17th April | 2021 | Saturday | 11:54:59 PM

पर्यटनले पुनर्जीवन पाउन कति समय लाग्ला ?

निनाम कुलुङ ‘मंगले’   POSTED ON : फाल्गुन १४, २०७७ (७:५४ AM)

पर्यटनले पुनर्जीवन पाउन कति समय लाग्ला ?

सन् १९९० मा विश्वमा पर्यटक भएर घुम्न निक्लने मानिसहरूको संख्या ४३८ मिलियन अर्थात् ४० करोड ३८ लाख थिए भने सन् २००८ मा ९० करोड २० लाख मानिसहरू घुम्नका लागि विश्वका विभिन्न देशमा गएका थिए । तर, यसरी पर्यटक भई विश्वका विभिन्न देश घुम्न निक्लने पर्यटकहरूमध्ये ४६÷४८ देखि ५५÷५९ प्रतिशतसम्म युरोपीयन देशमा घुम्न निक्लने गरेको देखिन्छ । त्यसमा पनि फ्रान्स हरेक वर्ष विदेशी पर्यटकहरूको पहिलो गन्तव्य हुने गरेको छ÷भइरहेको छ । 

स्मरणीय के छ भने, त्यसरी पर्यटक भएर घुम्न निक्लेका मानिसहरूले गर्ने खर्चको तथ्यांक भने, संख्याको बढोत्तरीभन्दा अझ बढी अर्थात् राम्रो रहेको देखिन्छ । उदाहरणका लागि यहाँ उल्लेख गर्नु पर्दा सन् १९९० मा विश्वमा पर्यटक भएर घुम्न निक्लने मानिसहरूले २६४ मिलियन अर्थात् २० करोड ६४ लाख अमेरिकी डलर खर्च गरेका थिए भने सन् २००८ मा ९४१ मिलियन अर्थात् ९० करोड ४१ लाख अमेरिकी डलर खर्च गरेका थिए । हुन पनि अहिले त वार्षिक रूपमा १ अर्ब २० करोड, १ अर्ब २५ करोड, १ अर्ब ३० करोड, १ अर्ब करोड ४० करोड, १ अर्ब ४४ करोड हुँदै क्रमशः बढ्दै गएको छ । 

यसरी वर्षैपिच्छे विश्व भ्रमण गर्न निक्लने पर्यटकहरूको संख्या बढ्ने क्रममा सन् २०१९ मा १ अर्ब ४६ करोड ६० लाख पुगेको थियो । सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनबाट सुरु भएको ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) को महामारी सुरु भएसँगै निरन्तरता पाउन सकेन । फलतः सन् २०२० मा विश्वमा घुम्न निक्लने पर्यटकको संख्या पनि ठूलो परिणाममा अर्थात् ७४ प्रतिशतले घट्न गयो । 

यसअघि सन् २००८÷००९ को आर्थिक मन्दीले गर्दा विश्वमा घुम्न निक्ले पर्यटकको संख्या सन् २००९ मा पनि अघिल्लो वर्षको तुलनामा ४.२ प्रतिशतले घटेको थियो । तर, विश्वका विभिन्न देशमा पर्यटक भएर घुम्न निक्लेका पर्यटकहरूले गरेको खर्च भने खासै घटेन । घटे तापनि थोरै परिणाममा मात्रै घटेर ८५२ मिलियन अर्थात् ८० करोड ५२ लाख अमेरिकी डलर रहेको थियो । यसरी हेर्दा सन् २००९ मा विश्वभरि घुम्न निक्लेका मानिसहरूको संख्याको प्रतिशतभन्दा उनीहरूले खर्च गरेको रकमको प्रतिशत झिनो प्रतिशत मात्रै कम अर्थात् ०.१ प्रतिशत कम थियो । 

अर्थात् सन् २००८ को तुलनामा सन् २००९ मा विश्वमा घुम्न निक्ले पर्यटकको संख्या ४.२ प्रतिशतले कम थियो भने, उनीहरूले गरेको खर्च भने ४.१ प्रतिशत मात्रै घटेको थियोे । स्मरणीय छ, सन् २००८ मा विश्वका विभिन्न देशका ९२० मिलियन (९० करोड २० लाख) मानिसहरू पर्यटक भएर विश्वभरि घुम्न निक्लेका थिए भने सन् २००९ मा विश्वका विभिन्न देशका ८८० मिलियन ८० करोड ८० लाख मानिसहरूमात्रै पर्यटक भएर घुम्न निक्लेका थिए । 

त्यो बेलाको तथ्यांक हेर्दा सन् २००८ मा विश्वका विभिन्न देशका ९२० मिलियन मानिसहरू पर्यटक भएर विश्वभरि घुम्न निक्लेका थिए भने सन् २००९ मा विश्वका विभिन्न देशका ८८० मिलियन मानिसहरूमात्रै पर्यटक भएर घुम्न निक्लेका थिए २०÷२५ वर्षदेखि खासमा लगभग सन् २०१९ को अन्त्यतिर सुरु भएको (कोभिड–१९) को महामारीका कारणले गर्दा विश्व भ्रमण गर्ने पर्यटकको संख्या सन् २०२० मा ७४ प्रतिशतले कमी आएको तथ्यांक केही समयअघि संयुक्त राष्ट्र संघअन्तर्गत रहेको विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) ले प्रकाशित गरेको छ । जबकि सन् २०१९ माभन्दा सन् २०२० मा ३ देखि ४ प्रतिशतले विश्व भ्रमण गर्ने पर्यटकको संख्या बढ्ने प्रक्षेपण गरिएको थियो । 

स्मरणीय छ, सन् २०१९ मा १ अर्ब ५० करोड मानिसहरूले पर्यटक भई (ओभर नाइट स्टे) विश्व भ्रमण गर्न निक्लेका थिए । यसरी हेर्दा विश्व पर्यटन उद्योगले सन् २०२० मा ठूलो संख्यामा पर्यटकमात्रै गुमाएन कि, पर्यटक गुमाए सँगसँगै पर्यटनबाट हुने आमदानी ठूलो मात्रामा गुमाएको छ । विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) ले प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् २०२० मा मात्रै पर्यटनबाट हुने आमदानीमध्ये १० खर्ब ३ अर्ब अमेरिकी डलर खुद आमदानी गुमाएको छ । (यहाँ डलरलाई नेपाली रुपैयाँमा हिसाब निकाल्दा केही तलमाथि भएको हुनसक्छ ।) यो भनेको सन् २००९ मा विश्वव्यापी रूपमा छाएको आर्थिक मन्दीको समयमा विश्व पर्यटन उद्योगले गुमाएको आमदानीभन्दा ११ पटकले बढी हो । 

हुन त सन् २०२० मा समय, परिस्थिति र अवस्था सब ठीकठाक ! भएको भए अर्थात् (कोभिड–१९) को महामारीले विश्वव्यापी असर नपु¥याएको भए नेपालमा सन् २०२० मा कम्तीमा २० लाख विदेशी पर्यटक नेपाल भिœयाउने नेपाल सरकारको लक्ष्य थियो । त्यसका लागि नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने घोषणा गरेको थियो । (कोभिड–१९) को व्यापक असरले विश्वका प्रायः सबै देशले आप्mनो देशमा विदेशीलाई भ्रमण गर्नमा प्रतिबन्ध लगाएसँगै नेपाल सरकारले पनि ढिला गरी ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई स्थगन गरेको थियो ।

त्यसो त (कोभिड–१९) को महामारीकै कारणले गर्दा विश्व भ्रमण गर्ने पर्यटकको संख्या सन् २०२० मा ७४ प्रतिशतले कमी आएको तथ्यांक माथि नै उल्लेख गरिसकिएको छ । फलतः नेपालमा सन् २०२० मा केवल २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकलेमात्रै नेपाल भ्रमण गरेका थिए । हुन त सन् २०२१ को पहिलो महिना अर्थात् जनवरी महिनामा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको मान्न सकिन्छ । 

यति बेला सन् २०२० सकिएर सन् २०२१ को फेब्रुअरी महिनाको तेस्रो हप्ता चलिरहेको हुँदा अब नेपाल सरकारले नयाँ पर्यटन नीति ल्याउन लागेकोले यो नयाँ नीतिमा ‘कुनै देशका विदेशी पर्यटकले आप्mनो देशमा कोभिड–१९ महामारीविरुद्घको भ्याक्सिन लगाएर आएको प्रमाणपत्र (सर्टिफिकेट) देखाएमा विगतमा जस्तो नेपालमा ७ दिन वा १० दिन क्वारेन्टाइन नबसीकनै नेपालको कुनै पनि पर्यटकीय क्षेत्र घुम्न जान पाउने छन् ।’ निश्चय नै नेपाल सरकारको यो नयाँ नीतिले गर्दा नेपाल आएर ७ वा १० दिनसम्म अकारण बसेर अनावश्यक खर्च गर्नुपर्ने जुन बाध्यता थियो, त्यो नीतिले गर्दा निम्न र निम्नमध्यम स्तरका विदेशी पर्यटकहरूलाई अनावश्यक खर्च गर्नुपर्ने समस्या हट्नेछ भने, धन्याढ्य र समय कम हुने धनीमानी विदेशी पर्यटकहरूका लागि बेकारमा ७ वा १० दिनसम्म बस्ने र अनावश्यक समय खर्च गर्नुपर्ने समस्या हट्नेछ । 


Views: 53