21st June | 2021 | Monday | 12:23:17 PM

भयभित नबनाऊँ, संमयमितता अपनाऊँ

  POSTED ON : जेठ २, २०७८ (१२:०५ AM)

भयभित नबनाऊँ, संमयमितता अपनाऊँ

देश कोरोना भाइरसको चपेटामा छ । दैनिक हजारौँ संक्रमित थपिएका छन् । सयौं मान्छेले ज्यान गुमाएका छन् । अस्पतालहरूमा बेड छैन । अक्सिजनको अभावका कारण कतिपय बिरामीहरू मरेको खबर आइरहेको छ । अस्पतालको बाहिर छिडीमा बसेर उपचार गरेको कारुणिक दृश्यले जो कोहीको मन दुःखेको छ । यस्तो कारुणिक अवस्थामा राजनीतिक दलहरू आफ्नो जिम्मेवारीभन्दा पनि कुर्सी मोहमा केन्द्रित भएका छन् । 

सरकारले लक डाउन गरेको छ । लक डाउनका कारण दैनिक मजदुरी गरेर खानेका लागि समस्या परेको छ । योभन्दा अघि त विभिन्न संघसंस्था तथा सरकारले राहत दिने काम गरेको थियो । यो पाला त राहात पनि बितरण भएको छैन । तीन तहको सरकार छ तर जनताका लागि सरकार कहाँ छ भनेर खोज्ने बेला आएको छ ।

कोरोनो भाइरसले विश्वलाई आतंकित बनाएको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेन । बेलैमा सरकारले सोच विचार गरेर अघि बढेको भए व शायद यो अवस्था आउने थिएन होला । ख्याल ख्याल गर्दागर्दै भाइरसले उग्र रूप लियो । स्वाथ्यमन्त्रालयले कोरोनाको विषयमा समाचार दिँदा नागरिकलाई भयभित बनाउने खालको समचार प्रशारणमा रोक लगाउनु प¥यो । सबै नागरिकलाई थाहा छ । कोरोनाबाट बच्न के गर्नु पर्छ । कोरोना भाइरस के हो । अहिलेको अवस्थामा कोरोनाले भन्दा पनि मानसिक दबाबले मान्छे बढी थला परेका छन् । कोरोनाले बाँचिदैन । 

कोरोना लाग्यो भने अस्पतालमा उपचार पाइँदैन भन्ने जस्ता गलत प्रचारले गर्दा मान्छेमा नैरास्य बढेको छ । अहिले मरेका जति सबै कोरोनाले नै मरेका हुन् त ? कोरोनाबाहेक अरू रोगले मान्छे मरेकै छैनन् त ? कोरोनाकै कारणले मुत्यु भएका कति छन् ? त्यसको सही तथांक बाहिर ल्याउनु प¥यो । सस्तो लोकप्रियताका लागि समचार बनाउनाले जनता भयभित भएका छन् । पशुपतिमा लासको डंगुर देखाइँन्छ । दैनिक यति सयको मुत्यु भयो । यति संक्रमित भए भनिन्छ । के यो सकरात्मक समाचार हो त ? 

यसले पार्ने असरप्रति पनि सम्बन्धित निकायले ध्यान दिए राम्रो हुन्थ्यो कि । विश्वमा हेर्न हो भने कोरोना लागेको करडौं मान्छे ठीक भएका छन् । त्यसबाट मर्न भनेका १,२ प्रतिशत हो यो त जुनसुकै रोग लागे पनि मान्छे मर्छन् भन्ने जनमानसमा पार्नु प¥यो । अस्पतालहरूले पनि बेड छैन । अक्सिजन छैन भनेर हाहाकार गरेर जनता तर्साउने काम बन्ध गर्नु प¥यो । अस्पतालले उपचार नगरे कसले गर्छ ? 

अप्ठ्यारो पर्दा अस्पतालहरूले हात ठडाउन मिल्छ ? उनीहरूको पनि कतव्र्य हुन्छ । गलत समचार दिएर होइन सकरात्मक समचार दिएर जनतालाई हौसाला बढाउने काम होस् । भाइरस भनेको कहिल्यै मर्दैन र जीवित पनि हुँदैन । हामी जस्ता विवेकशील प्राणीले त्यसलाई सजिलैसँग पराजित गर्न सक्छौँ भन्ने कुरा मनमा लिनु प¥यो । सरकारले पनि जनतालाई दिने सक्ने सम्पूर्ण सुविधा दिनु प¥यो ।

कोरोनाको यस्तो अवस्था देख्दादेख्दै राज्यले आफ्ना नागरिकलाई कुनै पनि साहनुभूति नदेखाउनु लाज मर्दाे कुरा हो । यो ऊ नभनौँ कुनै पनि राजनीतिक दलहरू जनताप्रति जवाफदेहिता नभएको प्रष्ट देखिएको छ । संकटका बेलामा एक बन्न नसक्ने दलहरूले मैले यसो गरेँ उसो गरँे भनेर मिडियाबाजी गर्नुको अर्थ छैन । त्यसैले यो संकटको बेला एक भएर अघि बढाँै । संमयमित बनौँ जनमानसलाई भयभित नबनाऔँ । सचेत बनौँ आफू बचौँ र अरूलाई पनि बचाऔँ । सकिन्छ सहयोग गराँ असहयोगको भावना त्यागाँै । 

पुरुषोत्तम घिमिरे 

जोरपाटी, काठमाडौं ।


Views: 87