17th April | 2021 | Saturday | 10:38:35 PM

नेपालको कृषि, सबैको प्रयोगशाला

स्वयम्भुनाथ कार्की   POSTED ON : फाल्गुन ९, २०७७ (९:१५ AM)

नेपालको कृषि, सबैको प्रयोगशाला

कृषिक्षेत्रका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको अथक र दिनरातको मिहिनतले आज नेपालमा उपलब्ध सबैजसो तरकारी विषाक्त पार्न सफलता पाएको छ । यो विष, रासायनिक मल बीउ, हार्मोन, हाइब्रिड (वर्णशंंकर) बीउ किसान किसानलाई ऋणमा थोपर्ने पनि तिनै हुन् । यसले उत्पादन बढेको जस्तो देखिए पनि लागत अत्यन्त बढ्न गई किसान ऋणमा चुर्लुंम डुबेका छन् । यही कृषि विकास (?) हो भने एक बाली बिग्रने बित्तिकै भारतमा जस्तो ऋणको डरले किसानले आत्महत्या गर्नुपर्ने दिन आउन बेर छैन । 

नेपालमा खेतिपातीको विषयमा कतिसम्म भ्रम छ त्यो भनिरहनु नपर्ला । असार १५ मा मन्त्रीहरूले देखाएका चर्तिकलाले यो व्यवस्था नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको खेतीपातीलाई ठट्टाको विषय ठान्छन् भन्ने प्रष्ट हुन्छ । कोही मन्त्री रोपाइँमा महिलासँग जिस्किनु असार १५ को महŒव मान्छन् । कोही मन्त्री गलैँचाले ढाकेको कार्यकक्षमा गमलामा धान रोपेर करूवाले पानी हाल्ने कर्मकाण्डी काम गर्छन् । 

कतै कुनै दाता मुलुकमा कसैलाई कुनै विचार आयो र त्यसको परीक्षण गर्नु प¥यो भने परीक्षणस्थलको रूपमा नेपाललाई पेश गर्ने अझ कृषि पेशालाई नै अचानो बनाउने काम निरन्तर भइरहेको छ । हचुवाको भरमा योजना बन्छन्, कुनै पनि कृषि कार्यालयमा किसानले जानकारी पाउँदैन । कृषिसम्बन्धी सूचना पाउनुपर्ने वेबसाइटमात्र होइन श्रव्यदृश्य कार्यक्रमहरूमा त्यस्तो जानकारी हु“दैन । त्यहाँ मन्त्री तथा पदाधिकारीको परिचय हुन्छ । कार्यक्रमका फोटा अनि भाषणहरू हुन्छन् । अनि सम्पूर्ण कृषिको कुरा नभई कौशीखेतीजस्ता शौखको निमित्त फुर्सदमा गरिने कार्यकलापको निमित्त जानकारी आदि हुन्छन् । समग्र कृषिमा हुने अवयवलाई छुट्याएर मन्त्रालय नै अलगअलग गरिएको छ भने ज्ञान नै भए  अधुरोमात्र हुने थियो ।

वनस्पति आकारको आधारमा तीन वर्गमा विभाजित गरिन्छ । बुट्यान (हर्ब), झाडी (सर्ब) र रूख (ट्रि) तीनै वर्ग कृषि उद्योगका अभिन्न हिस्सा हुन् । त्यसै गरेर पशु, पक्षी अनि कीट पालन कृषि उत्पादन प्रक्रियाकै हिस्सा हुन् । कृषि उत्पादको सहायक उत्पादहरूको खपत पशुपक्षी पालनमा प्रयोग हुन्छ भने पशुपक्षीका सहायक उत्पादहरू कृषिमा प्रयोग हुन्छन् । कृषि उद्योगले यसरी वातावरणीय सन्तुलन मिलाएको हुन्छ । तर बहुदा कृषक परिवारबाटै आएका विज्ञ, पदाधिकारी, नेता आदि कृषिकर्मलाई यसका अवयवहरू जस्तै फलपूmल, गाई पालन, बाख्रा पालन, अन्नखेती, दालखेती, माछा पालन, कुखुरा पालनजस्ता अनेकौं हिस्सा गरेर अलगअलग काम अलगअलग कृषकले गरून् भन्ने चहान्छन् । 

यो कुरा गैरप्राकृतिक हो । यसो गर्नाले लागत बढ्ने र उत्पादन कम हुने हुन्छ । ‘एक जिल्ला एक उत्पादन’ जस्ता अव्यावहारिक नारा विकासको पयार्य बन्नु दुःखद् स्थिति हो । एक अर्कामा निर्भर भएर एकले अर्कालाई टेवा दिएको कृषि प्रणालीका कृषिवन, अन्नखेती, तरकारीखेती, माछापालन, पशुपक्षी पालन आदि अनेकौं अभिन्न भागलाई छुट्याउने दुस्प्रयास भएको छ । 

महँगीलाई असर पर्ने सबैभन्दा ठूलो तत्व मान्छेको खाना हो । यदि खाना महँगो भयो भने सबै थोक महँगो हु“दै जान्छ र खाना कृषिबाट आउँछ । किसान भनेको सबैको अन्नदाता हो, जीवहरूको पालनहार हो । मुलुकका किसानको उत्पादन लागत बढाएर हित रक्षाको नाममा बाहिर पाइने सस्तो अनाजलाई प्रतिबन्ध लगाउनु भनेको जनतालाई जबरजस्ती महँगीको मारमा पार्नु हो । कृषकले आफ्नो लगानीको प्रतिफल नपाउनु भनेको अन्नदाताको अपमान हो । 

यी विरोधाभाषी कुराहरूमा सामन्जस्य भनेको उत्पादकत्व बढाउनु र लागत घटाउनुबाहेक अर्को उपाय छैन । संविधानले खाद्य संप्रभुताको हक दिएको छ र खाद्यखस्तुको अभावमा जीवन जोखिम पार्ने अवस्थाबाट सुरक्षित हुने हक दिएको छ (नेपालको संविधान धारा ३६) । उत्पादकत्व बढाउन र लागत घटाउन ठूला कृषि उद्यममा नगई सम्भव नै छैन । राजनीतिक तुष्टीकरणको निमित्त जे नारा दिन सकिन्छ तर भूमिको खण्डीकरण भनेको कंगाली हुनेतर्पmको यात्रा हो । विशेषत नेपाल जस्तो कृषि उत्पादनले आर्थिक वृद्धिदर हृवात्तै घटबढ हुने अर्थतन्त्रमा त जधन्य अपराध नै हो । 

खेतीपाती नेपालीको परम्परगत पेशा भएकाले यसलाई हल्का रूपले लिने बानी परेको छ । खेतीपातीमा कुनै खास प्रविधि हुन्न अनि कुनै ज्ञान वा दक्षता चाहिन्न भन्ने गलत सोच हावी छ । केवल जग्गा, औजार, बीउबिजन र श्रममात्र भए पुग्छ, उन्नत खेती गर्ने हो भनेमात्र मलखाद, किटनासक झारनासक थप चाहिन्छ भन्ने गलत धारणा छ । खेतीपाती, किसानी, कृषिकर्म आदि जे नाम लिए पनि अन्ततः त्यो कृषि उद्यम हो । 

जसरी अरू वस्तु उत्पादन गर्ने क्षेत्रमा पुँजी लगाउने, त्यस उद्यममको जोखिम बहन गर्ने, व्यवस्थापन गर्ने, बजारमा पु¥याउने आदि काम गर्नेलाई उद्यमी भनिन्छ त्यसै गरेर कृषि क्षेत्रमा पनि लगानी गर्ने र लगानीको जोखिम बहन गर्ने उद्यामी हुन् । उद्योगमा ज्याला वा तलब लिएर आफ्नो श्रम वा सीप लगाउनेहरू श्रमिक, कामदार भनिन्छन् भने कृषि उद्यममा पनि यस्तै काम गर्नेहरू श्रमिक वा कामदार नै हुन् । तर, अन्य उद्योगको उत्पादनको मोल उत्पादकले तोक्छ भने कृषि उत्पादनको मोल उपभोक्ताले तोक्छ । किनभने ज्यादातर कृषि उत्पादनहरू अर्को उद्योगका कच्चामाल हुन् ।

ससाना घरेलु उद्योगबाट उत्पादन हुने वस्तुहरू विस्तारै मभ्mयौला तथा ठूला उद्योगहरूले विस्थापित गर्दैगएका छन् । केही वर्ष पहिले बजारमा छ्यापछ्यप्ती देखिने कराही पद्धतिबाट बनेका गोला साबुनहरू आजकल बजारमा बिरलै देख्न पाइन्छ । घरबुनाका भनिने गरेका हाते तानबाट निर्मित कपडाहरू त दुर्लभ नै भइसक्यो । ढाका भने कायम नै छ । तर बजारको प्रतिस्पर्धामा कहिलेसम्म टिक्ने हुन् यसै भन्न सकिने अवस्था छैन । 

अझ प्रष्ट भन्ने हो भने घरेलु उद्योगका उत्पादहरू ज्यादा जसो संरक्षणले मात्र टिकेका छन् । घरेलु उत्पादले ठूला उद्योगका त्यही उत्पादसँग गुणवत्ततामा त्यति कमजोर नबन्ला तर मूल्यमा भने प्रतिस्पर्धा गर्न फलामको चिउरा चपाए सरह हुन्छ । उत्पादनको स्तर जति सानो हुन्छ त्यति नै उत्पादन लागत बढ्छ, यो उत्पादन प्रक्रियाको सामान्य तथा सर्वमान्य नियम हो । यो नियम कृषिमा पनि लागू हुन्छ ।

कहिले गोलभेडा सस्तो भयो भनेर कालीमाटीको सडकमा बिछ्याइयो । केहीले उखु उत्पादकहरूले उखुको मूल्यले आफ्नो लगानी नउठेको भन्दै आन्दोलन नै गर्नु प¥यो । दूध उत्पादक, अन्न उत्पादक, जुट उत्पादकलगायत सबै कृषि वस्तुका उत्पादकहरूले आफ्ना उत्पादनहरू घाटामा बेच्नुपरेको छ । सैयौं, हजारौं किलोमिटर टाढाबाट आएको कृषि उत्पादनले सस्तो भएर स्वदेशी कृषि उत्पादन विस्थापित गर्दै छ । विभिन्न समयमा विदेशबाट आयात हुनाले नेपाली कृषि उत्पादले मूल्य पाएन भनेर आन्दोलन हुँदैआएका छन् । भनिएनुसार नेपालमा श्रमको मूल्य सस्तो छ ।

यसरी सस्तो मूल्यको श्रमले सरकारले दावी गरेनुसार अनुदानको मल बीउ प्रयोग गरेर गरिएको उत्पादन किन अरूको भन्दा महँगो हुन्छ ? ज्यादा नाफा लिएको भए नेपालका कृषि उद्यमीहरू जसलाई किसान भनिन्छ, सम्पन्न हु“दै जानुपर्ने थियो । तर, परिस्थिति उल्टो छ । आज कुनै पनि व्यक्ति उचित मौका पाउने बित्तिकै यो पेशाबाट पलायन हुने सोच राख्छ । कतिले आफ्नो अलिकति भएको खेती धितो राखेर खाडी मुलुकमा तातो घाममा बेल्चा हान्न जानु परेको छ, ऊ“ट, भेडा चराउनु परेको छ । भूमिसुधारको नाममा कृषिलाई अनिश्चयको भुँमरीमा राखिएको छ । 

आफ्नो पुस्त्यौनी आएको वा रगत पसिनाले जोडेको जग्गा कुनै पनि बेला खोसिने आतंकले तीव्र गतिले खेतीयोग्य जमिन प्लटिङ गर्ने पवृत्ति बढेको छ । कृषि उद्योगका अभिन्न अवयवलाई विभिन्न टुक्रामा टुत्र्mयाउने कार्यले प्रतिएकाइ उत्पादन घटेको छ र उत्पादन मूल्य बढेको छ । त्यसैले जसरी भए आफ्नो सम्पत्ति सुरक्षित गर्न जनताले खेतीपातीबाट पर भाग्नुपर्ने अवस्था जग्गामा राजनीति गर्नेहरूले पैदा गरिदिएका छन् । प्रयोगको आधारमा जमिन वर्गीकरण गर्ने घोषणा झलक्क हेर्दा कृषि उत्पादन बढाउने देखिए पनि यो कर्मचारी तथा राजनीतिबाजलाई भ्रष्टाचारको नया“ क्षेत्र खुला गर्नु हो ।

७०, ८० हजार अझ भनौं लाख नै वर्ग फुट जमिन एक परिवारलाई दिने बित्तिकै सबै समस्याको हल हुन्छ र भूमि सुधार भएर उत्पादकत्व बढ्छ भन्नु दिवा स्वप्न हो ( ७२ हजार ९ सय वर्ग फुटको एक बिघाह हुन्छ ) । सुन्दा संख्या ठूलो लाग्न सक्छ तर तुलनाको निमित्त एक सामान्य मान्छे उभिन करिब ४ वर्ग फुट चाहिन्छ । ८ वर्गफुटमा २ जना उभिने हो भने एक अर्कासँग चपक्क टा“सिनु पर्दछ । सुत्नु प¥यो भने औसन उचाइको मान्छेलाई १५ वर्ग फुट चाहिन्छ । 

घर बनाउँदा १ सय २० वर्ग फुटले भित्तो बाहेक एक सानो कोठा मात्र पुग्छ । त्यो कोठालाई घेर्ने भित्ताले थप ४० वर्ग फुट लिन्छ । १ लाख वर्गफुटमा भएको उत्पादकले एक परिवार नै मुस्किलले धानिन्छ, त्यसले आर्थिक हैसियत सुध्रिने कुरा त परै जाओस् । यो सबै समस्याको हल भनेको कृषिलाई सबैले प्रयोगशाला बनाउन छोड्नै पर्छ र कृषिलाई उद्योग मान्न पर्छ ।


Views: 111