17th April | 2021 | Saturday | 11:09:37 PM

भूस्वामित्व र सामन्ती भूस्वाममित्व : राजनीति गर्ने विषय

स्वयम्भुनाथ कार्की   POSTED ON : फाल्गुन २३, २०७७ (८:३५ AM)

भूस्वामित्व र सामन्ती भूस्वाममित्व : राजनीति गर्ने विषय

कृषि पेशा सबैभन्दा आदिम पेशा हो । विकासवादको सिद्धान्त मान्ने हो भने घुमन्ते अर्थात् यायावर जीवन बा“च्ने मानव पूर्ण मानव थिएनन् मानवभन्दा केही पहिलेका ‘होमो इरेक्टस’ थिए ‘रामापिथेकस’ अर्थात् वनमान्छे भन्दा एकश्रेणी माथि । ‘होमो सेपियन्स’ अर्थात् मानवको प्रार्दुभाव हु“दा त उसले खेती गर्न जानिसकेको थियो र यायावर जीवन छोडिसकेको थियो । यहा“ यायावरभन्दा घुमन्ते जातिहरूलाई भन्न खोजिएको होइन जो केही वर्षको अन्तरालमा आफ्नो स्थानले पेट पाल्न छोडेपछि अर्को स्थानमा बसाइँ जाने गर्दथे, आजकल डिभी, पीआर लिएर बसाइँ सरेजस्तै । यायावर त्यो अवस्था थियो जो उपलब्ध खाना खोज्दै खा“दै स्थान परिवर्तन गर्ने गर्दथ्यो ।

उत्पादनको सबैभन्दा पहिलो र दिगो माध्यम हो प्रकृति, जसले पञ्चमहाभूतको उपयोग गरेर उत्पादन गर्दछ । यही उत्पादन नै अनेक प्राणीले आफ्नो प्रयत्नले वर्कतले क्षमताले रूप परिवर्तन गरेर आपूmअनुकूल बनाउँछ । यही नै यो पृथ्वीको हरेक जीवको प्राण धान्ने आधार बनेको हुन्छ । विज्ञानले एक कोषीय किटाणु बेक्टरिया जीवको सबभन्दा तल्लो खुड्किलो भन्छ । त्योभन्दा तल जीव र जडको सेतुको रूपमा भाइरस जीवाणुको रूपमा परिभाषित छ । यही जीवाणुको श्रेणीसम्मले प्रकृतिको उत्पाद परिवर्तित गरेर वा नगरी प्रयोग गर्दछ ।

मानव जीवको यो श्रेणीमा सबैभन्दा उन्नत मानिएको छ । सबैभन्दा उन्नत भएको कारणले नै प्रकृतिको उपयोग वा दुरूपयोग गरेर आपूmअनुकूल बनाउँछ । यही काममा मानव आपूm उपयोगी वस्तुहरू ज्यादाजसो जमिनबाट पैदा गर्दछ र यो पैदा गर्ने काम नै कृषि हो । केही पैदावारहरू जलाशय, सागर, महासागर आदिबाट लिए पनि जमिनको पैदावर बेगर मानवको जीवन कायम राख्न असम्भव प्रायः छ । किनभने ज्यादातर जनधनत्व सागर महासागरभन्दा जमिनको नजिक छ । त्यसैले उत्पादनमा स्थायित्वको निमित्त आपूmले प्रयोग गरेको भूमिका प्रयोगको अधिकार अवधारणा जन्मियो । यो अवधारणामा आपूmले चर्चेको जमिन आफ्नो स्वामित्व भएको मानियो । 

यो मानवको र भूमिको सम्बन्धको आधार हो । संसारमा जति पनि युद्ध भएका छन् र हुनेछन् सबैको कारण जमिन अर्थात् प्रकृतिक सम्पदा नै हो । देशदेशबीचको जमिनको निमित्त हुने युद्ध रोक्न हरेक युगमा अनेकौं नियमहरू बने पालन भए अनि मिचिए पनि । तर, एक राष्ट्रभित्र नागरिकहरूमा जमिन झगडाको कारण नहोस् भनेर शासकहरूले अआफ्नो मुलुकका अआफ्नो नियम बनाए जो निरन्तर पालन भए । हो बेलाबखत परिमार्जन त भए तर निरन्तरताको साथ । त्यसैले उत्पादनको यो आधारभूत साधनको स्वामित्व हुने र नहुने बीच एक प्रकारको तीतोपन रहृयो जसलाई राजनीतिकर्मीहरूले हमेशा हतियार बनाए । नेपालमा यसका निमित्त प्रयोग भएको पछिल्लो शब्द हो ‘सामन्ती भूस्वाभित्व’ । 

भूमिको समान र वैज्ञानिक वितरणको चर्को वकालत भइरहेको आजको अवस्थामा एक चपरी भूमि भएका भूस्वामीहरूले पनि जान्न पाउनुपर्ने ज्वलन्त प्रश्न हो सामन्ति भूस्वामित्वको परिभाषा के हो ? विभिन्न भूमि अधिकारवादी संघसंस्थाले भूमिहीनहरूलाई जग्गा पाउने प्रलोभनमा आन्दोलन गर्न प्रेरित गरेको वर्तमान अवस्थामा सामन्ति भूस्वामिको परिभाषा गर्नु पनि उनीहरूकै दायित्व हुन आउ“छ । त्यो परिभाषामा सबैले चित्त बुझाउँछन् कि बुझाउँदैनन् यस कुरामा खुला बहसको आवश्यकता छ । त्यो पनि कृषिमा वैदेशिक खुल्ला लगानीको अवधारणा अर्थात् एफडिआई सरकारले नै आवश्यक मानेको अवस्थामा । 

अझ सरकारका कृषिलाई टेवा दिने नीतिमा दर्ता भएका ठूला कृषि फर्महरू परेका छन् । सानो हदबन्दी तोकेर वैदेशिक खुला लगानी अनि ठूला कृषि फर्मको रूपमा जग्गा परम्परागत किसानको हातबाट खोसेर धनपतिहरूको हातमा लैजाने प्रयास हु“दैगरेको छ । अर्थात भनिएको वैज्ञानिक भूमिसुधारले कृषि उत्पादन बढाउन सकिन्न बरु घट्छ भन्ने कटुसत्य सरकारले अनुभूत गरेको छ ।

विधिको शासनको परिकल्पना गर्ने हो भने मान्छे अनुसारको व्यवहार गर्न पाइँदैन, काम अनुसारको व्यवहार गर्नुपर्ने हुन्छ । सामन्ति भूस्वमित्वको परिभाषा गर्दा आफ्ना पनि पर्लान्् भनेर किन्तु परन्तुको सहारा लिने गरिएको प्रष्ट देख्न पाइन्छ । अन्तर्राष्ट्रिय संघसंस्थाको परियोजना चलाएर देशका बहुसंख्यक भूस्वामीहरूले सपनासम्म पनि देख्न डराउनुपर्ने मोलका चिल्ला गाडी प्रयोग गर्ने र महिनाको लाखको आसपास पारिश्रमिक कुम्ल्याउने अधिकारवादीहरूले ती भूस्वामीहरूलाई सामन्ति देख्नु निर्लज्जताको कुन श्रेणीमा पर्छ ?

अध्ययन, प्रतिवेदन तथा जागरण कार्यक्रम गरेको भनेर गरिबी निवारणको नाममा उल्लेख्य काम गरेको जसको दावेदार हु“दा एउटा परियोजनामा करोडौं कुम्याएको रन्को छोप्न एक बिघाह जमिनको मालिक जीवन निर्वाह गर्न नसकी अन्यत्रै थप मजदुरी गर्न गएकोलाई अनुपस्थिति भूमिपति भनी सामन्तिमा राख्न उनीहरूलाई अति आवश्यक भएको तथ्य जग जाहेर छ । दाताहरूले दिएको गरिबी निवारणको कोष पेजको दशौं हजार खर्च गरेर तयार पारेको प्रतिवेदन, त्यसको प्रस्तुतीकरण समारोहमा दिएको ककटेल डिनर र भत्ताको नाममा आफ्नो गोजीमा परेपछि विवश भूस्वामीहरूको जमिन खोसेर दिने नारा उचाल्दामात्र पच्छ । 

महानगरपालिका, उपमहानगरपालिका र केही नगरपालिकामा घडेरी तथा घर हुने केही भूस्वामीबाहेक मुलुकका सबै भूस्वामीहरू मध्यम वर्गीय हुन् । यसमध्ये त कति यस्ता छन् जसको परिवार त्यो जमिनको उब्जनीले पाल्न सक्दैन । यसको फलस्वरूप उनीहरू कुनै वैकल्पिक रोजगारीको उपाय अपनाउन बाध्य छन । अन्यथा विस्तरै–विस्तारै आफ्नो भूसम्पत्ति खर्च गरेर सर्वहारा हुनुको विकल्प छैन । यस्ता भूस्वामीहरू जीविकाको अर्को विकल्प खोज्न प्रयत्नरत छन् । यसरी आफ्नो जीवनयापनको दैनिकी नै कष्टदायक भएकालाई सामन्तिको नाम दिई भएको उस्को सानो पुँजीको पनि हरण गर्ने भूमिका तयार गर्नुलाई मध्यमवर्ग माथिको ठूलो आक्रमण हो ।

क्रान्तिकारी भूमिसुधारको चर्को नारा उराल्ने अधिकारकर्मी तथा नेताहरूमा मुलुकका बहुसंख्यक अन्य साना भूमिपतिहरूभन्दा कैयौं गुणा सम्पत्ति छ । कसैले आफ्नो व्यक्तिगत सम्पत्ति छैन भनेर घोषणा गरे पनि दशौं बिघाह जमिनका मालिकहरूले कल्पनामा मात्र भोग गर्ने सुख सुविधाको भोग गर्दैछन् र भविष्यमा पनि त्यो कायम रहने ग्यारेन्टी उनीहरूलाई छ । हाम्रा वरिपरिका यस्ता नेता वा अधिकारकर्मीको जीवनस्तरमा ध्यानमात्र पु¥याए यो सत्यको बोध हुन्छ । यसका निमित्त कुनै विशेष अध्ययनको आवश्यकता छैन । यदि उनीहरू वास्तवमा इमानदारीपूर्वक यो नारा उचाल्दैछन् भने पहिले आफ्नो त्यो वैभवपूर्ण जीवनशैलीको परित्याग गरेर उदाहरण किन बन्दैनन् ? उत्तर स्पष्ट छ, किन्तु परन्तुको ढालले छेकेर आफ्नो त्यो वैभवको सुरक्षा उनीहरूले गर्ने छन् ।

बोेल्न नसक्नेलाई बोल्ने, अपा¨लाई पहाड पार गर्ने, निसन्तानलाई सन्तान दिने शैलीमा नभएकालाई दिन्छुभन्दा जत्रो पनि भीड जुटाउन सकिन्छ । ज्यादा पाउने लोभ जसलाई पनि हुन्छ यो मानवीय प्रवृत्ति हो । मानव स्वभावको यो कमजोर पाटोको लाभ ठगहरूले लिएको उदाहरण हरेक दिन जस्तै समाचारमा सुन्न पाइन्छ । अर्काको खोसेर दिने वचनले संगठित परेका विचारा भूमिहिनहरूलाई उराल्नेहरूले बुभ्mनै पर्ने कुरा के हो भने उनीहरूको सम्पत्ति पनि भाग लगाउने नारा अर्कोले उचाल्न सक्छ । अहिले जुन मध्यमवर्ग आपूmलाई अपराधीसरह ठानेर टुलुटुलु हेर्न बाध्य छ भोलि भोकले बाध्य भएर खानाको खोजीमा निक्लेमा त्यसको परिणाम के हुन सक्ला ?

कसैले अन्याय अत्याचर गरेको भए वा आपराधिक कार्यबाट सम्पत्ति जोडेको भए त्यसको संरक्षण गरिन हु“दैन भन्ने कुरामा कसैले दुईमत राख्दैन । तर निश्चित समयावधि तोकी सरकारलाई कर बुझाएमा जसरी कमाएको भए पनि त्यसलाई वैध मान्ने तर कसैको जमिन भए त्यो अवैध मनिने तर्क हाललाई ठीक मान्न बाध्य भए पनि कालान्तरमा त्यो अक्षम्य अपराध ठहरिनेछ । हिजोका सर्वशक्तिमानले आज धुलो चाटे भने आजका शक्तिमान कहिलेसम्म शक्तिमान रहन सक्छन् ? 

केही लाखको जग्गा बा“झो राख्दा त्यो अनुत्पादक भयो भनेर दण्डनीय हुन्छ भने पचासौं लाखको विदेशी गाडीको सैरसपाटा कसरी क्षम्य हुन्छ ? एउटै गाडीको मोलले चार पा“चजनालाई प्रत्यक्ष रोजगारी दिने गरी घरेलु उद्योग गर्न सकिन्छ र त्यसले देशको कूल उत्पादनमा योगदान दिन्छ भनेर किन नसोच्ने ? जग्गा बा“झो राख्नु राष्ट्रप्रति गरेको अपराध हो भने पचासौं लाखको गाडीमा चडेर महिनाको लाखौं पारिश्रमिक राजस्वबाट लिनु चाहिँ के हो ?

सामन्ती भूस्वामित्वको स्पष्ट परिभाषा गरेर त्यही मापदण्डमा अन्य सम्पत्ति वा सुख सयललाई पनि हेर्न आवश्यक भइसकेको छ । आज सम्पूर्ण जनताको चासो यही छ के हो यो सामन्ति भूस्वमित्व ? के सामन्तिपना केवल भूस्वमित्वमा मात्र छ ? सामन्ति भूस्वामी दण्डको भागी भए के अन्य सम्पत्ति र भोगविलास सामन्ती होइन ? यदि हो भने त्यो किन क्षम्य छ ?


Views: 103