13th April | 2021 | Tuesday | 7:20:39 PM

‘प्रजातन्त्र’ जुलुंगाहरूको मजातन्त्र ! हुलतन्त्र र भद्रगोलतन्त्र होइन !

बद्रीप्रसाद दाहाल   POSTED ON : फाल्गुन ८, २०७७ (९:५९ AM)

‘प्रजातन्त्र’ जुलुंगाहरूको मजातन्त्र ! हुलतन्त्र र भद्रगोलतन्त्र होइन !

‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैँ यतिखेरको हाम्रो कथित ‘प्रजातन्त्र’ मजातन्त्र, हुल र भीडतन्त्र, अझ ‘तन्त्र नै पर जा, पर जा’ भनेर व्यवहारमा अनुदित भइरहेको छ । संघीय, लोकतान्त्रिक, समाजवादोन्मुख, गणतन्त्र भनी शासनलाई चारमुख भएको ब्रहृमा बनाएका मूलधारका दलहरूले चरम भुल गरेर यी शब्दहरूकै सतीत्वमाथि हावाहरूले धावा बोलिरहेका छन् । विशेष गरेर साम्यवादको अन्तिम लक्षमा पुग्ने थारा, आभारा र तारा खसाल्ने नारा दिएका बेसहाराहरूले चारमुखे ब्रहृमाको मुखै भत्काई जनतालाई दुःखैदुःख भोगाएर आपूm सुखैसुखमा मोज गर्ने कुकाममा पो ओज थपिरहेका छन् । द्यौता, धर्म, संस्कृति, परोपकार, परमात्मालाई नै नमान्ने लघु सोचका यिनको लोकतान्त्रिक राज्य शासन चलाउने ल्याकतै छैन भन्ने पुष्टि जनता जनार्दनले अनुभूत गरिसकेको छ । 

त्यतिखेर विकेन्द्रीकरण स्थानीय विकासको प्रतीक बन्छ भनिएको ‘संघीयता’ आज भंगीयतामा परिणत गराइएको छ । प्रदेश र पालिका तहलाई तह लगाएर मह चाट्न पल्केको केन्द्रीय सत्ता उनीहरूको अधिकारलाई संकोचन गरी आफैं ढाडे बिरालो बनेर कुँडेभरको दूध सिनित्त पार्न कसिएको छ । त्यसै गरी ‘लोकतन्त्र’ जो ‘जनताका लागि जनताद्वारा जनताले चलाउने उम्दा शासन हो’ । 

यस्तो नैतिक परिधानलाई फुकालेर बांगो र नांगो बन्दै ‘पार्टीको लागि गुट एवं गिरोहद्वारा मुठ्ठीभरका नाता, परिवारजन, दास, धनाढ्य र प्रभुहरूमार्फत सिफारिश गरेकाहरूबाट जोकतन्त्र, भोगतन्त्र, झोकतन्त्र, घिनलाग्दो रोगतन्त्र र मनपरीतन्त्र लोकतन्त्रको सन्धिस्थलमा प्रहार गरिरहेको छ । यसरी फगत् खानाका कालका जत्थाले लोकतन्त्रलाई परिहास, उपहास र विल्लवासमा पु¥याएर सर्वसत्तावादको तातो झिर लोकलाई नै रापिरहेका छन् लोकतन्त्रको नाममा । 

‘समाजवाद—उन्मुख’ समाजवाद भनेको समाजमा रहेको आर्थिक विषमता हटाई समानता ल्याउनुपर्छ भन्ने र देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिई सबैले मिलेर परिश्रम गर्दै उत्पादन र उपभोक्ताका साधनमा समाजको साझा अधिकार रहनुपर्छ भन्ने राजनीतिक सिद्धान्त हो । त्यही उदात्त सिद्धान्तप्रति उत्सुक, उत्कण्ठित, उध्र्वमुख र कुनै दिशापट्टि फर्कनु भन्ने आसय हो उन्मुख शब्दको । यो शब्दको आत्मा अर्थात् स्पिरिटलाई के हालका शासक भैटोपलिएको नेकपा सरकारले हृदयतः आत्मसात गरेको छ त ? ठीक यसको बिप्याँटो स्थिति छ । आर्थिक असमानताको दरार भयकारी भएर रहेको छ । 

कोरोनाकीट खरिद काण्ड, सुन काण्ड, बालुवाटार काण्ड, ओम्नी काण्डजस्ता काण्डै काण्डका उल्टा प्रकाण्डले समाजवादको सतीगाथामा कामुक बोका बनेर पश्चगमनको गर्भाधान बलात् गराउँदै छन् । खबौं लगानी गरेर सात दशकभन्दा बढी समयको कठोर संघर्ष र हजारौं योद्धाका बलिदानपछि आएको नेपालको संविधानको चीरहरण गर्न पुगे । यतिखेर च्याहाँ गरेर जन्मने नव शिशुलाई उसको टाउकोमा पचास हजार ऋण यहाँ छ भनेर देखाउने परिवेश छ । 

राज्यको ढुकुटी देश र जनताको विकास र उत्थानमा भाग लगाउनुपर्ने ठाउँमा आआपूmमात्रै भागबण्डा गर्ने बानीमा पल्किएकाहरू नमिलेर यतिखेर नेकपा संस्थापन पक्षका सत्ताधारी, संस्थापन पक्षकै हुम् भन्ने अर्का औतारीबीच खानपानकै विषय मुद्दा बन्न पुग्दा भद्रगोल, अन्योल र अराजक स्थितिको सिर्जना हुन पुगेको छ । सडक तमासामार्फत कोरोना भित्र्याएर भयकारी रोग विस्तार गर्न यिनीहरूले राज्यकोष दोहन गरेका र गरिरहेका भ्रष्ट धनहरू ओछ्याउँदै जनतालाई भेडाबाख्रा बनाउने कसरतमा जुलुस, भेला, मार्चपासका खेला सडकमा ठेलमठेला गरेर समाजवादोन्मुख सूत्रलाई तुकहीन र साररहित बनाइसके । 

‘गणतन्त्र’ अर्थात् देशको शासनप्रणाली स्थानीय तहदेखि केन्द्रीय तहसम्म नै जनताद्वारा निर्वाचित प्रतिनिधिहरूबाट सञ्चालित राजनीतिक व्यवस्था, जहाँ आलंकारिक राजसत्ता हटेर राष्ट्रपति रहन्छन्, जनताको हाँकोडाँको चल्ने जनतन्त्र त्यस्तो पद्धति हो तर यहाँका कथित वामपन्थी जो हामपन्थी, कामवासनापन्थी र बझौटेका भीडले ‘गाँणतन्त्र’ मा पु¥याएर भाँडतन्त्रमा राज्यलाई भास्न पुगेभन्दा अति हुँदैन । यसरी बुद्धको शान्त सौम्यभूमि, सीता पार्वती, भृकुटीको सतीगाथाले उचाइ चुमेको माटो र वीर योद्धाहरूको पराक्रम गाथा जसले नेपालीको माथा अग्लिएको थियो, त्यसलाई होच्याउन गणतन्त्रलाई गाँडतन्त्र बनाएका भुरे टाकुरेहरू हाम्रो टाउकोमा गिर खेलिरहेका छन् । 

न्यायालयजस्तो पवित्र मन्दिर जसलाई चिन्तक मेरियरले मानिसहरूको अधिकार र सुविधा जुटाउने थलो भनेका छन्’ । त्यस्तो संस्थालाई पूरै राजनीतीकरण गरेर कार्यकर्ता भर्तीकेन्द्र बनाउनु के संघीय लोकतन्त्रको वटवृक्षमा ऐँजेरु उमार्नु होइन र ? खेत खाने गाई, दण्ड पाउने धोवी । न्यायका नौ सिङ नौ पुच्छर । न न्याय गर्छन् न निसाफ फिसमा बसी बसी गर्छन् हिसाब । भन्ने उक्ति नै जुक्ति ठम्याउने शासक चिन्तनले प्रणालीमा अपानवायु चलाएको चलायै छन् । त्यसैले त यतिखेर संघीय लोकतान्त्रिक समाजवाद उन्मुख गणतन्त्र, भंगीय जोकतान्त्रिक गुटवाद उन्मुख गलगाँडतन्त्रमा रूपायित भएर भीडतन्त्र, हुलतन्त्र, स्वच्छन्दतातन्त्र, बलियाबांगाको ताण्डव नाचमा अंगभाँच गरिरहेको छ । 

देवता नमान्ने जमातसित विवेक हुँदैन । विवेक भनेको हरि, नैतिकता, कर्तव्य, उत्तरदायित्वबोध, गुण अवगुण, पापधर्म, न्यायअन्याय, ठीकबेठीक छुट्याउने तागत हो । त्यसैले त विवेकलाई द्यौता देख्ने आँखा ठम्याएर यो सूक्ति बोल्छ—‘पुष्पे गन्धं तिले तैलं, काष्ठेग्नि पयसि घृतम् । इक्षं गूडं तथा देहे, पश्यात्मानं विवेकतः ।। जसरी पूmलमा सुगन्ध, तिलमा तेल, काठमा आगो, दूधमा घ्यू, उखुमा सख्खर, लुकेर छिपेर बसेको छ त्यसैगरी शरीरमा पनि भगवान् लुकेर बस्नुभएको छ । तिनलाई देख्न विवेक आश्यक छ । हो, यतिखेर देशमा विवेकको खडेरी परेको छ । 

वास्तवमा लोकतन्त्र सदाचार नैतिकता र विवेकबाट चल्ने प्रणली हो, यो बन्दुक वा गुटीय तागतबाट सुरक्षित हुँदैन । प्रजातन्त्र दिवस मनाउन लागेको यो कामचलाउ सरकार र नेकपा भन्ने झगडिया पार्टीले छातीमा हात राखेर बुभ्mन प¥यो । यसरी प्रजातन्त्रलाई मजातन्त्र, हुलतन्त्र, अराजक वितण्डा, भद्रगोलतन्त्र र भीडतन्त्रमा रूपायित गर्न पाइँदैन । खसीको टाउको राखेर सुँगुरको मासु बेच्ने प्रणाली यो होइन । जनता लोकतन्त्रको विरूप अपभ्रंश भएको जुलुंगो रमिता हेर्न अब पक्कै सक्दैनन् । जय प्रजातन्त्र दिवस ! 

  समाप्त ।

Views: 184