16th May | 2021 | Sunday | 7:29:28 PM

भद्र प्रतिपक्ष र उत्तेजक सत्तापक्ष

ईन्द्रबहादुर बराल   POSTED ON : चैत्र २९, २०७७ (९:४० AM)

भद्र प्रतिपक्ष र उत्तेजक सत्तापक्ष

नेपाली कांग्रेस पार्टीलाई लामो समय सत्तामा बस्यो तर केही गरेन भनेर बारम्बार आरोप लगाउने गरिन्छ तर त्यो आरोपमा कुनै सत्यता छैन । सत्यता के हो भने कांग्रेसले २०४६ सालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई कायापलट गरेको छ । मानिसहरू अझ विशेष गरेर कम्युनिस्ट र पञ्चायतका पृष्ठपोषण गर्नेहरूले भन्ने गर्दछन्् कांग्र्रेसले केही गरेन । तथापि त्यो आरोपमा कुनै सत्यता छैन । अब एकछिन कुरा गरौं राजनीतिक परिवर्तनको क्षेत्रमा गरेको नेतृत्वदायी भूमिका त घाम जस्तै छलंगै छँदै छ । त्यसका अतिरिक्त शिक्षा, स्वास्थ्य, सडक र सञ्चारमा देखिएको प्रगति आँखा देख्नेको त कुरै छाडौं अन्धाहरूले समेत अनुभूति गरेका छन् । 

कुरा यत्ति फरक हो कम्युनिष्टहरू अझ खास गरेर एमालेले मनमोहन अधिकारीलाई अहिलेसम्म भजाएर खाएको छ वृद्वभत्ता । योबाहेक अरू माखो मारेको छैन एमालेले । अब कांग्रेसले लामो समय सत्तामा रहेर केही गरेन भन्नेहरूले ध्यानपूर्बक पढ्नु कि कांग्र्रेसले आफू सत्तामा भएको बेला के के गरेको रहेछ । पञ्चायतको विरासतको रूपमा नेपालमा एउटा विश्वविद्यालयबाहेक अर्को थिएन । त्यो पनि पञ्चायतले स्थापना गरेको थिएन । आज हेर्दा कांग्रेसले अपनाएको नीतिले देशमा कति युनिभर्सिटी छन् । 

अनि गाउँगाउँमा उच्च माध्यामिक विद्यालयहरूको स्थापना कति भएका छन् । त्यहाँका अर्थात् ग्रामीण जनताका छोराछोरीले आफ्नै गाउँघरमा घरको काम सघाउँदै कक्षा बाह्रसम्म घरकै आँटो पिठो खाएर पढ्न सक्ने व्यवस्था कांग्रे्रेसले नै गरेको थियो । कलेज र विश्वविद्यालय पनि त्यत्तिकै मात्रामा खुलेको प्रष्ट छ । यो भयो शिक्षा क्षेत्रमा भए गरेका उपलब्धिहरू । 

स्वास्थ्यको क्षेत्रमा सबैभन्दा पहिले नेपाली कांग्रेसको सरकारले ग्रामीण क्षेत्रका जनतालाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने हेतुले त्यो समयका चार हजारभन्दा बढी गाउँ विकास समितिहरू प्राथमिक स्वास्थ्य केन्द्रहरू स्थापना गरेको थियो भने प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय स्वास्थ्य सेवालाई स्तरोन्नति गर्दै क्षेत्रीय तहमा स्वास्थ्य सेवा प्रवाह गरेको थियो । त्योभन्दा अन्य धेरै उच्चस्तरीय अस्पतालहरू खोल्न नेपाली कांग्रे्रेसले लिएको उदार र खुला नीतिका कारण यो सब सम्भव भएको हो । शिक्षा पनि त्यही नीतिका कारण दर्जनौं युनिभर्सिटी खोल्न सहज भएको हो । 

यद्यपि त्यहाँ केही कमजोरी छैनन् भन्न सकिँदैन तर त्यसका बाबजुद पनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा पञ्चायतले छोडेको बिरासतसँग तुलना गरेर हे¥यो भने निसन्देह कांग्रेसको नीतिले धेरै ठूलो प्रगति हासिल गरेको तथ्यले पुष्टि गर्दछ । सडक यातायातको क्षेत्रमा नेपाली कांग्रे्रेसको सरकारले सुरुमा ७५ जिल्लाकै सदरमुकाममा मोटर चल्न सक्ने सडक निर्माणलाई प्राथमिकतामा राखी कार्यक्रम बनाएको थियो र पछि ग्रामीण सडकलाई समेत समेटेर देशका सबै गाउँमा सडक सुविधा पु¥याउन आफ्ना प्रयत्नहरू जारी राख्यो । २÷४ वटा सडक देखाएर राजा महेन्द्रलाई विकासप्रेमी भनेर नथाक्नेहरू कांग्र्रेसले केही गरेन भनिरहेको छन् । 

तर, यथार्थ उनीहरूले लगाएको आरोप जस्तो पक्कै होइन । कमजोरी के भइदियो भने कांग्रे्रेसले कर्म गर्ने फलको आश नगर्ने हुनाले आफूले गरेका कामको स्वामित्व लिन सकेन वा चाहेन । अब सूचना तथा सञ्चारको क्षेत्रमा त झनै अतुलनीय रूपले गाउँघर भीरपाखामा पु¥याइदियो कांग्रेसको नीतिले टेलिफोन र मोबाइल । पञ्चायतको बिरासतको रूपमा एउटा नेपाल टेलिभिजन र पेपर अखबारमा गोरखापत्रका अतिरिक्त केही औंलामा गन्न सकिने पत्रिका थिए ती पनि स्वतन्त्र थिएनन् सेन्सर गरिन्थ्यो । यति कुरा त कांग्रे्रेसले केही गरेन भन्नेहरूले हेक्का राख्नै पर्ने हो । 

अहिले छ्यापछ्याप्ती टिभी च्यानलहरू गन्नै गाह्रो छ । एफएमलगायत सामाजिक सञ्जालका कारणले आज सरकार र पार्टी र नेताभन्दा जनतामा धेरै जागरण आएको तथ्य त्यही कांग्रे्रेसको उदार, खुला र प्रतिस्पर्धाको नीतिका कारणले भउको हो । चाहे पञ्चायतको दलविहीनता होस् या कम्युनिष्टको एक पार्टी राज्य नियन्त्रित अर्थ सञ्चार नीति होस् यी दुवै चरित्रमा सैद्धान्तिक दृष्टिले एउटै डालोमा राखेर हेर्नुपर्ने हुन्छ । 

यसर्थ नेपाली कांग्रे्रेसले सम्पादन गरेका कार्यहरूविरुद्ध ती शक्तिहरूको स्वरमा स्वर मिलेको पाइन्छ र भन्ने गर्छन् कांग्रे्रेसले केही गरेन । यसर्थ कांग्रे्रेसजनले पनि आफ्नो सरकारले लिएको नीतिका कारण शिक्षा, स्वास्थ्य, सडक र सञ्चार यति छिटो फड्को मारेको तथ्य बोध गर्दै यसको स्वामित्व लिन आवश्यक छ । कम्युनिष्टहरूले कांग्रेसले लिएको सामाजिक सुरक्षा नीतिलाई भाषिक रूपमा लोकले सजिलै बुझ्ने र सिधै हात लाग्ने वृद्धभत्तालाई शाब्दिक प्रपञ्च मिलाएर त्यही वृद्धभत्तालाई ‘प्राण वायु’ को रूपमा पार्टीलाई जीवन्त बनाउन केही हदसम्म सफल भएका छन् । 

अब राजनीतिक हिसाबले नेपाली कांग्र्रेसले प्रथम जनक्रान्ति २००७ सालदेखि आजपर्यन्त आफ्नो भूमिका निर्णायक रूपमै निर्वाह गर्दै आयो । कुनै पनि राज्यसत्ता परिवर्तनमात्रै प्रयाप्त हँुदो रहेनछ, त्यसको सञ्चालन ठीक ढंगले हुन सकेन भने प्रणाली जति सुकै राम्रो र जुन पार्टीले जति सुकै बहुमत ल्याएरमात्रै केही हुने रहेनछ भन्ने तथ्य हालैका राजनीतिक घटनाक्रमले देखाइसकेको छ । देशमा नेपाली कांग्रे्रेसमात्रै एउटा पार्टी हो जसले आफू प्रतिपक्षमा रहेर पनि सरकारलाई सधैं सहयोग नै पुग्यो । 

तथापि कम्युनिष्ट सरकार आफैं धराशाही हुन पुग्यो । यदि कांग्र्रेसले उनीहरूले जस्तै सडक आन्दोलन गरेको भए सम्भवतः त्यसको दोष कांग्रेसतिर तेर्सिन्थ्यो होला तर कांग्र्रेस जस्तो शालीन र सभ्य प्रतिपक्ष पाउँदा पनि कम्युनिष्टले अवसर उपयोग गर्न सकेन र जानेन । कांग्र्रेस नेतृत्वको सरकारले ४÷४ जना कम्युनिष्ट प्रधानमन्त्रीले गर्न नसकेको काम सम्पन्न गरिदिएको कुरा प्रष्ट छ । कांग्रे्रेस नेतृत्वले निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयन तिनै तहको निर्वाचन सम्पन्न गराएर इतिहासले सुम्पिएको जिम्मेवारी पूरा गरेको छ नेपाली कांग्रे्रेसले । 

समावेशी लोकतन्त्र र सामाजिक न्यायको क्षेत्रमा नेपाली कांग्रे्रसले उल्लेखनीय काम गरेर स्वामित्व लिन सकिरहेको छैन । यसबाट के बुझ्न सकिन्छ भने कांग्रे्रेस आफ्नो कर्तव्य गर्दैजाँदो रहेछ तर त्यसको श्रेय लिन भने चुकिरहेको देखिन्छ । लोकतन्त्रमा कामको मूल्यांकन जनता आफैं गरून् भन्ने मान्यता कांग्र्रेसले राखेको देखियो र आफैं मपाईं त्यति शोभनीय होइन भन्ने सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ । तर, कांग्र्रेसको त्यो सोझोपनको फाइदा चतुर कम्युनिष्टहरूले लिए । 

यद्यपि कांग्रे्रेसले त्यसमा कुनै पश्चताप गरेको सुनिँदैन । आज कम्युनिष्टहरू आफैं आपसमा तल्लो स्तरमा झरेर एक अर्कालाई निम्नकोटीको गालिगलौजमा छन् र पनि कांग्रे्रेस त्यसको राजनीतिक लाभ लिने काममा अग्रसर छैन । यसको मतलब हो कांग्रेस सत्ताको राजनीतिभन्दा सिष्टमको राजनीतिमा विश्वास राख्छ भन्ने प्रमाण पद्धति वा सिष्टम रहिरहृयो भने सत्तामा पुग्ने खेल खेल्न जहिले पनि पाइन्छ ।

 अहिलेको यो तरल राजनीतिमा प्रतिक्रियावादी शक्तिहरूले पद्धति उल्ट्याउने चेष्टा गरेको अनुभूति हुन थालेको अवस्थामा फेरि सत्ताको घिनाहा खेलमा लर्बरिँदा अर्को अनिष्ट हुने हँुदा कांग्र्रेस मुखैमा आएको मौकालाई प्रवाह नगरी गम्भीरतापूर्वक परिस्थितिलाई नियालिराखेको छ । यहाँ संघीयता र गणतन्त्रमाथि प्रधानमन्त्री ओलीको काँधमा बन्दुक राखेर पुनस्र्थापनावादी शक्तिहरूको सल्बलाहट निकै बढेको प्रतीत हुन्छ । यसर्थ सम्पूर्ण परिवर्तनकारी शक्तिहरू सचेत रहेनौं भने अग्रगामी राजनीतिक परिवर्तन उल्टिने वा उल्ट्याउने खतरा छर्लंग देखिएको अवस्था छ । 

यसर्थ प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धि जोगिने सम्भावना एकदमै न्यून रहेकोले जति सक्यो छिटो अहिलेको राजनीतिक शून्यतालाई समाप्त गरी अघि बढ्न ढिला भइसकेको छ । यही सन्दर्भलाई समेत ध्यानमा राखी नेपाली कांग्र्रेस कसिएको राजनीतिक विवादको गाँठो फुकाउन तल्लीन छ । निष्कामकर्मका साथ अघि बढ्दै जाने हो भने कर्म गर्दै जाऊ तर फलको आशा नगर भन्ने शास्त्रीय भनाइलाई मनन गर्दै आफ्नो भूमिकामा कांग्रेस क्रियशील छ तर देश र जनताको लागि आफूले गरेका कामको स्वामित्व लिन दौडमा कांग्रेस देखिँदैन । यो कांग्रेस चरित्र नै हो । 


Views: 167