16th May | 2021 | Sunday | 3:10:54 AM

आदर्श समाज र आदर्श राज्य

अच्युतप्रसाद पौडेल ‘चिन्तन’   POSTED ON : बैशाख ४, २०७८ (९:३४ AM)

आदर्श समाज र आदर्श राज्य

चैत्र शुक्ल नवमी, राम नवमी पर्व यसपालि यही वैशाख ८ गते परेको छ । श्रीरामको पावनगाथाले कल्पना गरेको समाज, परिवार र राज्यका विषयमा चर्र्चा गर्नु यो लेखको उद्देश्य छ । भागवतमा अहं सर्वेषु भूतेषु भनिएको छ, अर्थात् ईश्वर सबै प्राणि जगत्मा रहेका छन् पूर्वीय चिन्तनमा परमेश्वरकोे चर्चा सबैतिर पाइन्छ । परमेश्वर, परमतत्व, ब्रहृमभाव सवै जीवात्मामा निराकार रूप लिएर चित् स्वरूपमा रहेको र जगत्मा सगुण, साकार स्वरूप लिएर सर्वत्र, सर्वव्यापी भएको कुरा धर्मशास्त्रहरूले व्याख्या गरेका छन् । 

हाम्रा श्रुति (वेद) हरूले परमतत्व जीवात्मामा आराम तत्व लिएर हर प्राणीमा राम रहेको कुरा पुष्टि गरेका छन् भने स्मृति (पुराण) हरूले परमेश्वरका परम लीला प्रसंग, अवतार कथाहरू अत्यन्त रसिलो ढंगले प्रस्तुत गरेका छन् । परमेश्वरका अनेक अवतारहरूमध्ये त्रेतायुगीन ज्ञानको युग मानव जीवनको अध्ययनको आरम्भदिन स्मरणस्वरूप चैत्रशुक्ल मध्यान्न बाह्र बजे धर्तीमा अवतरित श्रीराम अवतारलाई श्रीहरिको पूर्र्ण र शान्त अवतारको रूपमा मानिएको छ । अयोध्या नरेश दशरथका कुलमा कौशल्याको गर्भबाट प्रकट भएका श्रीराम अघि स्वायम्भूमनु एवं शतरूपा महारानीका तीनवटा वरदान पूरा गर्ने क्रममा प्रथम पुत्रका रूपमा श्रीराम भई धर्तीमा अवतरित भएका प्रसंगहरू प्रशस्त पाइन्छन् ।

संस्कृत साहित्यका आदिकवि वाल्मीकिले रामायणको विशद् चर्चा गरेका छन् । यद्यपि वाल्मीकि सुरुमा एक व्याधा थिए । मरा, मरा भन्ने नाम जप्दा राम राम भन्ने शब्द उच्चारण हुुन पुगी तपश्वी साधकका रूपमा श्रीरामका पावन कथा प्रसंगहरूको सविस्तार उल्लेख गर्न पुगेका वाल्मीकिका मुखबाट स्वयं वेद प्रस्तुत भई रामायणको एक रूप लिएको प्रसंग पनि यत्रतत्र भेटिन्छन् । सबैै मानिसका लागि वेद सरल र सहज छैन परन्तु आज वेदको सविस्तार वर्णित रामायणको गाथा विभिन्न भाषामा समेत प्रस्तुत हुँदै संसारभरि फैलिएको छ । 

रामको गाथा गाइएको रामायण साँच्चै साहित्यको आधार हो । भनिन्छ, जसले रामको नाम लिन्छ, रामायण काव्यको अध्ययन गर्छ ऊ स्वयं कवि बन्न पुग्छ । आज विश्वभरि चर्चा पाएको रामायण, महाभारत र गीताशास्त्रले सम्पूर्ण भवरोगको औषधि दिन्छ भनिएको छ । शोक, भय, चिन्ता व्याकुलतामा परेकाहरूको सही र शुद्ध औषधि तत्व भनेको रामायण पाठ, रामको स्मरण मन्त्रोच्चारण, श्रीरामको कथा अवतार र पावन लीलाहरूको संकीर्तन नै हो । व्यवहारपरस्त तुलसीदास सन्त भए रामकै कृपाले, हिन्दी भाषाका कवि मैथिली भाषादेखि नेपाली भाषाका अदिकवि भानुभक्त आचार्यसमेतले रामायणको चर्चा गर्न छाडेका छैनन् । 

अजन्मा भएर पनि स्वर्गलाई भन्दा धर्तीलाई प्यारो गर्ने, धर्तीका समस्त जीवहरूको उद्धार गर्ने मानव जीवनका आदर्शको संकेत दिने श्रीराम स्वयं महालक्ष्मी सीतालाई लिएर धर्तीमा प्रस्तुत हुँदा बहृमाण्डका सारा विषय वासनाहरू समेत मोहित बन्न पुग्छन् । धर्तीमा रहेको प्रदूषणलाई हटाई आदर्श घरपरिवार र राज्य स्थापना गर्न बेलाबखत धर्तीमा देखिने दुष्ट राजाहरूको अन्त्य गर्न पूरै धर्तीलाई दुष्परिणामबाट बचाउने क्रममा श्रीनारायणबाट श्रीरामको उदय भएको पावनदिनलाई रामनवमीको नामले पुकारिन्छ । 

दशरथले राममा पाएको पितृस्नेह, पत्नीव्रत धर्म अर्धांगिनी सीताको स्वभाव, भरतप्रतिको उदारभाव, शत्रुघ्नको सेवाभावले आज जीवनोपयोगी यथार्थ र आदर्श समाज निर्माणमा थप सन्देश दिएको छ । रामायण मानवजीवनको यथार्थपरक आस्था हो, व्यवहारत एउटै कडी हो जसबाट नजिकै आएको राज्य सुख, भोग, ऐस आरामलाई सिधैं तिरष्कार गरी सरल र पवित्रोत्तम जीवन सञ्चालन गर्न सबैलाई संस्मरण गराउँछ । 

राम वनवास जाँदा दुुःखी छैनन् र राज्य प्राप्तिमा हर्षित पनि देखिँदैनन्् । जीवनका लागि योभन्दा ठूलो त्याग के पाइन्छ ? बाबुको वचनलाई एक रत्तिभर उल्लंघन नगर्ने मर्यादाका प्रतीक श्रीराम आदर्श पति आदर्श पुत्र आदर्श भाइ र आदर्श राजासमेत हुन् । सदाचारको आदर्श र व्यवहार प्रयोगको असल नमुना रामायणले हर मानवलाई अनुशासित बन्न प्रेरित गर्दछ । गृहस्थ जीवनका लागि रामायण सर्वाेत्कृष्ठ र सर्वाेत्तम शास्त्र हो ।

नेपालभूमि, जानकीको जन्मभूमि जनकराजाको जन्म र कर्म थलो पूर्वीय चिन्तनको भण्डार जनकपुरक्षेत्रमा सत्संगकै क्रममा राजा जनकले देवर्षि नारदसँग भगवान्को अवतार प्रसंगबारे प्रश्न राख्दा भगवान्का अंशांश, अंश, आवेश, कला, पूर्ण एवं परिपूर्णतम गरी मुख्य ६ अवतार बताइएको थियो । पूर्वीयदर्शनमा बहुदेवता विविधताको चर्चा भएको छ । सृष्टिका उषाकालमा मरिचि आदि ऋषिमुनिहरूलाई अशांशका अवतारका रूपमा लिएको पाइन्छ भने ब्रहृमा आदिलाई अंशअवतार कपिलदेव, कच्छपअवतारलाई कलाअवतार, परशुरामलाई आवेशअवतार, रामलाई पूर्णअवतार र श्रीकृष्णलाई परिपूर्णतमअवतार मानिएको छ । युगयुगमा परमेश्वरले आवश्यकताअनुसार अवतार लिनेबारे शिवगीतादेखि रामगीता, महाभारतदेखि श्रीमद्भागवत् गीतासम्ममा चर्चा पाइन्छ । 

शिवगीतामा देवी पावतीलाई र रामगीतामा भाइ लक्ष्मणलाई यी प्रसंगहरू सुनाइएको छ । कसैलाई दिइएको वरदान पूरा गर्नदेखि कसैलाई गरिएको श्राप पूर्णताका लागि पनि देवताले अवतार लिएको देखिन्छ । सृष्टि सञ्चालनका लागि, बाधा फुकाउन लौैकिक, अलौकिक दुवै कार्यका लागि अवतारको प्रसंग देखापर्छ । हिरण्यराजले उपद्व्रव गरिएकी पृथ्वीलाई बचाउन बराह, हिरण्यकशिपुको आवेगबाट प्रल्हादलाई बचाउन नृसिंह, समुद्रमन्थनबाट प्राप्त अमृतको दुरुपयोगबाट रोक्न मोहिनी, समुद्रमन्थनलाई साथ दिन कुर्म, वेदको रक्षा गरी धर्तीलाई त्राण दिन मत्स्य, धर्ममा विकृति रोक्न हंस अवतारदेखि सांख्य योग सिद्ध गर्न कपिल एवं ऋषभ अवतार र रावणादि असुरहरूबाट धर्तीलाई संरक्षण दिन रामअवतार भएको चर्चा पाइन्छ ।

 दुष्ट राजाहरूको संहार गर्न परशुराम अवतार लिने भगवान् कंस आदिको भयबाट दूर गर्न कृष्णदेखि संसारमा अहिंसा धर्म स्थापनाका लागि बुद्धअवतार लिने प्रसंग पनि शास्त्रहरूमा वर्णित छ । त्यस्तै महाकलिका अन्त्यमा उनै परमेश्वरले कल्किअवतार लिने पनि भविष्यवाणी गरिएको छ । यो समय आउन धेरै बाँकी छ । 

सूर्यवंशमा मध्यान्नमा धर्ती अवतरित श्रीरामको जन्मदिन रामनवमी पर्व सबैका लागि महŒवपूर्ण दिन हो । यसपर्वमा मुलुकभरका राममन्दिर एवं अन्यान्य देव, तीर्थस्थगलहरूमा विशेष भीडभाड नै हुन्छ । त्रेतायुगमा रावणले ब्रहृमाण्डलाई नै असैहृय कष्ट दिएपछि धर्तीमाता गाईका रूपमा ब्रहृमासामु पुगेको र ब्रहृमा आदि देवताहरूले क्षीरसागरवासी श्रीनारायणसामु रोदन प्रकट गरेपछि आपूmले धर्तीमा मानवरूपमा आई संसारलाई त्राण दिने वचन पूरा गर्न अयोध्या नरेश दशरथका कुलमा चारभाइ चारअंशका रूपमा जन्म लिने वाचा पूरा गर्न श्रीविष्णुले राम अवतार लिएका हुन् ।

सूर्यवंशी अयोध्या नरेशको सन्तान नहुँदा गुरु वशिष्ठ सामु दुःख प्रस्तुत हुँदा गुरु आज्ञाले पुत्रेष्टि यज्ञ गर्ने सन्दर्भमा शृंगी ऋषिबाट सो महायज्ञ हुँदा यज्ञबाट अग्निदेव प्रकट भई हातमा रहेको पायस राजालाई दिई रानीहरूलाई बाँड्नू भनेपछि रानीहरूमा गर्भ रहँदा खीर पायसका प्रभावले वीर चारपुत्ररत्नहरू प्राप्त भएको प्रसंग शास्त्रहरूमा चर्चा भएको छ । 

रानी कौशल्या र कैकेयी नजिक रहेका र सुमित्रापछि आइपुगेकीले दुईभागमा विभक्त कौशल्या र कैकेयीका खीर भाग रानी सुमित्रालाई बाँडेर दिँदा सुमित्रामा दुई गर्भ रही लक्ष्मण र शत्रुघ्न दुई पुत्र प्राप्त भएको चर्चा पाइन्छ । कौशल्याको भागको पायसबाट लक्ष्मण र कैकेयीको भागबाट शत्रुघ्न भएकाले स्वभाव उस्तैउस्तै राम र भरतसँग मिल्दोजुल्दो छ । 

पायस वितरणको प्रसंगले हनुमानको उदयको चर्चा जोडिन पुग्छ । रानीहरूले पाएको खीर पायस दरबारको कौसीमा गएर खाँदा आकाशबाट एउटा चिल आएर सुमित्राको हातको पायस टपरी लिएर गयो । आफ्नो पायस उडाएर लैजाने चिल भने देवसभाकी अप्सरा भएकी र इन्द्रसभामा नृत्य प्रस्तुत गर्दागर्दै खुशी भएका इन्द्रको आग्रहमा मोतीको माला लगाई दिँदा ब्रहृमाले यो देखेर रिसाएर चीलले सिनो झम्टेर लिएझैँ माला लिएकीले चिल योनिमा जन्महोस् भनी श्राप दिएपछि देवताहरूको आग्रहमा चिलले देवताको सहयोगमा सुकर्म गरेपछि यो योनि छुट्ने वचन ब्रहृमाजीले नै दिएकाले सुमित्राको पायस लिने यही चीलले त्यो पायस लगेर किष्किन्धाको गुफामा बसेकी पवनपत्नी अञ्जलिसामु राखिदियो ।

देवलोकबाट प्रसाद प्राप्त सम्झी अञ्जलिले त्यो पायस खाँदा पवनपुत्रका रूपमा शिवस्वरूप हनुमानको जन्म भएको र रामलाई आपद् उद्धारहेतु सहयोग गरेको चर्चा पनि रोचक छ । तिथिका हिसाबले रामनवमीको लगत्तैपछि चैत्रशुक्ल पूर्णिमा हनुमान जयन्ती यही वैशाख १४ गते परेको छ । नेपालको कर्णाली, महाकाली भारतको सरयुनदी बन्न पुग्छ, यसैका किनारमा अयोध्याक्षेत्रमा सूर्य मेष राशिमा, ५ ग्रह उच्च भएका बेला, कर्कट लग्न, पुनर्वसु नक्षत्र, अभिजित मुहुर्तमा श्रीरामले धर्तीअवतरण गर्नुभएको र यो समय देवताहरूले पुष्पवृष्टि गरेका रोचक प्रसंगहरू छन् । 

धर्तीमा बालरूप अवतार प्रसंगको दर्शन गर्न नपाएका आकाशका चन्द्रमाले अयोध्या प्रवेश गरी आपूmले सो दृश्य हेर्न नपाएको गुनासो गरेपछि अर्काे अवतार चन्द्रवंशमा, मध्यरात्रिमा, द्वापरयुगमा श्रीकृष्ण अवतार पूरै बाललीला अवतरण दृश्य हेर्न पाइने आश्वासन दिँदा एकयुगसम्म आपूm पर्खन नसक्ने दृढता व्यक्त गरेपछि हालै आफ्नो मस्तिकमा विराजमान गर्न चन्द्रमालाई आदेश दिँदा श्रीरामको नाम रामचन्द्र बन्न पुगेको हो । 

श्रीरामको अवतार प्रसंगको चर्चा गर्दा यो सारा दृश्य अयोध्यावासीकै भेषभुसामा रहेर आपूmले अवलोकन गरेको कुरा शिवजीले माता पार्वतीलाई बताउनु भएको छ । रामायणको बालकाण्डले रामलीला अवतारको जन्म प्रसंग रोचक ढंगले बताएको छ । यसबारेमा सन्ततुलसी दासले आफ्नो कृति राम चरित मानसमा बढो सुन्दर ढंगले चर्चा गरेका छन् । अस्तू परिपूर्णम् । 


Views: 91