13th April | 2021 | Tuesday | 7:23:30 PM

नेपाल नागरिकको यो कस्तो बाध्यता !

धनविक्रम सिंह   POSTED ON : फाल्गुन २, २०७७ (१०:३४ AM)

नेपाल नागरिकको यो कस्तो बाध्यता !

हामी पापी स्वार्थी सन्तान आफ्नो स्वार्थका अगाडि जन्म दिने आमाको कति पनि माया ममता राखिरहेको छैनौं । जन्म दिने आमाको ऋण नतिरी आफ्नै सुखसयलमा रमाउँदै मर्न चाहन्छांै ? तर एउटा कुरा याद राखौं खाली आफ्नै र आफन्तको मात्र ख्याल गरेर हिँड्दा भावि सन्ततिले त धिक्कार्नेछन् । लिबियाको सैनिक साशक कर्नेल गद्दाफीको के हालत भयो ? बंगलादेशको निर्माता शेख मुजिबुर्रहमानको हालत कसैबाट लुकेको छैन । यस्ता संसारमा मनपरी गर्ने शासकहरूको के हबिगत भएकोछ ती सब हामीलाई थाहा नभएको होइन । त्यसैले सबैको भलाइका लागि मनपरी गर्न छोडी सर्बजनहितायको बाटो अवलम्बलन गर्दै इतिहासमा राम्रो कामका लागि आफ्नो नाम दर्ता गराउनुलाई सबैले आफ्नो कर्तव्य ठान्नुपर्छ । 

आफ्नो ज्यानकोे परवाहै नगरी प्रजातन्त्र लोकतन्त्र ल्याउनमा जसले प्राणको बाजीसमेत उत्सर्ग गरेका छन् बेलाबेलामा प्रजातन्त्र अपहरण भइदिँदा तिनैले बलिको बोका बन्नुपरेको इतिहास साक्षी छ । केहीले देशकैविरुद्ध घातक हतियार उठाएर दश वर्षसम्म आफ्नै दाजुभाइ दिदीबैनीमाथि प्रहार गरे । त्यसबाट सिर्जना भएको परिणाम हामीलाई थाहै छ । त्यतिमात्र कहाँ हो र विकासशील देशको सूचीमा दर्ज भइसकेको नेपाल दश वर्षे युद्धले अतिकम विकसित राष्ट्रमा परिणत हुन पुग्यो । त्यसो हुनुमा बल्लबल्ल खडा गरिएका पूर्वाधारहरू सबै भताभुंग पारिदिनाले न हो । यी सुनौलो बिहानीको सपना देखाएर आफ्ना बहुमूल्य जीवन बलिदान गरेका वीर शहीदहरूप्रति ठूलो विश्वासघात भइरहेको छ । 

तर अहिलेसम्म बुझ्नै नसकेको कुरो के हो भने तिनले त्यसरी हतियार उठाई यत्रोविधि विध्वंश किन मच्चाएका होलान् ? आखिर त्यही पुरानै संसदीय व्यवस्थामा समाहित हुनुथियो त जंगल पसी यत्रो नरसंहार र बल्लबल्ल जोरजाम गरिएको पूर्वाधारहरू विध्वंश पारी भत्काउनुको प्रयोजन के ? बहुदलीय संसदीय व्यवस्था त २०४८ सालदेखि नै सुरुभइसकेकै थियो अनि किन यी उक्त आतंककारी विद्रोह ? दश वर्षभन्दा पनि बढी समयसम्म अपराध र पाप गरी आखिर चोखिन संसदीय व्यवस्थामै संलग्न हुन पुगेका ? उनैले ओरालो लगाएको उन्नतिप्रगतिलाई कसरी द्रुतगतिमा पुनः माथि उकास्ने भन्ने योजना तिनीहरूसँग लेखेएको छैन । 

वार्थबाट प्रेरित भएर आफ्नै दाजुभाइ वा साथीलाई तँ कुर्सी छोड म बस्छु भनेर जतिबेला पनि रडाको मच्चाउने गरेका छन् । कुर्सीमा बस्न पाएको चहिँले मलाई कामै गर्न नदिएकाले आजित भएर प्रधानमन्त्री बन्न पाउने भाँडो नै फुटाइ दिएँ लुजा त भनेर मस्ती मार्दै छन् । यस्तो नकाम गरेर नेपाललाई झन रसातलमै पु¥याइछाड्ने भए यी स्वार्थीहरूले । एकैदलका दुई दाजुभाइको आपसी झगडामा मेरो सर्वोत्तम हित, उन्नति प्रगति हुने बेलामा र जनताले झण्डै दुईतिहाइ स्थान जिताएर पठाएको अवस्थामा फेरि के माग्न जाने हुन् जनतामा ? 

आपसी भागबण्डा केका लागि ? खानका लागि न हो । अलग भई बसिरहेका दुई दाजुभाइ एक हुनुमा पाँच वर्षको अवधिमा दुई दाजुभाइ आधाआधा बाँडी खाने भनेर नै समझदारी भएको हो भने समझदारीअनुसार चल्नुपथ्र्यो । तर त्यो समझदारीको पालना भएन । समझदारी पालना हुननसक्नुमा जुनसमयमा मागदाबी गर्नुपर्ने थियो त्यस बखत आफूले कडारूपमा मागदाबी नगरी होस् न त ओलीजीले चलाइराख्नुभएको छ उहाँले नै पूरै समय सरकार चलाइराख्नुहोस् भनी उहाँहरूबीच आपसी समझदारीभै कति सभासम्मेलनहरूमा पनि उहाँ आफैं बोल्नुभएको छ । यस्तो भन्नुमा उहाँको भित्री अभिष्ट के हुनसक्छ भने त्यतिखेर ओलीको स्वास्थ स्थिति ज्यादै निराशाजनक थियो । तीन÷तीन दिनमा डायलसिस गर्न अस्पताल धाउनुपथ्र्यो । 

यस्तो स्थितिमा उहाँले के सोच्नुभयो भने अब यो कार्यकारी कुर्सी आफसेआफ प्राप्त हुनेवाला छ भने किन हल्ला मच्चाउनु । तर जब प्रधानमन्त्री आलीको दास्रो पटक मृगौला ट्रान्सप्लान्ट भएर उहाँको स्वास्थमा विशेष सुधार हुनथाल्यो अनि प्रचण्डको मुटुमा ढ्यांग्रो हान्यो अनि त कचकच सुरु भयो । बेलामा मागदाबी नगरेकाले मृत्युपछिको डाक्टर जस्तो भयो । पहिला पाँच वर्षैसम्म ओलीलाई प्रधानमन्त्री चलाउनुस् भन्ने र अब स्वस्थमा सुधारभएपछि कुर्सीबाट ओराल्न अनेक नाटक नौटंकी गर्न थालियो । यो बखेडा साम्य पार्न पार्टीको अध्यक्ष दुईजना भइरहेकोमा प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउँन त बनाइयो तर ओली आफू पनि अध्यक्ष बनिरहनुभयो ।

कार्यकारी अध्यक्ष भएपछि त प्रचण्ड महोदयले चाँडचाँडै पार्टीको मिटिङ कहिले केन्द्रीय कमिटी बैठक कहिले सचिवालय बैठक डाकेर हैरान पार्न लाग्नुभयो । सारा प्रपञ्च पार्टीले निर्णय गरेर ओलीलाई हटाउन रहेछ । उहाँलाई साथ दिने नेताहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ आदि आदि हुनुहुँदो रहेछ । यी सब कुराहरू अ‍ोलीले नबुझेको होइन । त्यसैले कति मिटिङमा प्रधानमन्त्री जानुभएन । त्यसपछि आरोपप्रत्यारोप सुरु भयो । अहिलेसम्म दलभित्रको आगोको भुंग्रो दनदन बलिसकेको छ । प्रचण्डले अठार पाने आरोप पत्र ओलीमाथि लगाउनुभयो, । त्यसको सामना गर्न प्रधानमन्त्रीलाई सचिवालय बैठकमा डाकिएको थियो तर प्रधानमन्त्रीले झन् छत्तीस पाने प्रत्यारोपणपत्र उक्त बैठकमा पेश गर्नुभएको थियो । 

यस हिसाबले पार्टीभित्रका आगो यति बेलासम्म राम्रैसँग दनदनी दन्किरहेको छ । पार्टी दुई खेमामा विभाजित भइसकेको छ, यसका पात्रहरू नायक र खलनायकका रूपमा खुलेआम अगाडि देखापरिसकेका छन् । एकीकृत हुँदाका मूलपार्टीका पात्रहरू आआप्mनो स्वार्थ तत्काल कता पूरा हुन्छ त्यतै लागे, पहिलाको आफ्नो भन्ने रहेन । हो सिद्धान्तविहीन, नैतिकताविहीन, कत्र्तव्यविमुख र लेसमात्रपनि देशप्रेम नभएको राजनीति यस्तै बिँड फुटेको भाँडो जस्तै हुन्छ । पूर्वएमालेका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल आदि पूर्वमाओवादीतिर माओवादीका नेताहरू रामबहादुर थापा आदि पूर्वएमाले गुटमा समाबेस भएर आफ्नो दुनो सोझ्याइरहेका छन् ।

सिद्धान्तनिष्ट राजनीति गरेको भए दलबदल गर्ने थिएनन् । सिद्धान्तनिष्ट राजनीति र नैतिकता इमानदारीता भइदिएको भए जुन मिसन लिएर दश वर्षे सशस्त्रयुद्ध गरी सत्र हजार मानिस मारियो तर त्यो मिसन सफल नभएपछि त आत्मग्लानि भई राजनीतिबाट सदाका लागि सन्यास लिनुपर्ने हो । तर एक त स्वार्थी मनोभाव त्यसमाथि अझ निर्देशित मिसन सञ्चालकले थिति बस्न लागेको नेपालमा कसरी अस्थिरता र बेथिति भद्रगोल वातावरण बनाइदिराखौँ भन्नेको एक्का भई काम गरेकासँग देशप्रेम र नैतिकताको खोजी गर्नु निरर्थक सावित भएको छ । 

अझ उहाँहरूले केही सीप नलागेर प्रधानमन्त्रीलाई पदबाट हटाउन संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसम्म दर्ता गराउन तयार पारिराखेको थियो । सो कुरोको सुइको पाएर प्रधानमन्त्रीले आफूलाई संविधानले दिँदै नदिएको अधिकारविना प्रतिनिधिसभा विघटन गरिदिए । लोकतन्त्रमा संविधान र कानुनभन्दामाथि कोही हँुदैन तर यहाँ भइरहेको छ । संविधानद्वारा बर्जित कुराहरूमा पनि कानुनी उपचार खोज्नुपर्ने यो के विडम्बना ? 

तर, बलमिच्याइँलाई ठेगान लगाउने कानुनी उपचारले नै हो । यसको सबैतिरबाट विरोध भइरहेको छ तर त्यही दलका अर्का पक्षले शक्ति प्रदर्शन गर्न सुरु गरे र शक्ति प्रदर्शन चित्त नबुझेर बर्जित क्रियाकलाप देशैभर आमहड्ताल गर्न लगाए । बन्द गर्न लगाउने क्रममा अर्को पक्षका माथिल्ला कार्यकर्ताले चियापसल बन्द गराउन जाँदा समोसा पकाउन ठूलो कराहीको उम्लिराखेका तेल पसलधनीको जीउमा पर्नेगरी खन्याइदिएर घाइते बनाइदिएका छन् । यो कस्तो बबर्रता यस्ता अमानवीय कुकृत्य र पाशविक व्यवहार जो हिजो सरकारप्रमुख भई यस्ता क्रियाकलापलाई निषेधित गरेका थिए आज उनीहरूले नै यस्ता पाशविक व्यवहार गराउँदा उनीहरूलाई कानुनले दण्डसजाय दिनुपर्दैन ? नैतिकताको यत्रो ठूलो खाडल कहिले पुरिने होला ? 

सत्तापक्षबाट आदर्शको धज्जी उडाउँदै लोकतन्त्रमा लोकाधिकारको केही वास्ता नगरी आमनागरिकको आबागमनमा बाधा पुग्ने गरेर सारा बाटो अवरुद्ध पारेर दरबारमार्गमा विशाल जनसभामा मानिस जम्मा पार्न लगाई सक्कली पार्टी हामी हौं वैशाखमा चुनाव हुन्छ तपाइँहरू ढुक्क हुनुस् भनी शक्ति प्रदर्शन गरेका थिए । यसरी जनसभामा बढी मानिस जम्मा पार्न प्रधानमन्त्रीले हिन्दूराज्य र राजसंस्था फर्काउन घोषणा हँुदैछ भन्ने हल्ला फिजाउन लगाएर अर्का पक्षभन्दा बढी मानिस जम्मा पार्र्न सफल भएका थिए । यस्ता विकृत राजनीतिले देशको अनुहार कहिले फेरिएला ? 

यी राजनीतिक मुद्दा नछिनिउन्जेल चुप लागेर बसिदिए हुँदैनथ्यो ? एउटाले गरेको क्रियाकलापको अर्काले जबाब फकाउनै पर्छ । वैशाखमा फेरि चुनाव गराउँछौं भन्छन् अदालतमा परेको मुद्दा बेलैमा छिनोफानो भए त हुन्थ्यो होला । फेरि चुनाव गराउन त यी झैझगडा पनि त शान्त हुनुप¥यो नि । के गर्ने यस्ता नाटक र नौटंकी हर्न हामी बाध्य हुनुपरेको छ ।

Views: 226