16th May | 2021 | Sunday | 6:20:47 PM

पाँच देशका पर्यटकको तुलनात्मक तथ्यांक

निनाम कुलुङ ‘मंगले’   POSTED ON : चैत्र ३०, २०७७ (८:२४ AM)

पाँच देशका पर्यटकको तुलनात्मक तथ्यांक

वर्षैपिच्छे धेरै संख्यामा नेपाल भ्रमण गर्न आउने पाँच देशका पर्यटकहरूको सातवर्षे तथ्यांकलाई यहाँ उल्लेख गर्ने प्रयास गरिएको छ । यसरी वर्षैपिच्छे नेपाल भ्रमण गर्न आउने पाँच देशका धेरै संख्यामा नेपाल आउने देशका पर्यटकहरूको सातवर्षे तथ्यांक हेर्दा वा नेपाल भ्रमण गर्न धेरै संख्याको कुरो गर्दा पछिल्लो सात वर्षमा जहिले पनि भारतीय र चिनियाँ पर्यटकहरू संख्यात्मक रूपमा लगातार रूपमा पहिलो दोस्रो नम्बरमा रहने गरेका छन् भने तेस्रो स्थानमा चाहिँ कहिले बेलायतका पर्यटक रहने गरेका छन् भने, कहिले अमेरिकाका पर्यटक रहने गरेका छन् । 

त्यस्तै कहिले श्रीलंकाका पर्यटक तेस्रो स्थानमा रहने गरेका छन् । संख्याको आधारमा नेपाल भ्रमण गर्ने पाँच देशका सातवर्षे तथ्यांकको सन्दर्भमा भन्नु पर्दा संख्याको आधारमा हालसम्म नेपाल आउने पाँच उत्कृष्ट देशको सातवर्षे तथ्यांक हेर्दा क्रमशः भारत, चीन, अमेरिका, बेलायत, श्रीलंंका, थाइल्याण्ड, दक्षिण कोरियाका पर्यटकहरू ‘टप फाइभ’ भित्र पर्ने गरेका छन् भने, म्यानमार, अष्टे«लिया, बंगलादेश, जर्मनी, जापान, फ्रान्स आदि देशका पर्यटक नेपाल भ्रमण गर्न आउने ‘टप टेन’ विदेशी पर्यटकमा पर्ने गरेका छन् । 

नेपाल भ्रमणमा आउने उच्च पाँच देशभित्र धेरै लामो समयसम्म पहिलो र दोस्रो देशमा भारत र चीन रहने देखिन्छ । जबकि चिनियाँ सर्वसाधारण नागरिकले नेपालमा आधिकारिक रूपमा पर्यटकको रूपमा भ्रमण गर्न चीन सरकारबाट सरकारी तवरमा अनुमति प्राप्त गर्न नै धेरै ढिला भएको थियो । किनभने, सन् २००३ देखिमात्रै चीन सरकारले आफ्नो देशका नागरिकलाई नेपालमा पर्यटक भएर आउने अनमुति अर्थात् ‘एपु्रभ्ड डेस्टिनेसन्स् स्टाटस’ आधिकारिक रूपमा दिएको थियो । 

हुन त, चीन सरकारले एसिया महादेशका अन्य देशहरू र युरोप, अमेरिका लगायत देशमा आप्mना देशका नागरिकलाई पर्यटक भएर जानका लागि सन् १९८० को दशकमा मात्रै ‘एपु्रभ्ड डेस्टिनेसन्स् स्टाटस’ अर्थात् पर्यटकको रूपमा विदेश भ्रमण गर्न पाउने अनुमति दिएको थियो । जे होस्, यसरी ढिलै भए पनि सन् २००३ मा चीन सरकारले आफ्नो देशका सर्वसाधारण नागरिकलाई पर्यटकको रूपमा नेपाल भ्रमण गर्ने अनुमति दिएपछि सोही वर्ष ७ हजार, ५ सय ६२ जना सर्वसाधारण चिनियाँ नागरिकहरू घुम्नका लागि पर्यटकका रूपमा नेपाल भित्रिएका थिए । 

त्यसयता नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या संख्यात्मक रूपमा लगातार बढेको बढ्यै देखिन्छ । त्यतिमात्रै होइन, हरेक वर्ष नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूको गन्ति गर्ने क्रममा चिनियाँ पर्यटकहरू संख्यात्मक रूपमा लगातार दोस्रो नम्बरमा रहने गरेका छन् । यसरी नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरू बढ्ने क्रममा सन् २०१३ मा एक लाख १३ हजार एकसय ७३ जना पुगेका थिए भने, २०१४ (लगभग ११ वर्षको अन्तराल) मा एकलाख, २३ हजार, ८ सय पाँच जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । समग्रमा सन् २०१४ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या सात लाख ९० हजार एक सय १८ जना रहेको थियो । 

त्यसो त विगत लामो समयदेखि हरेक वर्ष नेपाल आउने विदेशी पर्यटकहरूमा सबैभन्दा धेरै संंख्या लगातार रूपमा दक्षिणको छिमेकी देश भारतबाट आउने पर्यटक छन् । तर, के थाहा पाइराखौं भने अबका केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या सम्भवतः उत्तरको छिमेकी देश चीनबाट हुने छ । 

यसरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरू संख्याको आधारमा हेर्दा सन् २०१३ देखि सन् २०१९ सम्मको तथ्यांक हेर्दा भारतीय पर्यटकहरू सधैं पहिलो स्थानमा रहने गरेको र चिनियाँ पर्यटकहरू सधंै दोस्रो स्थानमा रहने गरेको देखिन्छ । त्यस्तै तेस्रो स्थानमा भने कहिले बेलायतका पर्यटक रहने गरेका छन्, कहिले अमेरिकाका पर्यटक रहने गरेका छन्, कहिले श्रीलंकाका पर्यटक रहने गरेका छन् ।

यसरी संख्याको आधारमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूको सन्दर्भमा भन्नु पर्दा हालसम्म संख्याको आधारमा नेपाल आउने उत्कृष्ट देश क्रमशः भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका, थाइल्याण्ड, दक्षिण कोरियाका पर्यटकहरू ‘टप सेभेन’ मा पर्ने गरेका छन् भने, म्यानमार, अष्ट्रेलिया, बंगलादेश, जर्मनी, जापान, फ्रान्स आदि देशका पर्यटकहरू नेपाल भ्रमण गर्न आउने ‘टप टेन’ विदेशी पर्यटकमा पर्ने गरेका छन् । 

स्मरण रहोस्, माथि उल्लेख गरिएका पर्यटकहरूमध्ये चिनियाँ, श्रीलंकन, थाई, म्यानमा, बंगलादेश आदि देशका पर्यटकहरू भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका छन् । जस्तो कि चिनियाँ पर्यटकहरू नेपालमा चार÷पाँच दिनदेखि नौ÷दश दिनसम्म बिताउनेहरू बढी देखिन्छ । हुन त चिनियाँ पर्यटकहरू ट्रेकिङ, ¥याफ्टिङ, जंगल सफारी, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि गर्ने भएकाले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिक रूपमा भने भारतीय पर्यटकभन्दा चिनियाँ पर्यटकबाट बढी फाइदा देखिन्छ । 

तर, अभैm पनि श्रीलंकन, थाई, म्यानमा, बंगलादेश आदि देशका पर्यटकहरू भने निक्कै छोटो भ्रमणमा आउने गरेको देखिन्छ । त्यसैले हामीले चिनियाँ, श्रीलंकन, थाई, म्यानमा, बंगलादेश आदि देशका डिलक्स, लक्जरियस र सक्दो खर्च गर्न सक्ने र कम्तीमा ८-१० दिनदेखि १४-१५ दिनसम्म नेपालमा बिताउने खालका पर्यटकहरू धेरैभन्दा धेरै भिœयाउने प्रयासमा लाग्नुपर्ने देखिन्छ । 

त्यसो त अरू देशका पर्यटकका बारेमा यसै हो भन्न नसकिए तापनि चिनियाँ पर्यटकहरू भने खर्च गर्ने खालकै देखिन्छन् । किनभने, गत केही वर्षअघिदेखि संयुक्त राष्ट्र संघ सम्बद्ध संस्था युएनडब्लुटीओ लगायत विश्व पर्यटनसँग सम्बिन्धित संघसंस्थाले विभिन्न अध्ययन–अनुसन्धान गरेर निकालेको तथ्य–तथ्यांकहरूमा चिनियाँ पर्यटक लगातार रूपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा गनिएका छन् । 

त्यतिमात्रै होइन, चिनियाँहरू संख्याकै आधारमा पनि विश्व भ्रमणमा निक्लने पहिलो स्थान ओगट्ने पर्यटकका रूपमा दरिएका पनि छन् । सायद अब चिनियाँ पर्यटकहरूको भ्रमण गर्ने संख्या र खर्च गराइलाई अन्य कुनै देशका पर्यटकहरूले उछिन्न वा चुनौती दिन सक्ने छैनन् तर त्यसका लागि कोभिड–१९ बाट भने विश्वको अर्थतन्त्र तंग्रिनैपर्ने हुन्छ । अन्यथा नेपालमा मात्र नभएर संसारभरि नै पर्यटन व्यवसाय खस्किएको खस्कियै हुनेछ । 


Views: 124