ मा आफ्नो जिडिपीको केवल १.३ प्रतिशत रक्षामा खर्च गरेको थियो । 

विश्व अर्थतन्त्र सन् २०१९ मा स्थिर अवस्थामा रहने आधिकारिक स्रोतले बताएको थियो । विगत दुई वर्षमा विश्वको आर्थिक क्षेत्र कमजोर रहेको देखिएको थियो । आर्थिक क्षेत्रमा विश्वमा महŒवपूर्ण उपलब्धि हासिल भएको बताइन्छ । विभिन्न देशका आर्थिक क्षेत्रहरूमा सुधार आउनुको पछाडि विश्वव्यापारमा देखिएको सुधार र लगानीको अवस्थामा देखिएको सुधार नै मानिएको छ । भविष्यमा सुधारका लागि संघर्ष गरिरहेका देशलाई उचित किसिमका आर्थिक नीतिहरू ल्याउनका लागि सहयोग हुने भनिएको थियो । 

एशियाका विकासशील देशमा भएका वृद्धिले विश्वव्यापी अर्थतन्त्रमा ६० प्रतिशतको योगदान गर्ने देखिएको छ । चीनको अर्थतन्त्र उपभोगमुखी भएर जान लागेको र पछिल्ला वर्षमा विश्वव्यापी जोखिमका बाबजुद विकासशील एशियाले विश्वव्यापी अर्थतन्त्र अगुवाइ गर्नेछ । चीनको आर्थिक वृद्धि सन् २०१७ र २०१८ मा क्रमशः ६.९ प्रतिशत र ६.२ प्रतिशत भनिएको थियो । २०१८ को शुरुतिर चीनले ६ दशमलव ८ प्रतिशतले आर्थिक वृद्धि हासिल गरेको थियो । २०१८ मा चीन सरकारले यस वर्ष ६ दशमलव ५ प्रतिशतको आर्थिक सुधार गर्ने भनेको थियो । चीनको आर्थिक सुधारको नतिजा सन् २०१८ को अघिल्ला महिनामा स्थिर भएको महसुस गरिएको थियो । चीनको आर्थिक वृद्धिदरको नतिजा सन् २०१७ मा पनि कमजोर रहेको थियो । 

चीनमा २०१८ मा मकै आयातमा वृद्धि भएको थियो । पछिल्लो समयमा चीनमा खाद्यान्नको उत्पादनमा निकै कमी आएको छ । तर, चीनमा भटमासको उत्पादनमा २०१७ मा वृद्धि भएको थियो । २०१७ मा चीनले नौ करोड ५५ लाख टन बराबरको भटमास आयात गरेको थियो । 

चीनले २०१७ मे महिनाको अन्तिम सातातिर आफ्नो चिनी आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यस्तो प्रतिबन्ध तीन वर्ष अर्थात् २०२० सम्म गरिएको बताइन्छ । आफ्नो आन्तरिक मिलहरूको विस्तारका लागि चीनले यस किसिमको कदम लिएको थियो । चीन विश्वको सबैभन्दा ठूलो चिनी आयातकर्ता देशको रूपमा रहिआएको छ । चीन वार्षिक रूपमा एक करोड पाँच लाख टन उखु उत्पादन गर्दैआएको थियो । साथै चीनले थप ३० लाख उखु आयात गर्दैआएको थियो ।

चीनको औद्योगिक नाफामा २०१७ को सुरुतिर २० प्रतिशतभन्दा बढीको वृद्धिदर हासिल भएको थियो । सन् २०१७ मा औद्योगिक क्षेत्रमा सुधारको राम्रो संकेत देखिएको थियो । २०१६ का अघिल्ला ६ महिनामा चीनको निर्यात व्यापारमा चार दशमलव ८ प्रतिशतको स्खलन आएको थियो । आयात व्यापार पनि आठ दशमलव ४ प्रतिशतले खस्केको थियो । 

सन् २०१७ नोभेम्बरमा चीनको आयात र निर्यात व्यापारमा उल्लेख्य सुधार आएको थियो । निर्यातमा १० प्रतिशतले वृद्धि भएको थियो भने आयात व्यापारमा १५ प्रतिशतले वृद्धि भएको थियो । २०१७ को सुरुदेखि नै वैदेशिक व्यापारमा सुधार आएको थियो । चीनमा दुई दशक लामो औद्योगिकीकरण र दुई अंकको आर्थिक विकास भए पनि वातावरण सुधार्न सकेको देखिँदैन । त्यसैकारणले चीनको कम्युनिष्ट पार्टीले आगामी वर्षहरूमा वातावरण प्रदूषण हटाउन जोड दिने भनेको थियो । 

तर, चीनको आर्थिक वृद्धि सन् २०१६ मा ६.७ भएको थियो । अरू क्षेत्रको दाँजोमा दक्षिण एशियामा तीव्र वृद्धिको आशा लिइँदै आएको थियो । यस क्षेत्रकै ठूलो भारतीय अर्थतन्त्रको पनि ७.४ प्रतिशतका दरले प्रक्षेपण गर्दै आएको थियो । चीनले विश्व अर्थतन्त्रमा सन् २०१६ मा विश्वप्यापी आर्थिक सुशासनमा रचनात्मक भूमिका निर्वाह गरेको थियो । चीनको ओद्योगिक क्षेत्रको नतिजा सन् २०१६ मा केही बलियो रहेको थियो । सन् २०१५ को तुलनामा २०१६ मा ६.९ प्रतिशतले सुधार आएको थियो । 

चीनको कुनै वर्ष त निर्यात÷आयात व्यापारमा आशा गरिएभन्दा ठूलो कमी आएको देखिन्छ । यस्तो कमी एक दशमलम ४ प्रतिशतले भएको देखिन्छ । कुनै वर्षको सुरुमै सात दशमलव सात प्रतिशतले कमी आएको देखिन्छ । चीनको कोइला खपतको नतिजा सन् २०१६ मा पनि २०१४ माभन्दा कम भई ६२ प्रतिशतको कोइला प्रयोगको हिस्सा ओगटेको थियो । चीनका प्रमुख शहरहरू विभिन्न किसिमका प्रदुषणको चापमा परेपछि चीनले कोइलाको उत्पादनमा गिरावट ल्याउँदै नवीकरणीय ऊर्जाको विस्तारको योजना अघि सार्दैआएको देखिन्छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र बोकेको चीन विश्वको सबैभन्दा बढी मानव निर्मित कार्बन उत्सर्जन गर्ने देश हो । यस्मा विश्वको पहिलो अर्थतन्त्र बोकेको अमेरिका दोस्रो दर्जामा रहँदैआएको छ । 

चीनले सन् २०१६ को अन्त्यतिर विगतका एक दशकको तुलनामा पहिलोपटक निर्यात अनुमति दिएलगत्तै मकै निर्यात गरेको थियो । सन् २०१५ र २०१६ मा चीनको सेवाको ब्यापार घाटा बढी भए पनि २०१७ को सुरुतिर चीनको सेवाको व्यापार बढेको थियो । पर्यटकहरूका कारण चीनको सेवा क्षेत्रको व्यापार घाटामा १९ अर्ब ७० करोड अमेरिकी डलरको हिस्सा ओगटेको थियो । चीन पर्यटकहरूका लागि एक प्रमुख आकर्षक गन्तव्य रहेका कारण चीनका लागि पर्यटकहरूको सेवाको क्षेत्रमा गर्ने खर्च उल्लेख्य रहेको पाइएको थियो । चीनको आयात र निर्यात व्यापारमा कमीआउनुमा पनि चीनको उत्पादनको क्षेत्र कमजोर रहेको थियो । 

विश्वबजारमा देखिने गरेका कमजोर तेलको मूल्यका कारण विश्वका देशहरूको निर्यात व्यापारमा उल्लेख्य गिरावट आउने गरको देखिएको छ । विश्वको व्यापारिक क्षेत्र सन् २०११ देखि २०१६ सम्मकै कमजोर गतिमा २०१६ मा देखिएको थियो । विश्वबजारको आर्थिक अवस्थामा कमजोर रहेका कारण विश्वका मुख्य आर्थिक व्यापार गर्ने देशहरूलाई सन् २०१६ पछिका अवधिमा बलियो आर्थिक नीति ल्याएर व्यापारिक सन्तुलन कायम गर्न विश्वका वित्तीय संस्थाहरूले मद्धत गर्दैआएका थिए र छन् । 

चीनले आफ्नो आधुनिक कृषिमा उल्लेख्य लगानीको योजना करिब डेढ वर्षअघि सारेको थियो । उसले आफ्नो आर्थिक सुधारका लागि कृषिमा बृहत लगानी गर्दैआएको छ । चीनले सन् २०२० सम्मको अधधिमा चार खर्ब ५० अर्ब अमेरिकी डलर बराबरका लगानी आधुनिक कृषिमा गर्ने भनिएको थियो । त्यहाँ यस्तो लगानी एग्रिकल्चर डेभलपमेन्ट अफ चाइनाले पाँच वर्षका लागि लगानी गर्दैआएको थियो । पराम्परागत कृषि प्रणालीमा सुधारमा चीनले आफ्नो लगानी बढाउँदै आउने भनेको थियो । चीन सरकारले खाद्य सुरक्षा नीतिअनुसारको सुधार हासिल गर्नको कृषि क्षेत्रको लगानी सुधारको कदम चाल्दैआएको छ । 

यस लगानीले बिउबिजनमा सुधार ल्याउने भनिएको छ । यस कदमअगाडि नै चीनले गरिबी नियन्त्रणका लागि ३० खर्ब चिनियाँ युआन बराबरको रकम ऋण लिने निर्णय थियो । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीन पछिल्ला वर्षमा आर्थिक सन्तुलनका लागि संघर्ष गर्दै आएको छ । 

वितेका वर्षहरूमा विश्वको आर्थिक गतिविधिहरू विशेषगरी आर्थिक वृद्धिदर हासिल गर्ने देशहरू तथा विकासशील देशहरूमा कमजोर देखिँदै गएकाले आगामी वर्षमा आर्थिक वृद्धिदर कमजोर रहनेछ । भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ मा विश्वकै पाँचौं ठूलो अर्थतन्त्र बनेको थियो । भारत २०१८ अघि विश्वको सातौं ठूलो अर्थतन्त्र थियो । भारतले सन् २०३२ मा आफ्नो अर्थतन्त्रलाई विश्वकै तेस्रो स्थानमा ल्याउने योजना गरेको छ । विश्वमा देखिएको विस्तारले आगामी वर्षमा संयुक्त राष्ट्र संघले सन् २०३० सम्मको आर्थिक विकासको लक्ष्यअनुसारको विवरण हासिल हुने सम्भावना भने कमजोर रहेको बताइएको छ । तर, विवरणले विश्व आर्थिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भइरहेको देखिएको छ । 

(लेखक व्यापार तथा निकासी प्रवद्र्धनका पूर्वनायव कार्यकारी निर्देशक हुनुहुन्छ ।) 


Views: 84