16th May | 2021 | Sunday | 7:20:18 PM

नियममाथिको र मुनिको वर्गबीच द्वन्द्व

स्वयम्भुनाथ कार्की   POSTED ON : चैत्र २९, २०७७ (९:३६ AM)

नियममाथिको र मुनिको वर्गबीच द्वन्द्व

संसारको कुनै पनि मानिस हमेशा सर्वहारा हुन नचहानु उसको नैसर्गिक अधिकार तथा मानव हुनुको कर्तव्य हो । त्यसरी नै अरूको सञ्चित सम्पत्ति खोसेर अर्कालाई पाल्नु अन्याय त हु“दै हो साथै जसलाई दिइन्छ त्यसलाई जीवनभरको निमित्त आसे बनाउनु हो । त्यस्तो आसे मान्छेको आत्मसम्मान मरेको हुन्छ, आपूm काम नगर्ने तर अर्काको खोस्ने अपराधी सोच विकसित हुन्छ । यसरी यो त्यसकोे मान्छे भनाउने अधिकारको हनन् हो । आवश्यकता र चहाना सकिनु मानव जीवनको अन्त्यमात्र नभएर मानवको प्रगतिलाई रोक्ने कारण पनि हो । दाम्लोले बाँधिएको पशु, पिँजडामा वा चिडियाखानामा बन्द पक्षी र कैदखानामा बन्द बन्दीलाई मात्र उसलाई बन्दी बनाउनेले पाल्ने तथा हेरचहार गर्ने गर्दछ । 

मान्छेको आधारभूत विशेषता भएकाले बाहिर जे भने पनि ऊ भविष्यको निमित्त चिन्तित हुन्छ । कुनै न कुनै रूपमा संग्रह गर्ने प्रयत्न गरिराखेको हुन्छ । पु“जीपति वर्गबाहेक अरूको यस प्रकारको संग्रहलाई अपराध भन्ने बोध गराउन राजनीतिक दल, विभिन्न किसिमका अधिकारकर्मी अनवरत लागिपरेका छन् र यस कार्यमा धेरैजसो सफल भएका छन् । उनीहरू आपैं आफ्नो सम्पत्ति बढाउन दत्तचित्त छन् ।

सम्पत्ति संग्रहलाई अपराध सावित गर्न खोज्नेको सम्पत्ति भने सर्वसाधारणले भोग चलन गर्ने कल्पनासमेत गर्न नसकेको सुविधा भोग गर्छन्, सम्पत्ति संग्रह गर्छन् । आपूmले जे गर्दा पनि हुने र सर्वसाधारणले चाहिँ आचरणमा बस्नुपर्ने आग्रह, आग्रह होइन दूराग्रह हो । यस्तो दूराग्रहलाई नैतिक देखाउनुपर्ने अवस्था भयो भने आफ्नो अनुकूल नियम संशोधन गर्न उनीहरूलाई कतैबाट बाधा छैन । यसरी समाजमा दुई वर्ग देखा पर्न लागेको छ । १. नियमभन्दा मथिको वर्ग २. नियमभन्दा मुनिको वर्ग । 

आफ्नो र आफ्नो परिवारको भविष्य सुरक्षित हुने आशामा नियमभन्दा मुनिको वर्ग नियमभन्दा माथिको वर्गको चाकरी गर्न बाध्य हुन्छ । आफ्नो इच्छाविपरीतको कुरामा प्राणको मोह छोडेर मरिमेट्न प्रेरित गर्न आपूm वा आपूmसँग अश्रितको सुरक्षित भविष्यको मृगतृष्णा प्रयाप्त छ । नियमभन्दा मथिको वर्गको स्वेच्छिक तथा बेदाम दास हुनमा गौरव गर्नेहरू आफ्नो बुद्धि विवेक सबै एकातर्पm पन्छाएर आफ्ना मालिकको होमा हो मिलाउने गर्दछन् । मालिकले राम्रो भनेको कुरा राम्रो हो भनेर मरिमेट्न तयार भएका मान्छे तुरन्तै मालिकले त्यसैलाई नराम्रो भनेमा एकैछिन अगाडि आपैmंले राम्रो भनेर मरिमेटेको कुरा नराम्रो हो भनेर मरिमेट्न फेरि तयार रहन्छन् ।

यस प्रकारको दासत्व स्वीकार गर्न विवश तुल्याउने एकमात्र कारण सम्पत्तिसम्बन्धी दोहोरो मापदण्ड नै हो । हुन त यसलाई कसैकसैले शक्तिको अभिलाषा भन्ने गर्दछन् तर शक्तिको आवश्यकता भविष्यको सुनिश्चितताको निमित्त नै हुन्छ । भविष्यको सुनिश्चितता उसको संग्रहित सम्पत्तिमा हुने गर्दछ । 

सम्पत्तिको अस्थिरता पैदा गर्न नसकेमा नियमभन्दा माथिका वर्गकाहरूको वर्चश्व कायम रहन सक्दैन । कोही नियमभन्दा माथि हुनु हँुदैन भनेर आउनसक्ने विरोधको प्रतिरोध गर्नसक्ने क्षमता नहुने हुँदा अर्काको सम्पत्ति खोसेर तिमीहरूलाई दिन्छु भनेर आफ्नो पक्ष बलियो बनाउन सकिने तथा अन्यको निमित्त बनाएको नियम आपूmलाई लागू भएमा आफ्नो अस्तित्व लोप हुने कारणले दोहोरो मापदण्ड अपनाउन विवश छन् । यसै गरेर भविष्यकै निमित्त सर्वसाधारण यिनीहरूको दासत्व स्वीकार गर्न बाध्य छन् ।

एउटा सर्वहारा आपूmलाई मध्यम वर्गमा लैजान हरसम्भव प्रयत्न गर्दछ । एउटा मध्यम वर्गीय आपूmलाई पु“जीपति वर्गमा लैजान शिरदेखि पैतालासम्मको बल लगाएर प्रयत्नशील हुन्छ । आपूm आफ्नो स्तरबाट तल खस्नु नपरोस् भनेर एउटा पु“जीपति प्रयत्न गरिराखेको हुन्छ । उसको यो प्रयत्नले पैदा गरेको रोजगारीको अवसरले अरूको भविष्य सुन्दर बनाउने आश जीवित राख्छ । यसै प्रयत्नमा उनीहरूले गर्ने कामले उत्पादन बढ्छ, प्रगतिको गोरेटोतर्पm समाजलाई लैजान्छ । अन्योन्याश्रित सम्बन्ध भएका यी वर्गहरूको बीचमा आफ्नो अस्तित्व कायम गर्न सर्वहारावर्गको वकालत गर्दै आपूmलाई नियमभन्दा माथि ठान्नेहरू आउँछन् । यसपछि समाजको आफ्नो गति अवरुद्ध हुन थाल्छ । 

बढेको बेकारीको उपचारको निमित्त वैदेशिक रोजगारीको नाममा स्वजन तथा स्वदेशबाट टाढा पु¥याउने प्रयत्न सुरु हुन्छ । तर, जत्तिसुकै प्रयत्न भए पनि सर्वहारा वर्ग हमेशा आफ्नो अन्धकारमय भविष्य च्याउँदै सर्वहारा नै रहन्छ । सर्वहारा वर्ग नभए आपूmलाई नियमभन्दा माथि ठान्नेहरूको अस्तित्व सम्भव छैन । तसर्थ सर्वहारा हमेशा सर्वहारा नै रहोस् भन्ने चाहनु यिनीहरूको वर्गीय चरित्र हो । 

पृथ्वीमा भएका हरेक प्राणी तथा वनस्पतिहरूको बा“च्ने हक नैसर्गिक हो । यो हक कुनै राजनीतिक विचारधारा वा राज्यबाट प्रदत्त होइन । प्रकृतिले आफ्नो नियमबाटै हक हरेकलाई दिएको हो । तर, मध्यम वर्गको यो हकमाथि हमेशा आक्रमण भइरहेको छ । कल्याणकारी राज्य तथा समानताको नारा दिएर जनतामाथि शासन गर्न चाहने वा गर्नेहरू मध्यमवर्गको यो हकमाथि आक्रमण गर्ने गर्दछन् । 

बुद्धिजीवी तथा अधिकारकर्मीहरू लोपोन्मुख जातिको नाममा जन्तु वा वनस्पतिको बा“च्नेहकको वकालत गर्दछन् तर जब मध्यम वर्गको हकको कुरा आउँछ चुप लाग्नेमात्र होइन बरु मध्यम वर्गलाई अपराधीसरह सजाय गर्नैपर्ने तर्क दिन पछि पर्दैनन् । यसरी मध्यमवर्गलाई दबाउने काममा सहयोग पु¥याउने आपूm पनि सोही वर्गमा हुन्छ, तर यसकोे हेक्का रहँदैन । कालिदासले हा“गाको टुप्पामा बसेर सोही हा“गाको फेद काटेभैmँ आफ्नो आधारमाथि नै चोट पु¥याउन उद्यत्हरू हुन्छन् । 

यो केवल शक्ति पूजा गरेका फाइदा हुन्छ भन्ने भ्रममात्र हो । फाइदा लिनेहरू यिनीहरू मध्येकै भए पनि केवल यसो गरेको कारणले होइन । के के खोजिन्छ र के के हुन्छ भन्ने कुरा भुक्तभोगीले बताउँन सक्छन् जो फाइदा खोज्न जान्छन् तर पाउँदैनन् । अब त यस्ता कुरा उनीहरूले सार्वजनिक गर्न थालेका छन् । 

संघे शक्ति कलियुगे भन्ने युक्तिको ज्ञान भएका राजनीतिवाजहरू अनेक प्रकारको प्रपञ्च रचेर मध्यमवर्गलाई संगठित हुन दिँदैनन् । मध्यमवर्गलाई जात, सम्प्रदाय, क्षेत्र, भाषा इत्यादिमा विभाजित गरेर वर्गीय हितका निमित्त संगठित हुनसक्ने सम्भावनालाई न्यून गरिएको छ । फुक्र्याएर, लोभ्याएर, डराएर वा धम्क्याएर जसरी पनि फुट गराएर मध्यमवर्गको ध्यान अन्यत्र पु¥याउन सकेमा आपूमाथि भएको आघात गर्नेलाई चिन्न सक्दैन र हमेशा आफ्नो दास भएर बस्छ भन्ने राजनीतिवाजहरूको धारणा सही भएको छ ।

बा“च्नको निमित्त चाहिने न्यूनतम तत्वहरू नै प्राणीका सम्पत्ति हुन् । त्यो सम्पत्ति प्राप्त गर्न प्रयत्न गर्नु प्राणीको कर्तव्य हो । यो प्रयत्नमा लगातार असफल भए उसको अन्त्य अपरिहार्य छ । यसैगरी यो प्रयत्नमा लगातार सफल भएमा ऊ शक्तिशाली हुँदै जान्छ । कुनै युगमा पृथ्वीमा एकछत्र राज गर्ने डाइनासोरको अन्त्यको प्रमुख कारण यसै प्रयत्नमा लगातार असफलता हो । अस्तित्वको निमित्तको संघर्षमा अयोग्य हुनेहरूको विनाश गर्ने प्रकृतिको कठोरतम रूपलाई नबुझे बच्न कोही सक्दैन ।

एकातर्पm समान वितरणको खोक्रो नारामा मध्यमवर्गको सञ्चित सम्पत्ति हरणको बहाना खोजिँदैछ भने अर्कातर्प तुरुन्त कमाएर ज्यान पाल्न पाउने अवस्थाको अन्त्य गरिँदैछ । खेतीपातिको बेलामा हड्ताल, चक्काजाम इत्यादिको आयोजनले कृषि उत्पादनमा बन्देज लग्दैछ । आफ्नो प्रयत्नले उपलब्ध गरेर प्रयोग गर्न ठिक्क पार्न पारेको मल बिउ कानुनको लाठो लगाएर खोसिन्छ । कलकारखाना, यातायातका साधन तथा काम गरेर जीविकोपार्जन गर्ने अवसर खोस्नमात्र होइन सम्भव भएमा त्यसलाई बन्द गराइएको कुरा लुकाउन सकिँदैन ।

देशभित्र यसरी बा“च्न पाउने अधिकारको हरण गरेर वैदेशिक रोजगारीको प्रलोभनमा विदेशिन बाध्य पार्ने क्रियाकलापले नेपालको अस्तित्व कहिलेसम्म सम्भव होला ? नेपालको अस्तित्व मेटाएर आफ्नो वर्चश्व कायम गर्न खोज्नेलाई नेपालको अस्तित्व नभएमा आफ्नो अस्तित्व रहने छैन भन्ने ज्ञान नभएको भनेर मान्न सकिँदैन । देशको विकास गर्छु भनेर दिनमा सयांै पटक प्रतिबद्धता व्यक्त गर्नेहरू आफ्नै कार्यले देशको अस्तित्वमा खतरा परेको थाहा पाउँदैनन् भन्ने कुरा पत्याउन सरल छैन । विशेषज्ञको विशेषणले विभूषित, जनतालाई नेतृत्व गर्छौं भनेर दाबी गर्नेहरूले आफ्नो कामको राम्रो नराम्रो परिणमको उत्तरदायित्व बोक्नु पर्दैन भनेर सोचेका त पक्कै छैनन् तर उनीहरूको उत्तरदायित्व कोप्रति हो ?

पुँजीपति र सर्वहारा वर्ग दुवैको पालनहार मध्यमवर्ग नै हो । पुँजीपतिको उद्योगमा श्रम गरेर सर्वहाराले गरेको उत्पादनको उपभोक्ता मध्यम वर्ग हो । मध्यम वर्गको उद्योगमा मध्यम वर्गको श्रमले उत्पादन गर्छ । नेपालजस्तो कृषिमा आधारित अर्थतन्त्र भएको देशमा अहिलेसम्म जति विकास भएको छ त्यो मध्यम वर्गको तन, मन र धनले सम्भव भएको हो । पुजीपतिको ध्यानको अधिकतम हिस्सा आफ्नो सुखसुविधामा र सर्वहाराको ध्यान आफ्नो बा“च्ने संघर्षमै जान्छ । प्रगति गर्ने र आफ्नो वर्गोन्नति गर्ने चहानामा अनजानैमा मध्यम वर्ग नै विकासको सम्वाहकको भूमिका पूरा गरिराखेको हुन्छ ।


Views: 116