18th April | 2021 | Sunday | 12:22:17 AM

विवाह, सन्तान र परिवारका विकास

डा. सुमनकुमार रेग्मी   POSTED ON : फाल्गुन १३, २०७७ (९:२३ AM)

विवाह, सन्तान र परिवारका विकास

सन्तान पालन–पोषणको आवश्यक्ता विवाहले एक आर्थिक र सामाजिक प्रश्न बनाइदिन्छ जसमा भोगेच्छाको मूल प्रश्न नै दिन्छ । यी सबै परिस्थिति विश्लेषण गर्दा विवाहको व्याख्या गर्न मुस्किल पर्न जान्छ । विवाहका लागि दुई स्त्री–पुरुषको एक आपसमा आकर्षण चाहिन्छ । विवाहपश्चात् अनिवार्य परिणामबाट प्राप्त सन्तानको पालनपोषणको लागि दुवैमा तत्परता र जिम्मेवारी चाहिन्छ । यसकारण उनीहरूबीच सहवास दीर्घकालसम्म हुनुपर्छ । यसले पटकपटक सहवास जिन्दगीभर पनि हुनसक्छ वा दुवैको इच्छानुसार समाप्त हुनसक्छ । पहिलो स्त्रीसँग सहवासपछि अर्को स्त्रीसँग सहवास हुनु धर्म, कानुनविपरीत मानिन्छ । 

विवाहसम्बन्धमा बाँधिने स्त्री–पुरुष समाजले इच्छा गरेनुरूप दिनदिन, वर्ष–वर्षभर साथै एक आपसमा आकर्षणमा रहीसम्बन्ध विशिष्ट स्तरमा बनाइनुपर्छ । यस्तो हुन उच्चस्तरको योग्यता, सावधानी, स्वार्थ त्याग र चरीत्रवान हुनु आवश्यक छ । विवाहपश्चात् केही वर्षका लागि वास्ना तृप्तिमात्र रहन हुन्न युगयुग दुईबीच सम्बन्ध अटल रहनुपर्छ । 

विवाहको बारेमा निम्न धारणा राखिन्छ–स्त्री–पुरुष एक आपसमा आकर्षण रहने प्रकृतिको धर्मलाई सामाजिक रूप प्रदान गर्छ । यस्तो आकर्षणले सन्तुष्ट रहन आवश्यक छ । सन्तान उत्पादन आकर्षणको अनिवार्य परिणाम हो । यस्तो प्रकृतिको नियमले सामाजिक मान्यता पाएको छ । यी दुवै तत्वलाई समन्वय गर्न समाजले मान्ने व्यवस्था विवाहको सुरुवात भएको देखिन्छ । सन्तान पालन–पोषणको समस्या नभएको भए शायद विवाहको चलन हुँदैन्थ्यो होला ।

समाजमा भएका विवाहको चलनले मनुष्य जीवनको सबै समस्या सन्तोषपूर्ण समाधान गर्न सकेको छैन । विवाहको चलनमा परिवर्तन गर्न पनि विश्वमा कसैले सुझाव दिएका छैनन् । स्त्री–पुरुषबीच विवाहविनाको सम्बन्धले विश्वमा कहीँ मान्यता पाएको छैन । आजसम्म विवाहको वैकल्पिक उपाय कुनै मनुष्यले दिएको छैन । मुख्यतया विवाह त दुई स्त्री–पुरुषबीच गरिएको एक करार हो । यस्तो करार–भावनाको पछि धर्मको प्रभाव परेको छ । विवाहमा धर्मको प्रवाह परेको हुन्छ । गर्भ निरोध र सन्तान प्राप्तिमा रोकावटका कारणले विवाहको आवश्यकता घट्दै गएको छ । विवाह त यौनेच्छा सन्तुष्टिका लागि प्रतिष्ठित मार्ग हो । 

प्रतिष्ठा भनेको समाज मान्य आचरण मानिएको छ । विवाहपश्चात रहेको असन्तुष्ट वासनाले प्रतिष्ठाको बन्धन तोडने साहस गरेको छ । विवाहको कठोर बन्धनबाट मुक्ति चाहनेका लागि विवाह–विच्छेद गरेपश्चात प्रतिष्ठित नभए विधिसम्मत भएर गएको छ ।

विवाहको अर्थ स्त्री–पुरुषबीच जीवनभर सहचार हो । यस्तोलाई जीवन आदर्श मान्न सकिन्छ । पुरुष र स्त्रीका सम्बन्धको नियन्त्रण । यस सम्बन्धका परिणामको नियन्त्रण पहिलेदेखि नै मानव संस्कृतिको अत्यन्त महŒवपूर्ण भाग मानिआएको छ । 

विवाह गर्नुको मतलब स्त्री–पुरुषबीचको प्रतिष्ठा प्राप्त संसर्ग हो । स्त्री–पुरुषबीचको प्रतिष्ठित विधिसम्मत र समाज स्वीकृत संसर्ग राम्रो मानिएको छ । विवाहित पतिपत्नीबाहेकको यौनसम्बन्ध व्यभिचार मानिएको छ । यस्तोलाई समाजले मान्दैन र कानुनले दण्ड गरेको छ । व्यभिचार व्यक्तिको अपराध मानिएको छ । 

समाजमा स्त्री–पुरुषले यस्तो अपराध स्वीकार गर्दैनन् । यसैले विवाह संस्था पूर्णरूपले सफल छैन । स्त्री–पुरुषको यौनआकर्षणको विषयमा अहिलेसम्मको विचारमा विवाहको वैकल्पिक योजना अहिलेसम्म बनेको छै । विवाहबाहेकको अरू गणीका–रखेल संस्थामा व्यभिचार गुप्त रूपमा व्यक्तिगत व्यवहार रहन्छ । विवाहको प्रतिपक्षमा गणीका संस्था नै यौन व्यवहारमा संगठित व्यवसायका रूपमा वैधअवैध रहेको छ । गणीका संस्था मानव समाजमा मान्य छैन । यसलाई समाजले स्वीकार गरेको छैन । मनुष्य जाति र संस्कृति जीवित राख्न स्त्री–पुरुषको अभिव्यक्ति–विकृति त्याग्न दिननदिन अध्ययन स्वस्थ जीवन–विधानका लागि परम आवश्यक छ ।

विदेशवाट उच्च शिक्षा गरेको युबक र दुई तिन कक्षा पढेकी युवतीबीच आकर्षण एवं प्रीति कम हुन्छ वा आकर्षण कम हुन्छ । ग्राजुएट स्त्रीसँग अनपढ युवकको आकर्षण हुँदैन । 

आकर्षणको पूर्णताका लागि स्त्री–पुरुषबीच केही न केही श्रेष्ठताको आकांक्षा हुन्छ । स्वतन्त्र संस्कार एवं अभिरुचि शरीरशास्त्र र कामशास्त्रको ज्ञानविना विडम्बना बन्न जान्छ । कोमल–निकटता, सुक्ष्म भाव परिचय, सम–भाव उच्चतम्, निश्चल विशाल हृदय र स्वार्थरहित भावनाले एकदोस्रोबीच सुख–आनन्द दिन्छ । स्त्री–पुरुषको सम्बन्ध केवल कामुकपना एवं निर्लज्जतामात्र होइन । मनिसको अति उत्तम भावको कलात्मक अभिव्यक्तिले आकर्षण वा शरीरको सुखको अनुभूति मिल्दछ । सभ्य समाजको यौनसम्बन्ध तुलना गर्न गलत बन्न जान्छ । 

ठूलठूला ऋषिमुनिको तपस्या भंग गरी विचलित पार्ने मनमोहक अप्सराको प्रलोभनको उपयोग धेरैचोटि नै भएका छन् । पाश्चर्य जगतबाट आयातित कामपूर्ण आचरण, नाटक–सिनेमाको शृंगारिक दृश्य, कथा–उपन्यासको कामवासनाको प्रेरक वर्णन, मित्रसँग घनिष्ट गफ जस्ताले यौन आकर्षण गराउँछ । जातीय आकर्षण अनिवार्य आवश्यक हो ।

पश्चिमी समाजका स्त्री–पुरुषका अत्यन्त नजिक भएपश्चात्को सहवासले उनीहरूको यौन भावनालाई अस्थायी बनाउँछ । स्त्री–पुरुषको आकर्षण अनिवार्य मानेर संसर्ग स्वीकार गर्दा त व्यक्ति स्वार्थ पूरा हुन्छ तर सनातन पुरुष र चिरञ्जीवी स्त्रीकोबीच आकर्षण सम्बन्धबाट मात्र समस्या नभए तापनि यस्तो नभएका कारण विश्वमा समस्या पर्न गएको छ ।

विवाहको मर्यादा भंग गर्नु व्यभिचार हो । विवाहको बन्धन तोडेर रखेल संस्थामा प्रवेश गर्न सम्भव छ । वासनाको आवेग संतुष्ट गर्नु नै रखेलको एकमात्र उद्देश्य हो । मानिसको अज्ञानता वा अनेक कारणवश विवाह सम्बन्ध ढलमल भएर बित्दछ । 

विवाह प्रथाको सीमा उल्लंघन गरेर जो कोही रतिविलास गर्न सक्छन् तर ती सबै रखेलअन्तर्गत हुनुपर्छ । आर्थिक तथा अन्य प्रकारका लाभको लागि अनियमित, अव्यवस्थित र व्यापक यौन व्यवहार रखेल कार्य हो । युरोपमा जब जिउने केही सहारा नभएमा जिउनकै यौन व्यवसाय अपनाउने स्त्री नै खेल मानिएको छ । तर, विवाहमा वासना तृप्तीमा स्थिरता हुन्छ । पुरुषको माग समाजमा राम्रो–नराम्रो घटना कुनै कारणद्वारा नै घटित हुन्छ । स्त्रीको कामवासना यौनसम्बन्ध मानव जीवनको चरम व्यक्तिगत सम्बन्ध हो ।


Views: 67