16th May | 2021 | Sunday | 3:05:05 AM

विक्रम संवत् र शास्त्रीय पक्ष

विश्वनाथ खरेल   POSTED ON : बैशाख ४, २०७८ (९:३२ AM)

विक्रम संवत् र शास्त्रीय पक्ष

नेपालको मौलिक संवत् मानिने विक्रम संवत्को आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन् । मूलतः सरकारी कामकाजमा विसं चलाउने विश्वमा नेपाल एकमात्र मुलुक हो । हरेक वैशाख संक्रान्तिदेखि यो संवत्को आरम्भ हुन्छ । यो संवत्का आरम्भकर्ता विक्रामादित्य हुन् । यसको साथसाथै सूर्यले ३ सय ६० डिग्री पूरा गरेर ० डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत् सुरु हुन्छ । यसैक्रममा संसारभरि फैलिएको कोरोना भाइरसको कारणले गर्दा विश्वभरि झण्डै आठ अर्ब मानिसलाई चिन्ताको विषय बनेको छ । 

यस्तो किसिमको घडीमा नेपाल पनि अछुतो रहन सकेन । यस किसिमको परिस्थितिलाई सामना गर्न पछाडि पर्नु हुँदैन । यस रोगसँग परास्त गर्न तीन करोडभन्दा बढी जनसंख्या सक्रिय रूपमा तछाडमछाड गरी यस महामारीलाई जरैदेखि निराकरण गर्ने बेला आएको छ । यसमा नेपाल सरकार, नागरिक समाज, सेना, प्रहरी, स्वाथ्य निकायलगायत सबैको हातेमालो गरी एक ढिका भई यस्तो अवस्थामा सबैको सहयोग अति आवश्यक हुन्छ । 

यसै क्रममा २०७७ साल बितेर विसं २०७८ सालको ४९औं राक्षस सम्वत्सर सुरु भएको छ । हाम्रो पूर्वीय साहित्यमा वसन्त ऋतुुको एक विशेष पहिचान छ । वसन्त नयाँ पालुवा, नयाँ उमंग र नयाँ सिर्जनाको द्योतक हो । यसै कारण वसन्त वहारमा नयाँ वर्ष प्रारम्भ हुन्छ भन्ने हाम्रो परम्परागत शास्त्रीय मान्यता राहिआएको छ । यही मान्यतामा हामी आजसम्म चलेका छौैं र आजदेखि विक्रम सम्वत््को २०७७ साललाई बिदा गरेर विसं २०७८ सालको नयाँ वर्षको स्वागतमा लागेका छौं । 

राजा विक्रमआदित्यले थालनी गरेको यो क्यालेन्डर अंग्रेजी क्यालेन्डरभन्दा ५७ वर्षअघि छ । यसको मतलव जिसस क्राइष्टको जन्मभन्दा ५७ वर्षअगाडि नै विक्रम आदित्यले आफ्नो पात्रो प्रयोगमा ल्याइसकेका थिए । हामी कहाँ प्रचलनमा रहेको नेपाल सम्वत्को भने ११४१ वर्षपहिले शंखधर साख्वाले प्रचलनमा ल्याएका हुन् । त्यसबाहेक पनि विश्वका थुप्रै मुलुकमा आफ्नै रीति, संस्कृति र परम्पराअनुसारका क्यालेन्डर प्रयोगमा रहेका छन् । विक्रमादित्यले लागु गरेको सम्वत्सर मान्नेहरूले आउँदो वैशाख एक गतेदेखि आफ्नो घरघरमा झुण्ड्यार राखेको पात्रोलाई झिकी नयाँ वर्षको पात्रोलाई राख्दछन् ।

विसं २०७७ साल हामी बीचबाट सुख दुःखका विभिन्न घटना गराएर हामीबाट सधैंका लागि बिदा भएको छ । हामी नेपालीलगायत विश्वभरिलाई विसं २०७७ लाई कालो वर्षको रूपमा आफ्नो जीवनमा कहिल्यै नमेटिने विषाद भरेर गएको पनि एकातिर छ भने अर्कोतिर कहिले नबिर्सने कोरोना भाइरसको महामारीलाई पनि नेपालीले कहिल्यै पनि बिर्सने छैनन् । यसले विश्वभरि नै धेरै जनधनको नोक्सान पु¥याइसकेको छ । 

मानव जीवनमा खास गरेर हाम्रा उत्सव र धार्मिक कृत्यहरूमा आठ प्रकारका काल विभाग कार्यमा आउँदछन् । संवत्सर (वर्ष), अयन, ऋतुु, मास, पस, पक्ष, तिथि, बार, नक्षत्र हुन् । संवत्सर वा वर्ष ऋतुुहरूको पूर्ण एक चक्रलाई भनिन्छ । संवत्सर पाँच प्रकारको मानिन्छ सावन, सौर, चान्द्र, नक्षत्र र वाइस्पत्यका । यिनीहरूमध्ये नक्षत्र र बार्हस्पत्य संवत्सर ज्योतिषशाषस्त्रमा मात्र प्रयोग हुन्छ भने बाँकी तीन संवत्सरहरू हाम्रो दैनिक व्यवहार र धार्मिक व्यवहारमा काम आउँदछन् । सावन संवत्सर ३ सय ६० दिनको मानिन्छ । जसअनुसार पूरा ३० दिनको महिना हुन्छ । 

चन्द्र संवत्सर प्रायः गरेर ३ सय ५४ दिनको हुन्छ । अधिक मासको कल्पना र व्यवस्था चान्द्र संवत्सरअनुसारै मानिएको हुन्छ । अधिक मास परेको वर्ष १३ महिनाको हुन्छ भने सो नपरेको वर्ष १२ महिनाको नै हुन्छ । सौर संवत्सर ३ सय ६५ दिनको हुन्छ । यो सूर्यको गतिसँग सम्बद्ध छ । हाम्रा मेष, वृष, मिथुन, आदि बाह्र राशिहरू छन् । तीमध्ये प्रथम राशि मेषमा सूर्यको संक्रमण वा गति प्रारम्भ भएपछि सौर संवत्सर सुरु हुन्छ । यसै आधारमा हाम्रो नववर्षको व्यवस्था र प्रचलन चलेको हो ।

नेपाली पञ्चांगहरूमा चार किसिमका संवत्हरू लेख्ने चलन छ । विक्रम संवत्, इशवीय सन्, शालिवाहनीय शक र नेपाल देशीय संवत् हुन् । यी सबैमध्ये विक्रम संवत् सबभन्दा जेठो संवत् हो । नेपालमा अन्य प्रचलित संवत्हरूमध्ये युगलवाइनीय शाक संवत्, नेपाल संवत् र इस्वी सन् मुख्य छन् । संवत्सर प्रत्येक देशमा नयाँ वर्ष मनाउने आआफ्नै परम्परा छन् । पौराणिक ग्रन्थअनुसार समस्त जगत्को उत्पति श्री विष्णुको नाभी कमलोद्भूत श्री ब्रहृमाजीबाट भएको बताइन्छ । 

विद्वान् ज्योतिषीहरूले यस ब्रहृमाण्डको संरचना भएको विसं २०७८ को प्रारम्भसम्ममा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय २२ वर्ष पुगेको ठोेकुवा गरेका छन् । सत्य, त्रेता, द्वापर र कली गरी चार युग बित्दा एक महायुग हुन्छ । एक महायुगको एक कल्प एवं दुई कल्प बराबर ब्रहृमाजीको जन्मआयु १ सय वर्ष हुन्छ ।

हिन्दू धर्मशास्त्र एवं ज्योतिषशास्त्रअनुसार १४ मन्वन्तर ३० कल्प हुन्छन् । चतुर्युगको १ महायुग हुन्छ । सत्ययुग १७ लाख २८ हजार, त्रेता युग १२ लाख ९६ हाजर, द्वापरयुग ८ लाख ६४ हजार र कलीयुग ४ लाख ३२ हजार वर्षका हुन्छन् । साढे ७२ चतुर्युगको १ मन्वन्तर हुन्छ, १४ मन्वन्तरको १ कल्प हुन्छ, जसलाई प्रलय पनि भनिन्छ । ३० कल्पको १ महाप्रलय हुन्छ । यस समयमा ब्रम्हाको १०० वर्षको आयु पूरा भएको हुन्छ । त्यसपछि पुनः सर्ग अर्थात् सुष्टि छ । यद्यपि प्रत्येक कल्पमा प्रलय र सृष्टि हुन्छ भन्ने गरिएको छ । 

महाप्रलयपछि र प्रलयपछि ब्रहृमा, विष्णु, शिव, कृष्ण, देवी आदि देवताहरूमध्ये एकलाई प्रधान मानी सृष्टि हुन्छ । त्यसैले हाम्रा पुरान एवं अन्य धर्मशास्त्रहरू जुन हे¥यो, त्यही सर्वाधिक ठूलो भनी वर्णन गरिएको हुन्छ । वर्तमान समय श्वेतवाराह कल्पको ७ वाँ वैवश्वतमन्वन्तर २८ वाँ कालियुगको ५१२१ वर्ष पूरा भई ५१२२ वर्षमा प्रवेश गरेका छ । कलियुगको आयु ४ लाख २६ हजार ८ सय ७६ वर्ष समाप्त हुन बाँकी छ । वर्षमानलाई विभिन्न विद्वानहरूले आआफ्नो मतअनुसार पेश गरेका छन् । यसमा सूर्य सिद्धान्तअनुसारः एक वर्ष बराबर ३ सय ६५ दिन १५ घडी ३१ पला ३० विपला हुन्छ । 

त्यस्तै गरी सिद्धान्त शिरोमणिका अनुसार एक वर्ष बराबर ३ सय ६५ दिन १ घडी ३० पला २०÷३० विपला हुन्छ । युरोपीय विद्वानका अनुसार एक वर्ष बराबर ३ सय ६५ दिन १ घण्टा ४८ मिनेट ४६.०५४ सेकण्ड हुन्छ । देशमा भने अन्य प्रचलित संवत््हरूमध्ये युगलवारनीय शाक सम्वत््, नेपाल सम्वत्् र इस्वी सन् मुख्य छन् । 

समग्रमा भन्नुपर्दा प्रत्येक वैशाख १ गतेदेखि नयाँ वर्ष सुरु हुन्छ । यसरी आउँने नववर्षलाई स्वागत र पुरानो वर्षलाई बिदाइ गर्ने परम्परा छ । यसरी स्वागत र बिदाइ गर्ने परम्परा आआफ्नो देशमा आआफ्नै प्रकारका हुन्छन् । यसरी आउँने नववर्षलाई हार्दिकताका साथ एक अर्कोमा शुभकामना सन्देशहरू आदानप्रदान गर्ने कार्य तदारुकका साथ गरिन्छ । आफ्ना शुभचिन्तकहरूलाई यस सुर्वण अवसरमा भविष्यकको उत्तरोउत्तर प्रगतिको साथसाथै सुख, शान्ति र चिरायुको कामना सबैमा गरिन्छ । 


Views: 70