13th April | 2021 | Tuesday | 8:25:45 PM

प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको भूमिका

दीपक रिसाल   POSTED ON : फाल्गुन १०, २०७७ (१२:२२ PM)

प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको भूमिका

नेपालकोे राजनीति इतिहासमा नेपाली कांग्रेसको राजनीतिक भूमिका अग्रस्थानमा छ भनिरहनु पर्दैन । लामो इतिहास बोकेको नेपाली कांग्रेसको जग त्यति कमजोर छैन । कहिलेकहीँ पार्टीभित्र सानातिना समस्या आउँदा कांग्रेस समाप्त भयो भनेर कसैले सोच्छ भने उसको सोच गलत हो । प्रजातन्त्रको इतिहास बोेकेको पार्टीलाई समाप्त पार्छु भनेर लाग्नु प्रजातन्त्रलाई नै समाप्त पार्छु भन्नु हो ।

प्रजातान्त्र प्राप्तिका लागि नेपाली कांग्रेसले विगतदेखि अहिलेसम्म जति संघर्ष गरेको छ । राणाकालदेखि पञ्चायतसम्म र पञ्चायतदेखि राजाको प्रत्यक्ष सासन कालसम्म नेपाली कांग्रेस परिवर्तनका लागि संघर्ष ग¥यो । २००३ सालदेखि निरन्तर परिवर्तनका लागि लागेको कांग्रेस अहिले आएर फेरि कम्युनिष्टको असंवैधानिक कदमको विरोधमा सडक संघर्ष गर्नु परिरहेको छ । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल मन्त्रलाई आत्मासाथ गर्दै कांग्रेसले जनभावनाको कदर गरेर अघि बढेको सर्वविदितै छ ।

२०४६ सालको संविधान होस् या लोकतान्त्रिक गणतन्त्रत्मक संविधान होस् नेपाली कांग्रेसको नेतृत्वको सरकारले जारी ग¥यो । हरेक उतारचडावलाई पार गरेर नेपाल र नेपालीको आत्मासम्मानमा ठेस लाग्ने कुनै खालका काम कांग्रेसले गरेन । व्यक्तिभन्दा राष्ट्र ठूलो हुन्छ । राष्ट्रलाई उच्च बिन्दुमा राखेर अघि बढ्नुपर्छ । राष्ट्र हित नै जनहित हो भन्ने कांग्रेसको मान्यता रहिआएको छ ।

राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादका मूल सिद्धन्तमा अडिक रहेर हरेक प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको अग्रणी भूमिका निभायो । प्रजातन्त्र प्राप्तिका लागि कसैसँग कुनै गैरराजनीति सम्झौता गरेन । परिवर्तनका लागि गरिएको आन्दोलनमा कांग्रेसले अग्रस्थान को भूमिका निर्वाह ग¥यो । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नेपाली कांग्रेसका सैद्धान्तिक दर्शन हो । यसैको आधारमा कांग्रेसको जग अडेको छ । 

कांग्रेसले यी चारवटै सिद्धन्तलाई आत्मा साथ गरेर अघि बढ्नुपर्छ । स्वर्गीय बीपी कोइराला सधैं भन्ने गर्नुहुन्थ्योे । हर नेपालीलाई राज्यले दिने न्यूनतम सुविधा भनेको । एक हल गोरु होस्, जोत्नका लागि बाँझो खेत होस्, बस्नका लागि बास होस्, खानाका लागि एउटा लैनो भैंसी होस् । यसको अर्थ के हो बुझ्न आवश्यक छ ।

विश्वेश्वरप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइरालाले चन्द्रशमशेरलाई पार्सल गरेर १९७४ सालमा पठाएको थोत्रो कपडाबाट नेपाली कांग्रेसको राजनीतिक यात्रा सुरु हुन्छ । कृष्णप्रसाद कोइरालाको पुरानो घर भने सिन्धुलीको दुम्जा हो । उनी तराईको विराटनगरमा बसाइँ सरेका थिए । विराटनगरमै आफ्नो उद्योगधन्दा चलाएर परिवारसहित बसोबास गरेका कोइरालाले एक दिन राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई पार्सल गरेर थोत्रो कपडा पठाए । 

राणाको विरुद्ध बोल्नसक्ने आँट कसैमा थिएन । थोत्रो कपडा नै पठाउनु भनेको मुत्युलाई निम्ता दिनु बराबर हुन्थ्यो । हेर्दा सामान्य लाग्ने यो घटनाले कोइराला परिवार नै विस्तापित बन्न पुगे । उनलाई राजद्रोहको मुद्दा लाग्यो । सारा सम्पत्ति राज्यले लियो । उनलाई पनि पक्रन भनेर आदेश दिइयो । त्यो कुरा थाहा पाएर उनी परिवारसहित भारतको वनारस गए । भारत गए पनि कोइराला राणाको अत्यचारको विरुद्धमा भने चुप लागेर बसेनन् । 

उनको एउटै उद्देश्य नेपालमा प्रजातन्त्र ल्याउनुथियो । प्रजातन्त्र प्राप्तका लागि अनेक योजनाहरू बनाए । जतिबेला कोइरालाले राणाविरुद्ध मोर्चा बनाउँदै थिए । त्यतिबेला भारत स्वतन्त्र थिएन । भारतमा अंग्रेज उपनिवेश थियो । यस्तो अवस्थामा राणाविरुद्ध संद्धर्न गर्नु चानचुने कुरा थिएन । नेपालको इतिहासमा कोइराला परिवारको त्याग र तपस्याले उच्च छभन्दा फरक नपर्ला । हरेक परिर्वतनका लागि गरिएको आन्दोलनमा कांग्रेसको भूमिका अग्रस्थानमा छभन्दा फरक पर्दैन ।

 १०४ वर्ष पुरानो राणा शासनको अन्त्य गर्न सानोतिनो साहस र आँटले सम्भव थिएन । त्यस्तो बेला कांग्रेसले राणा सासनविरुद्ध आन्दोलन नै ग¥यो । राणाको विरुद्धमा जसले बोल्छ उसले मुत्यु दण्डको सजाय पाउथ्यो । यस्तो डरलाग्दो अवस्थामा राणा शासनको विरुद्ध व्यक्ति थिए कृष्णप्रसाद कोइराला । त्यसै कारणले उनलाई राजद्रोहको मुद्दा लगाइयो । त्यो कुरा उनले पहिला नै थाहा पाएर वनारस गएका थिए । 

अंग्रेजको सहायतामा चलेको राणाशासन हटाउन पहिला भारतबाट ब्रिटिश सरकार हटाउन अवश्यक थियो । त्यसैले भारतले गरेको आन्दोलनमा कृष्णप्रसाद कोइराला पनि सरिक भए । त्यतिबेला महात्मा गान्धीले भारतमा अहिंसात्मक आन्दोलन सुरु गरेका थिए । भारत छोडो अभियानमा कृष्णप्रसाद कोइराला सरिक भए । त्यसैक्रममा उनी जेल परे, अन्तिममा उनको मुत्यु जेलमै भयो । 

पिताजीको देहान्त भएपछि आफैं सक्रिय राजनीतिमा लागे बीपी । आफ्नो सम्पूर्ण सम्पत्ति राणाहरूले कब्जा गरेका थिए । जसका कारण सम्पूर्ण परिवार निर्वासित जीवन बिताउन बाध्य भएका थिए । बीपीको बाल्यकाल सारै दुःखपूर्ण अवस्थामा बित्यो । देशमा बस्न सक्ने अवस्था थिएन । जाहाँ भेट्यो त्यही राणाले गिरफ्तार गरिहाल्ने अवस्था थियो । 

उनको बाल्यकाल भारतमै बित्यो । ब्रिटिश सरकारविरुद्धको आन्दोलनमा सरिक भएका बीपी धेरै पटक जेल परे । उनले विहारलगायत धेरै ठाउँका आन्दोलनमा प्रमुख भूमिका निभाएका थिए । भारतमा ब्रिटिश सरकारविरुद्धको आन्दोलनले उग्र रूप लियो, ब्रिटिश सरकारले जति दमन गर्न खोजे पनि केही सीप लागेन अन्तिममा भारत छाड्न कर नै लाग्यो । ब्रिटिश सरकारले भारत छाड्यो तब भारत स्वतन्त्र राज्य घोषणा भयो । त्यसपछि लगत्तै भारतमा फेरि विभाजन आयो । भारतबाट दुईवटा राज्य अलगअलग भए । पाकिस्तान र बंगाला देश । यसरी भारत टुक्रिएको इतिहास छ । यो विषयलाई नेपालका राजनीतिक दलहरूले आत्मासाथ गर्न सक्नुपर्छ । 

नेपालमा राणाहरूको जगजगी थियो । उनीहरूको मुखमा कानुन थियो । उनीहरूले जे बोल्थे त्यही कानुन हुन्थ्यो । राणाहरूको विरुद्धमा कसैले आवाज उठाउनसक्ने अवस्था थिएन । बीपीको पहिलो उद्देश्य भनेको नेपालमा प्रजातन्त्र ल्याउने भन्ने नै थियो । आफ्ना बाबुको अपूरो सपना पूरा गर्न उनी तल्लीन भए । भन्न जति सजिलो थियो गर्न त्यति नै गाह्रो । राजा त्रिभुवनसहित सबै परिवार राणाहरूको अत्चार सहन नसकेर भारतमै बसोबास गरिरहेका थिए । राजा त्रिभुवन भारत गएपछि राजाकै माइलो नाति ज्ञानेन्द्रलाइ राजा बनाएर राणाहरूले राज बनाएका थिए । 

नेपालका चारजना (शुक्रराज शात्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द) लाई राणाहरूले आफ्नोविरुद्ध आवाज उठाएको भनेर मुत्युदण्ड दिएका थिए । उनीहरूको विरुद्ध जसले बोल्यो उसले मुत्युदण्ड पाउथ्यो ।

राणाहरूको हुकुमी शासनविरुद्ध विश्वेश्वरप्रसाद कोइरालाले २००३ सालमा भारतको वनारसमा नेपाली राष्ट्रिय कांग्रेसको गठन गरेका थिए । उनले उतैबाट राणा शासनविरोधी आन्दोलन सुरु गर्न सोच बनाएका थिए । कलकत्तामा सुर्वण शमशेरले स्थापना गरेको नेपाल प्रजातन्त्र कांग्रेस पनि थियो । २००५ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस एकीकरण भएर नेपाली कांग्रेस नामकरण भएको थियो । दुवै कांग्रेसको उद्देश्य एउटै भएकाले फुटेरभन्दा जुटेर आन्दोलन गरे सफल भइन्छ भन्ने सोचका साथ एक भएका थिए । 

प्रजातन्त्र प्राप्तिका लागि राणा शासनविरुद्ध आन्दोलनको घोषणा भइसकेको थियो । राणाहरूले आफूविरुद्धको आन्दोलनलाई दमन गर्दै थिए । कतिपय कांग्रेस कार्यकर्ता नेताहरूलाई धडपकड गरेर जेल हाल्ने काम गरिरहेको थियो । वीरगञ्जको आन्दोलनमा प्रजातन्त्रका लागि लडेका नेपाली कांग्रेसका थीरबम मल्ल पहिलो शहीद भएका थिए । वीरगञ्जबाट सुरु भएको प्रजातान्त्रिक आन्दोलन एक हप्ता पनि नपुगी सारा देश मा फैलियो । जति दमन गरे पनि केही सीप नलागेपछि राणाहरूले आत्मसपमर्ण गरेका थिए । 

१०४ वर्ष लामो इतिहास बोकेको राणा शासनको अन्त्य र प्रजातन्त्रको उदय २००७ साल फल्गुन ७ गते भएको थियो । यो नै नेपाली कांग्रेसको सबभन्दा ठूलो उपलब्धि थियो । त्यसपछि हक र अधिकारविहीन नेपाली जनता आफ्नो अधिकारसहित स्वतन्त्र भएका थिए । प्रजातन्त्रको उदयसँगै देशमा विभिन्न स्कुल कलेज खुल्ने थाले । जनताका छोराछोरीले पढ्न लेख्न पाउने भए । 

नेपाली कांग्रेसले भारतमा निर्वासित जीवन बिताइरहेका राजा त्रिभुवनलाई नेपालमा ल्याएर राजाको स्थान दियो । राणाको दमन र अत्यचार त सकियो अब फेरि राजाको अत्यचार सुरु भयो । राजा त्रिभुवनले जनमत संग्रह गर्छु, जनताले चुनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउँछु भनेको थिए । पछि भने अनुसार गरेनन् । 

(महाधिवेशन सदस्य गोकर्णश्वर नगरपालिका)


Views: 51